Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

Sambridinews by Sambridinews
आइतवार, साउन १२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी सेप्टेम्बरदेखि बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा पुनः सुरु गर्ने भएको छ ।

करिब पाँच वर्षपछि यो रूटमा हवाइ सम्पर्क पुनः सुचारु भएपछि नेपालको पर्यटन, व्यापार र शिक्षा क्षेत्रका लागि ठूलो राहत पुग्ने आशा गरिएको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

साथै, नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन यो एक ऐतिहासिक अवसर पनि भएको बुद्धका अधिकारीहरुले बताएका छन् ।

सन् १९९७ मा प्रसिद्ध एभरेस्ट एक्स्पेरियन्स उडानबाट आफ्नो यात्रा सुरु गरेको बुद्ध एयरले हाल नेपालको हवाई बजारमा ६५ प्रतिशत हिस्सा ओगटेको छ ।

बुद्धले हालसम्म भारतको वाराणसीलगायत १५ वटा गन्तव्यमा सेवा विस्तार गरिसकेको छ ।

कोभिड–१९ महामारी र यात्रु मागमा आएको गिरावटका कारण काठमाण्डौ–कलकत्ता मार्ग अस्थायी रूपमा बन्द गरिएको थियो।

तर, पछिल्लो समय यात्रुहरूमा बढ्दो चासो, क्षेत्रीय कनेक्टिभिटीको पुनरागमन र द्विपक्षीय सहकार्यले गर्दा यो मार्ग पुनः सुरु गर्न उपयुक्त समय आएको कम्पनीले जनाएको छ।

छोटो, सहज र प्रभावकारी यात्रा

सिधा हवाई सेवाको पुनः सञ्चालनले पट्यारलाग्दो र थकानयुक्त यात्रालाई छोटो, सहज र आरामदायक बनाउने कम्पनीको विश्वास छ ।

यो मार्गमा यात्रा गर्न केवल ९० मिनेट लाग्नेछ, जुन समयावधि यात्रुहरूका लागि निकै रोचक र छरितो हुनेछ। विशेषगरी छोटो यात्रा, सप्ताहन्त भ्रमण वा हप्तादिनको अवकाश योजना बनाइरहेका परिवारका लागि यस सुविधाले आकर्षक अवसरमा बदल्न सक्छ ।

पर्यटन क्षेत्रको नयाँ सम्भावना

नेपाल र भारतबीच गहिरो सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्बन्ध रहँदै आएको छ।

सन्त, साधु, तीर्थयात्री र पर्यटकहरू सदियौँदेखि यी दुई मुलुकबीच आवागमन गर्दै आएका छन्। यो मार्ग पुनः खुलेसँगै तीर्थालुका लागि पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथदेखि दक्षिणेश्वरी, कालीघाट र बेलूर मठसम्मको यात्रा सहज बन्ने कम्पनीको विश्वास छ ।

काठमाण्डांै र कलकत्ता दुवै शहर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू हुन् । पवित्र मन्दिरहरू, मस्जिदहरू, औपनिवेशिक इतिहास र जीवन्त सांस्कृतिक धरोहरहरूको धनी केन्द्र हो–कलकत्ता ।

यस्तो विरासत र विविधताले पर्यटकहरूलाई दक्षिण एशियाली इतिहास र आतिथ्यको वास्तविक अनुभव प्रदान गर्नेछ।

विद्यार्थी र युवाका लागि सुवर्ण अवसर

उडानको सहज पहूँचले विद्यार्थी तथा युवा यात्रुहरूका लागि पनि अवसरको ढोका खोल्ने विस्वास बुद्ध एयरको छ । किफायती भाडामा यात्रा गर्न सकिने भएकाले धेरै विद्यार्थीहरू शैक्षिक भ्रमण, अध्ययनसँग सम्बन्धित भेटघाट तथा अन्तरसंस्कृतिक अनुभवका लागि दुवै शहरमा ओहोर–दोहोर गर्न यसबाट थप सहज हुनेछ ।

साथै, नेपाल र भारतका विश्वविद्यालय र शैक्षिक संस्थाहरूबीच सहकार्यको सम्भावना बढ्नेछ भने विद्यार्थी आदानप्रदान कार्यक्रम, सह–शोध, कार्यशाला तथा परियोजनाहरूले दुवै देशको शैक्षिक क्षितिज फराकिलो बनाउनेछन् ।

व्यापार र लगानीमा नयाँ गति

काठमाण्डौ–कलकत्ता उडानको पुनः सञ्चालन व्यापार तथा लगानीका लागि ठूलो सम्भावना बोकेको छ । कलकत्ता भारतको पूर्वी वाणिज्य केन्द्र हो भने काठमाण्डौँ नेपालको राजनीतिक, प्रशासनिक तथा आर्थिक राजधानी हो।

अझ सामुद्रिक ब्यापारमा नेपालको सबैभन्दा ठूलो निर्भरता नै कलकत्तासँग छ । कुनै बेला सिंगो भारतकै राजधानी रहेको यो प्राचीन शहरसँग नेपालको जनस्तरको सम्बन्ध छ ।

यी दुई शहरबीचको छिटो सम्पर्कले व्यापारिक भेटघाट, लगानीका अवसरहरूको खोजी, तथा आपूर्ति श्रृङ्खला व्यवस्थापनमा नयाँ गति प्रदान गर्ने छ ।

व्यवसायीहरू अब थोरै समयमा दुबै देशबीच यात्रा गरेर समय, श्रम र लागतको बचत गर्न सक्नेछन्। यसले साना र मझौला उद्यमहरूलाई समेत सहजता प्रदान गर्नेछ ।

यो उडान पुनः सुरु हुनु केवल एक विमान सेवा मात्र होइन, दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनः उजागर गर्ने अवसर हो । धार्मिक यात्रा होस् वा सांस्कृतिक चाडपर्व, विद्यार्थी होस् वा व्यापारी, यो मार्ग हरेक क्षेत्रका मानिसहरूलाई नजिक ल्याउने पुल बन्नेछ ।

जसरी एउटै आकाशले फेरि दुई शहरहरूलाई जोड्दैछ, त्यसरी नै मानिसका सपना, मित्रता र भविष्यका सम्भावनाहरू पनि एक–आपसमा गाँसिँदै छन् ।

त्यसैले आध्यात्मिक शान्तिको खोजीमा भएका पुन्यात्मादेखि सबै मानिसहरुले यदी काठमाण्डौ आउन चाहेमा वा कलकत्ताको इतिहास, मीठा परिकार र सांस्कृतिक जीवनशैलीको अनुभव लिन चाहेमा अब ढोका खुलिसकेको छ ।

अतितका सुन्दर अनुभवहरु सँगालेका प्रौढहरुले मात्रै होइन, आफ्ना पूर्वजको पसिनाले सिँचिएको भारतीय भूमि हेर्न रुचाउने युवाहरुका लागि पनि यो एक गज्जबको मौका हुने छ ।

अब मानिसहरुले तुरुन्तै टिकट सुरक्षीत गर्न सक्ने बुद्ध एयरले जनाएको छ । साथै, विश्वसम्पदाका धरोहर मानिएको यी दुई महानगरहरूलाई झनै नजिक ल्याउने यो ऐतिहासिक यात्राको हिस्सा बन्न पनि कम्पनीले आग्रह गरेको छ ।

‘यो केवल यात्रा होइन । साझा कथाहरू, अनुभवहरू र भविष्यका सम्भावनाहरूको पुनः आगमन हो’, कम्पनीले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘यो सेवा हजारौं यात्रुहरूका सपना पुरा गर्ने, अनुभवहरू बाँड्ने र दुई देशलाई अझ नजिक ल्याउने माध्यम बन्नेछ ।’

Related

Previous Post

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

Next Post

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अछाममा अविरल वर्षाका कारण १७ जनाकाे मृत्यु

अछाममा अविरल वर्षाका कारण १७ जनाकाे मृत्यु

शनिबार, अशोज १, २०७९
परिक्षा भएकाे १६ महिनामा पनि नतिजा सार्वजनिक नहुँदा अखिल (क्रान्तिकारी) आन्दोलित

परिक्षा भएकाे १६ महिनामा पनि नतिजा सार्वजनिक नहुँदा अखिल (क्रान्तिकारी) आन्दोलित

शुक्रबार, कार्तिक २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In