२४ भदौ । मंगलबार र बुधबार ललितपुर जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार ललितपुर सुरक्षा समितिको बैठकले पालिका अन्तरगत रहेका सबै शैक्षिक संस्था भदौ २४ र २५ गते बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर १९ जनाको युवाको मृत्य भएको छ ।
सरकारले अत्याधिक बल प्रयोग गर्दा ठुलो संख्यामा युवाको मृत्यु भएको भन्दै चौतर्फी बिरोध भइरहेको छ ।
उनिहरुले भ्रष्टचार, बेथिति सुशासन र सामाजिक सञ्चाल बन्दको विरोधमा देशभरी नै बिरोध प्रदर्शन गरेका थिए । पोखरा, चितवन, दमक, सुनसरी लगायतका स्थानमा हिंसात्मक
घटना भएका छन् भने प्रहरीले अत्याधिक बल प्रयोग गरेको छ ।
