Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गोलञ्जोरमा गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाका लागि सहकार्य

Sambridinews by Sambridinews
शुक्रबार, साउन २४, २०८२
in TOP STORIES
0
गोलञ्जोरमा गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाका लागि सहकार्य
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन २२, गोलन्जोर सिन्धुली । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलञ्जोर गाउँपालिकाबीच स्वास्थ्य विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र गाउँस्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवा र्पुयाउने लक्ष राखि सम्झौता भएको गरिएको छ ।

गोलञ्जोर गाउँपालिकाको गोलन्जर आधारंभूत अस्पताल, ग्वाल्टरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा.प्रदीप ज्ञवाली र गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष श्री शंकरराज बरालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाइँले यस सम्झौताले ग्रामीण स्वास्थ्य सेवा, शैक्षिक तालिम, अनुसन्धान, प्राविधिक सहयोग र नीति निर्माणसम्बन्धी पक्षहरू समेटेको र स्थानीय सरकार र प्रादेशिक शैक्षिक संस्थाबीचको यो साझेदारीले नेपालका अन्य स्थानीय तहका लागि समेत अनुकरणीय अभ्यासको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।

You might also like

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

हार्दिक र पूजा च्याम्पियन

सम्झौताअनुसार अब मदन भण्डारी प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले गोलञ्जोर आधारभूत अस्पतालमा प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउनेछन । यसबाट एकातिर विद्यार्थीहरूको ज्ञानलाई व्यवहारमा उतार्ने वातावरण बन्नेछ भने अर्कातिर गाउँपालिकाका सर्वसाधारणले विशेषज्ञ चिकित्सकको सेवा गाउँमै प्राप्त गर्न सक्नेछन ।

विद्यार्थी र प्राध्यापकहरूको टोलीले अस्पतालमा मात्र नभई गाउँपालिकाका सातै वडामा स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा सञ्चालन गर्नेछ।
प्रतिष्ठानले अस्पतालमा आवश्यक परेमा प्राविधिक कर्मचारी पठाउने, तालिम दिने, डिजिटल स्वास्थ्य सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र अनुसन्धानका आधारमा स्वास्थ्य नीति निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ।

मातृशिशु स्वास्थ्य, नसर्ने रोग, सरसफाइ र पोषणका क्षेत्रमा संयुक्त अनुसन्धान गरी नीति निर्माणका लागि सिफारिस गरिने बताइएको छ।
गाउँपालिकाले भने शैक्षिक अभ्यास तथा अनुसन्धानका लागि आवश्यक समन्वय, स्थान, आवास र भोजनको व्यवस्था गर्नेछ। प्रत्यक्ष समुदायसँग काम गर्ने टोलीलाई सुरक्षा, सूचना तथा स्थानीय स्रोत परिचालनमा पूर्ण साथ दिनेछ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री बरालले यो सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै यसले गाउँपालिकाको स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। वहाँले भन्नुभयो, “हामीले अब सेवा मात्र होइन, स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउने अभ्यास सुरु गरेका छौँ। यो सहकार्य त्यसतर्फको पहिलो र दूरगामी कदम हो।”
त्यस्तै, प्रतिष्ठानका तर्फबाट सहभागी उपकुलपति डा.प्रदीप ज्ञवालीले स्वास्थ्य शिक्षालाई चार पर्खालभित्र सीमित नराखी समुदायसम्म र्पुयाउने हाम्रो अभियानलाई यो साझेदारीले मूर्तरूप दिनुपर्ने धारणा राख्नुभयो । उहाले भन्नुभयो “हाम्रो उद्देश्य समुदायसँग जोडिएर शिक्षण, सेवा र अनुसन्धान एकैसाथ अघि बढाउनु हो।”

सम्झौतामा स्वास्थ्य सेवा प्रवाहसँगै गाउँपालिका र प्रतिष्ठानले संयुक्त रूपमा चिकित्सक, नर्स, अहेव लगायतका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ। यसबाहेक मानव स्रोत आदानप्रदान कार्यक्रममार्फत गोलञ्जोर अस्पतालमा प्रतिष्ठानका विशेषज्ञहरू खटाइनेछन् भने गाउँपालिकाबाट केही स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले तालिमका लागि आमन्त्रण गर्नेछ।
यो सहकार्य पाँच वर्षका लागि रहनेछ र आवश्यकताअनुसार पुनः नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

Related

Previous Post

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

Next Post

टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

Sambridinews

Sambridinews

Related Posts

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

by Sambridinews
सोमवार, साउन ११, २०८३
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल
TOP STORIES

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

by Sambridinews
सोमवार, साउन ११, २०८३
हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

by Sambridinews
आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
Next Post
टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भोलि सार्वजनिक बिदा, सेयर बजार र बैंक बन्द हुने

भोलि सार्वजनिक बिदा, सेयर बजार र बैंक बन्द हुने

बुधबार, जेष्ठ ९, २०८१
राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

सोमवार, असार २२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

सोमवार, साउन ११, २०८३
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल
TOP STORIES

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

सोमवार, साउन ११, २०८३
हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In