Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

Sambridinews by Sambridinews
बिहिबार, साउन २९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अन्तर्गत दुई ठूला विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताले नेपालका लागि एउटा नयाँ युगको सुरुआत गरेको छ । विद्युत् प्रसारण प्रणालीलाई मजबुत बनाउन र देशभर सस्तो, विश्वसनीय र प्रभावकारी ऊर्जा वितरणको मार्ग प्रशस्त गर्नेछ ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

बिहीबार एमसीए–नेपाल, एन्जेलिक–स्किपर जेभी र वाइबा–सलासर जेभीका बीच सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय निर्देशक डायन फ्रान्सिस्को र एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित थिए ।

सम्झौता अन्तर्गत रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटरको लाइनको डिजाइन, जडान, परीक्षण र निर्माण गरिने छ । यो परियोजना नेपालका लागि विद्युत् व्यापार र क्षेत्रीय सञ्जाल मजबुत बनाउनको लागि एक महत्त्वपूर्ण कदम हो ।

कार्यक्रममा कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले यो सम्झौतासँगै अमेरिकाले नेपालका दीर्घकालीन विकास र समृद्धिमा स्थायी प्रतिबद्धता देखाएको बताए । उनले भने‘नेपालमा विद्युत् र आर्थिक पूर्वाधार निर्माण मात्र नभई दीर्घकालीन विकासलाई पनि गति दिइरहेका छौं ।’

एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने,‘यो प्रसारण लाइन नेपालको समग्र विकासको लागि कोसेढुङ्गा सावित हुनेछ । यसले नेपालमा सस्तो र भरपर्दो विद्युत् प्रवाह सुनिश्चित गर्नेछ, जसले उद्योग, व्यवसाय र जनजीवनमा सकारात्मक असर पुर्याउने छ ।’

सम्झौतामा हस्ताक्षर गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग विष्टले यस परियोजनाको समयमै र प्रभावकारी कार्यान्वयनको प्रति आशा व्यक्त गरे । उनले भने,‘हामीले यस परियोजनालाई समयमै सम्पन्न गर्नका लागि कटिबद्ध छौं । परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर रहेको छ । यसले १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलाई समेट्नेछ ।’

एमसीसी नेपाल कम्प्याक्ट सम्झौताले नेपालको लागि नयाँ आर्थिक, सामाजिक र राजनीतिक सम्भावनाका ढोकाहरू खोलेको छ । उक्त परियोजनाले नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप सुदृढ गर्नेछ । यसका साथै नेपालको दीर्घकालीन विकास र समृद्धिमा टेवा पुर्याउनेछ ।

सम्झौतामा अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको सक्रिय समन्वयले गर्दा एमसीसी परियोजनाका ठेक्का सम्झौतामा सफलता प्राप्त भएको हो । यो सम्झौता नेपालका लागि मात्र एउटा ठेक्का सम्झौतासम्म सीमित नभएर दुई राष्ट्रको विश्वास र समर्पणको मूर्त रुपको प्रतीक मानिएको छ ।

Related

Previous Post

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

Next Post

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३०  देखि भदौ २१ गतेसम्म

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशभर बढ्न थाल्यो चिसो

देशभर बढ्न थाल्यो चिसो

सोमवार, अशोज २८, २०८१
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In