Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
in TOP STORIES, मल्टिमिडिया, शिक्षा, समाचार
0
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यमा केन्द्रित विचारमूलक प्यानल छलफल सम्पन्न भएको छ । कलेजको अडिटोरियममा आज आयोजित उक्त छलफलमा विज्ञहरूले सञ्चार क्षेत्रका बदलिंदो स्वरूपबारे गहिरो सोच र संवादको आवश्यकता औँल्याएका छन् ।

कलेजको पत्रकारीता विभागअन्तर्गतको सञ्चार अध्ययन केन्द्र (सिएस्सी) को आयोजनामा कार्यक्रम दुई महत्वपूर्ण सत्रमा सम्पन्न भयो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

पहिलो सत्र “फ्रिडम अफ एक्सप्रेसन भर्सेस राइट टु प्राइभेसी” शीर्षकमा केन्द्रित थियो, जसको सहजीकरण विद्यार्थी सुप्रिया राईले गर्नुभयो । डिजिटल युगमा अभिव्यक्तिको अधिकार र व्यक्तिगत गोपनीयताको सन्तुलनबारे वक्ताहरूले विविध धारणा राखेका थिए ।

क्यानडाको ओट्टावा विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गरिरहनु भएका प्रा. भानुभक्त आचार्यले अभिव्यक्ति स्वतन्त्रताको नीतिगत र व्यावहारिक पाटोबारे बताउनुभयो । डिजिटल मिडिया फाउन्डेसनका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले समावेशी डिजिटल वातावरण, साइबर स्पेसमा व्यक्तिको अधिकार, डाटा ब्रिच र सुरक्षाको विषयमा प्रकाश पार्नुभयो ।

पूर्व पत्रकार तथा अधिवक्ता पवित्रा राउतले डिजिटल अधिकारसम्बन्धी कानुनी पक्षबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो भने मिडिया अनुसन्धानकर्ता तथा परामर्शदाता उमेश पोखरेलले अन्तर्राष्ट्रिय सन्दर्भमा सञ्चार स्वतन्त्रता र सूचनाको पहुँचबारे चर्चा गर्नुभयो । साथै, सामाजिक सञ्जालमा देखिएको नकारात्मक ट्रेन्ड र कन्टेन्टको नाममा भइरहेको गैर–जिम्मेवार अभ्यासबारे पनि छलफल भएको थियो ।

त्यसैगरी दोस्रो सत्रमा “इज जर्नलिजम डायिङ ? फ्युट्चर अफ जर्नलिजम इन नेपाल” शीर्षकमा गहन बहस भयो । विद्यार्थी दया दूदराजले सहजीकरण गर्नुभएको उक्त सत्रमा वरिष्ठ सञ्चारकर्मी तथा प्राध्यापकहरूले नेपालमा पत्रकारिताको वर्तमान अवस्था, विश्वसनीयताको संकट, र प्रविधिले ल्याएका अवसर/चुनौतीहरूबारे विचार प्रस्तुत गर्नुभयो ।

देशसञ्चारका प्रधान सम्पादक युवराज घिमिरे, नेपाल अनुसन्धान तथा पत्रकारिता केन्द्र (निमजिन) का प्रमुख सम्पादक रजनेश भण्डारी, पत्रकार बिनु सुवेदी, र त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक लेखनाथ पाण्डेले बजार व्यवस्थापन, सोसल मिडियामा प्रकाशित हुने मिस/डिसइनफर्मेसन, तथा दक्ष पत्रकार उत्पादनमा कक्षाकोठा र समाचार कक्षबीचको दूरी घटाउने उपायबारे बहस गर्नुभयो ।

कलेज प्रमुख डा. बाबुराम अधिकारीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी, प्राध्यापक र सञ्चारकर्मीहरूलाई विचार आदानप्रदान गर्न र जिम्मेवार पत्रकारिताको दिशा तय गर्न सहयोग पुर्‍याएको छ ।

कार्यक्रमका सहजकर्ता एवम् पत्रकारिता विभागका सदस्य सुनिल पौडेलले सञ्चार र अभिव्यक्तिका संवेदनशील पक्षहरूमा गम्भीर बहसको थालनी गर्दै युवा पुस्तालाई सूचित र सचेत बनाउने उद्देश्य सफल भएको बताउनुभयो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख तारा प्रसाद गौतम (प्रशासन), प्रज्वलमान श्रेष्ठ (शैक्षिक), मदन भण्डारी मेमोरियल माविका प्रिन्सिपल कमल न्यौपाने, पत्रकारिता विभाग प्रमुख यामबहादुर दूरा, विभिन्न विभागीय प्रमुखहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।

दुवै सत्रमा सहभागीहरूले सक्रियताका साथ प्रश्नोत्तर सत्रमा भाग लिएका थिए ।

Related

Previous Post

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

Next Post

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

बुधबार, अशोज १, २०८२
महरा कतार प्रस्थान

महरा कतार प्रस्थान

बिहिबार, पुस १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In