Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

Sambridinews by Sambridinews
शनिबार, साउन १७, २०८२
in TOP STORIES
0
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १७, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो ।

संघीय संसद्बाट पारित भएर गएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेसँगै अब प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा संशोधन भएको छ । जसले प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको छ ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

२०४९ सालमा ऐन बनाएर तत्कालीन व्यवस्थापिका संसद्मार्फत प्रधानमन्त्री, उपप्रधानमन्त्री, राज्यमन्त्री सहायकमन्त्रीको पारिश्रमिक र सेवा–सुविधा तोकिएको थियो । उक्त ऐनमा संशोधन गर्दै सरकारले मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री र मन्त्रीको तलब तय गर्ने व्यवस्था गरेको हो ।

मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९ को दफा ३ मा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक कति हुने प्रष्ट व्यवस्था छ । जसमा प्रधानमन्त्रीको मासिक तलब ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय हुने उल्लेख छ ।

प्रचलित ऐनमा संशोधन हुने गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब र सेवा–सुविधा कति हुने किटान गरिएको छैन । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको पारिश्रमिक पाउने भनिएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको पारिश्रमिक मन्त्रीहरूलाई दिने’ प्रावधान संशोधित ऐनमा राखिएको छ । यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब प्रधानमन्त्री र मन्त्रीहरूको तलबबारे सरकारले जुनसुकै बेला मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिन सक्ने बाटो खुलेको छ ।

विगतमा ऐन संशोधन नहुँदा सरकारले कार्यसञ्चालन ऐन निर्देशिका मार्फत् प्रधानमन्त्री र मन्त्रीहरुको सेवा, सुविधा र पारिश्रमिक पुनरावलोकनबारे निर्णय गर्दै आएको थियो ।

पछिल्लो पटक सरकारले २०७७ साल माघ २२ गते प्रधानमन्त्री र मन्त्रीहरूको तलब र सेवा–सुविधा पुनरावलोकन गरेको थियो । कार्य सञ्चालन निर्देशिका २०७७ आठौं संस्करणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको पारिश्रमिकको व्यवस्था प्रकाशित छ । जो २०७७ साल माघ २२ गते स्वीकृत भएको थियो ।

अब संशोधित ऐन अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले आफूहरूको तलब के कति गर्ने भनेर मन्त्रिपरिषद्मार्फत आफैँ नयाँ निर्णय गर्न सक्दछन् ।

यस्ताे छ हालकाे तलब भत्ता

२०७७ सालमा स्वीकृत कार्य सञ्चालन निर्देशिकामा उल्लेख भएअनुसार प्रधानमन्त्रीले मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ ।

प्रधानमन्त्रीले पारिश्रमिक ७७ हजार २८०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कारअन्तर्गत १० हजार रुपैयाँ पाउँछन् ।

यसबाहेक प्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल, वार्षिक ४० लिटर मोबिल पाउँछन् । प्रधानमन्त्रीले राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा पाउँछन् । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था हुन्छ । प्रधानमन्त्रीको दैनिक भ्रमण भत्ता ३ हजार हो, जो काठमाडौं बाहिर गएको अवस्थामा पाउने व्यवस्था छ ।

उपप्रधानमन्त्रीको मासिक पारिश्रमिक ७५ हजार ६ सय ४० हो । यसमा मसलन्द, महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६ सय ४० तलब हुन आउँछ ।

यसबाहेक उपप्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल, सहसचिव सो सरहका एकजना सह स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म गरी ८ जना कर्मचारी पाउँछन् । जसको पारिश्रमिक सरकारले बेहोर्छ ।

मन्त्रीहरूको हकमा मासिक पारिश्रमिक, मसलन्द तथा अतिथि सत्कार ३ हजार ५ सय, महँगी भत्ता १ हजार, सञ्चार सुविधा ३ हजारसमेत गरी जम्मा ७९ हजार २ सय ३० पाउँछन । यसका अलावा मासिक २ सय ७ लिटर पेट्रोल र ७ जना कर्मचारी पाउँछन ।

राज्यमन्त्रीले मासिक ६७ हजार ३० रुपैयाँ पारिश्रमिक पाउँछन । मसलन्द ३ हजार, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ३ हजार गरी जम्मा ७५ हजार ३० रुपैयाँ पाउँछन् । यसका अलावा राज्यमन्त्रीले मासिक २ सय लिटर पेट्रोल र ७ जना कर्मचारी पाउँछन् ।

कार्य सञ्चालन निर्देशिकामार्फत संशोधन वा पुनरावलोकन हुँदै आएको अभ्यासलाई सरकारले मन्त्रिपरिषद्मै सारेको हो । अर्थात्, अब मन्त्रिपरिषद्बाट निर्णय गराएर राजपत्रमा सूचना प्रकाशन गरी प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पारिश्रमिक र सुविधा आफैँ तोक्न सक्नेछन् ।

Related

Previous Post

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

Next Post

पौडीमा जेम्स च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
पौडीमा जेम्स च्याम्पियन

पौडीमा जेम्स च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

मङ्लबार, फाल्गुन २०, २०८१
आज नगपञ्चमी पर्व

आज नगपञ्चमी पर्व

सोमवार, भदौ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In