२६, काठमाडौं । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहालको निधन भएको छ । उनकाे निधन शुक्रबार साँझ भएको पत्रकार पुरुषोत्तम दाहालले बताए ।
दाहालकाे शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धान्जलि अर्पण गरि ९.३० पछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।
ओखलढुंगका दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पूर्वपत्रकार , पूर्वससंसद, पूर्वमन्त्रीका रुपमा उनको परिचय रहेको छ । उनि नेपाल पत्रकार महासंघकाे पूर्वसभापति समेत रहेका छन् ।















