काठमाडौं, मंसिर २७- शिव बाबा स्कुल दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।
ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न एकदिन च्याम्पियनसिपमा १८ स्कुललाई पछि पार्दै शिव बाबा च्याम्पियन भएको हो । काठमाडौँको खुसिबुस्थित ह्वाइटफिल्ड स्कुलमा भएको च्याम्पियनसिपमा शिव बाबा सर्वाधिक १६ स्वर्ण जित्दै च्याम्पियन बन्यो । शिव बाबा स्कुलले थप ६ रजत र ११ कांस्य पदक पनि जित्यो । जेसिस इन्टरनेसनल बोर्डिङ स्कुल दोस्रो भयो । जेसिसले १४ स्वर्ण, ११ रजत र १२ कांस्य पदक जितेको थियो । आयोजक ह्वाइटफिल्ड स्कुलले तेस्रो स्थान प्राप्त गर्यो । आयोजकले ११ स्वर्ण, १३ रजत र ७ कांस्य पदक जित्यो ।
प्रतियोगितामा कुल१९ विद्यालयको ६ सयभन्दा बढी खेलाडीले प्र प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेतालाई ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा उनले प्रतियोगिताबाट तेक्वान्दो खेल विकासमा महत्वपूर्ण योगदान दिने आशा व्यक्त गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य तथा तेक्वान्डो संघका उपाध्यक्ष भानबहादुर चन्दले खेलकी रेफ्री अस्मिता खड्कालाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गरे । ग्योरोगीतर्फ चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाएका छन् । ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा भएको ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ । ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गल्र्स र ब्वाइजमा गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा भएका थिए ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













