Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

Sambridinews by Sambridinews
बुधबार, साउन १५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

श्रावण १४ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डललेयातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माँग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माँग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा न्एक् अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।
सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राख्नु भयो । यसै क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउनु हुदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गर्नु भयो ।
सो बैठकमा उपस्थित हुनु भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताउनु भयो ।
छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउनु हुदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताउनु भयो । सोही छलफलको क्रममा उँहाले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपुरकको रुपमा उभिने बताउनु हुदै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने बताउनु भयो ।
विभागसंग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासंग सहकार्य गरेर अघि बढन सकिने बताउनु हुदै सहि समयमा सही छलफल भएको धारणा राख्नु भयो । उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

Related

Previous Post

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

Next Post

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वैदेशिक रोजगारमा रहेका श्रमिककाे सामाजिक सुरक्षा योजनाको शुभारम्भ

वैदेशिक रोजगारमा रहेका श्रमिककाे सामाजिक सुरक्षा योजनाको शुभारम्भ

बुधबार, चैत्र ८, २०७९
दक्षिण एसियाली स्केटबोर्डमा नेपालको दबदबा

दक्षिण एसियाली स्केटबोर्डमा नेपालको दबदबा

आइतवार, पुस ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In