Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

Sambridinews by Sambridinews
बुधबार, असार १८, २०८२
in TOP STORIES, विचार
0
राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

फ्रान्समा शक्तिशाली राजतन्त्र थियोे जनभावना अनुसार चल्न नसक्दा असफल भयो। सन् १६१० मा नौवर्षका लुई तेर्हाेलाई राजगद्दीमा राखेर आमा मेरी डे मेडिसीले राजकाज चलाइरहेकी थिइन । सम्भ्रान्त वर्ग रानीसँग सन्तुष्ट थिएनन् । लुई वयस्क हुँदै जाँदा उनीहरुले लुई तेर्हाेलाई उक्साए । सत्ताको लागि आमा र छोराको शक्ति संघर्ष सुरु भयो । आमाले नियुक्त गरेका सल्लाहकारप्रति लुईको भरोसा टुटिसकेको थियोे । उनी आफै सर्वेसर्वा बन्न चाहन्थे ।

सन् १६२४ मा उनले शासन सत्ता आफ्नो हातमा लिए । त्यसको सात वर्षपछि आमा मेरी डी मेडिसीलाई निर्वासनमा पठाएर सबै शक्ति आफैमा केन्द्रित गरे। उनको कार्यकालमा युरोपमा ३० वर्षे युद्ध र फ्रान्सभित्र धेरै आन्दोलन चले । जनताले संकटपूर्ण जीवन बाँच्नु बाध्य थिए ।
जनता भोकभोकै मर्नुपरेका बेला राजाले ग्रान्ड स्याम्पेन क्षेत्रका उत्कृष्ट अंगुर मगाएर वाइन बनाएर पिउने गर्दथे । त्यस्तै पहिलो विश्वयुद्धको क्रममा रुसी क्रान्तिले राजतन्त्रको पतन गर्याे । रुसी मेन्सभिक अस्थायी सरकारले उदारवादी गणतन्त्र स्थापित गर्दा नै राजतन्त्रको अन्त्य गरेको थियोे ।
यता सोभियत समाजवादी गणतन्त्रको संघले राजतन्त्रको सम्पुर्ण समुल नष्ट गरिदियो । सोभियत संघ माक्र्सवादी लेनिनवादी विचारधारामा स्थापित पहिलो जनवादी गणतन्त्र थियोे । माक्र्सवाद–लेनिनवादी विचार पूर्णतया राजतन्त्रको विरोधी विचारधारा हो । बीसौं शताब्दीमा धेरै देशमा गणतान्त्रिक आन्दोलन र क्रान्तिहरु भए, त्यसको नेतृत्वकर्ता रुसी क्रान्ति नै थियोे ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

रुसी समाजवादी क्रान्तिको प्रभाव एशियाली मुलुकमा पहिलोपटक सन १९२४ मा त्यहाँको इश्वरीतान्त्रिक सामन्ती राजतन्त्रलाई उखेलेर फाल्यो । दोस्रो विश्वयुद्धपछि कम्युनिस्टले क्रमसः मंगोलियालाई लिएर समाजवादी शासन चलाए । रोमानिया, बुलगेरिया, युगोस्लाभिया, हँगेरी र अल्वानियाका राजतन्त्रको अन्त्य गरेर समाजवादी गणतन्त्र स्थापित भएका थिए ।
नेपालमा कथित विष्णु भगवान रुपी दैवी शक्तिको आडमा राजाहरुले, नेपाली समाजमा सामन्ती राज्यव्यवस्था सञ्चालन गरेका थिए । यस्तो व्यवस्थामा राजा सबैभन्दा उच्चस्थान र उनका भाइ भारदार, कुलीन, जमिनदार, संभ्रान्त वर्गले सत्ता र सम्पत्तिको ठुलो हिस्सा ओगटेका थिए ।
समाजको तल्लो वर्गका मानिस ( किसान,मजदुर,दलित र अल्पसंख्यक) लाई भु– दासको रुपमा हेरिन्थ्यो र उनीहरुमाथी विभिन्न प्रकारका शोषण, दमन र अत्याचार गरिन्थ्यो । यस्तो परम्परागत संरचनाले सामन्ती राजा अभिजातीय, कुलीन, जमिन्दारबर्गमा सामन्ती सोचको विकास गर्न सहयोग पु¥यायो । नेपालको राजतन्त्र बंशानुगत अभिजातीय सामन्ती हो । यसले सत्ता र शक्ति एउटै शाहवंशीय परिवारभित्र सिमित हुन पुग्यो । यसले राजाहरूमा कसैप्रति उत्तरदायी हुन परेन । शासनशक्ति एउटैमा सिमित हुँदा शासक स्वेच्छाचारी, निरंकुश, तानाशाही, फासिस्ट सामन्ती सोच हावी हुन पुग्यो । त्यस समय राजाको बर्बरतापूर्वक अत्याचार सहेर बाँच्नु बाहेक अरु कुनै उपाय थिएन ।

बन्द समाजमा हाम्रा पुर्खाहरुले निरंकुश राजशाही र राणाशाहीलाई बाध्यताले स्वीका गरे त्यस समय चेतनाको अभाव, चरम गरीबी बिज्ञान प्रबिधिको विकास नभएको अन्धकारको युगमा शासकलाई कथित विष्णु भगवानको रुपमा परिभाषित गरेर धर्मप्रतिको आस्थालाई दुरुपयोग गरे । यसबाट सामन्ती राजा र कुलीन घरानिया परिवारले शोषण र अत्याचार गर्न सजिलो भयो । नेपालको अर्थव्यवस्था मुख्यतया कृषिमा आधारित थियोे र अधिकांश जमिनको मालिक राजा, उनका भाइ भारादार र सामन्तहरुको नियन्त्रणमा थियोे ।
किसानले जमिनमा खनखेत गरेबापत उनीहरुलाई कर र अन्न दिनु पर्दथ्यो। यो आर्थिक प्रणालीले सामन्ती वर्गलाई थप बलियो बनायो र उनीहरूलाई आफ्नो हैसियत कायम राख्न मद्दत गर्याे । यसले राजालाई सामन्ती सोचबिचारबाट बाहिर आउन दिएन । किनकि यस्तै तानाशाही प्रणालीले उनीहरूको वंशवादी सत्ता र सम्पत्ति सुरक्षित गरेको थियोे ।

निरंकुश तानाशाही सामन्ती शासकले नेपाललाई लामो समयसम्म बाहिरी दुनियाँको राजनीति विचारबाट वञ्चित बनायो । युरोपेली मुलुकमा चलेको औधोगिक क्रान्तिबाट जन्मेको प्रजातान्त्रिक र समाजवादी आन्दोलनको मुल्यमान्यता र सामाजिक न्याय र समानताको

अवधारणा नेपालमा धेरैपछि प्रवेश पायो । यसले सामन्ती राजा र शासक वर्गमा आधुनिक तथा प्रगतिशील सोचको विकास हुन पाएन उनीहरू परम्परागत सामन्ती संस्कारमा रमाए ।
नेपालका राजाहरूमा सामन्ती सोच विचारबाट ग्रसित थिए नै यिनीहरूकै कारण नेपाली जनताले सदियौ देखि दुखः कष्ट र शोषण र दमन सहेर बाँच्नु परेको थियोे । राजाको निरंकुश तानाशाही शासन टिकाउन दरबारिया गिरोहका दास, रैती, मण्डले, कुण्डले भिजिलान्ते सक्रिय रहे । राजाको जेठो छोरो हुनेबित्तिकै स्वतः राजा हुने जस्तो यसको साँस्कृतिक खराबी त छदैछ। त्यो राजा हुने व्याक्ती ट्यापे, गजेडी, लागू औषधकर्ता जुवाडे जस्तोसुकै होस जेठो छोरा भएकै कारण राजा हुने यसको परम्परा छ।

नेपालमा २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंश नाशपछि अपुताली भागमा परेको राजगद्दीमा बसेका राजा ज्ञानेन्द्र शाहले, नेकपा माओवादी द्वन्दलाई नियन्त्रण गर्ने नाममा संसद विघटन गरेर प्रत्यक्ष निरंकुश तानाशाही शासन सञ्चालन गर्दे, लोकतन्त्रको घाँटी निमोठ्ने काम गरे ।

यसलाई ज्ञानेन्द्र शाहको निरंकुशताको पराकाष्ठाको रुपमा इतिहासमा दर्ज छ। उनले दललाई असक्षमको पगरी गुच्छाएर आफुलाई राष्ट्रको सक्षम र अभिभावकको रुपमा उभियाउन खोजेका थिए । निरंकुश तानाशाही शासकको रुपमा आफुलाई उभियाएर शासनको बागडोर समाल्न राजाबाट प्रधानमन्त्रीमा झरेका थिए ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अवधिभर नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकारमाथि दमनचक्र चलाए। राजनीतिक दलका नेताहरूलाई जेल र नजरबन्द गरियो । नेपाल अधिराज्यको संविधान २०४७ को भावना बिपरित मन्त्रिपरिषदको अध्यक्ष बनेर जनताको सूचनाको हक अधिकारमा सैनिक बुट बजार्न लगाइयो ।

बिसौँ शताब्दीको जापानी सम्राट हिरोहित्तो जस्तै तानाशाही शासक बनेर, एक्काइसौं शताब्दीको तानाशाही सम्राट बन्न खोज्दा दुई सय ४० वर्षे सामन्ती राजसंस्था समाप्त भएको हो । अब पुन केही मुठ्ठीभरका पुर्व पञ्चे, मण्डले, भिजिलान्ते, दास र रैती जम्मा गरेर पुन जनताको शोषण गर्ने सपना बुन्दै छन ।
२०६३ साल वैशाख ११ गते जनताको अगाडि घुँडा टेकेर माफि मागेको कुरा गणतन्त्र घोषणाको सत्रवर्षपछि पनि अफापसिद्ध भएको नेपालको राजतन्त्र पुन स्थापित गर्ने सपना देख्नु बगेको बागमती फर्काउनु जतिकै हो । राजतन्त्र भनेको धेरै मानिसलाई काबुमा राख्ने र मुठ्ठीभर मानिसको ऐस आरामदायी जिन्दगीको लागि कज्याउने सामन्ती व्यवस्था हो। त्यो आधुनिक नेपाली जनतालाई स्वीकार्य छैन ।

Related

Previous Post

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

Next Post

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटपछि सुन तस्करीको छानविन गर्न आयोग गठन

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटपछि सुन तस्करीको छानविन गर्न आयोग गठन

सोमवार, अशोज १५, २०८०
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

बिहिबार, साउन ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In