Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले एक महिनामै उठायो ६० अर्ब आन्तरिक ऋण

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ८, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सरकारले एक महिनामै उठायो ६० अर्ब आन्तरिक ऋण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर कम भएको मौका पारेर सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ । गत माघ महिनामा मात्रै विकास ऋणपत्रमार्फत ५० अर्ब  तथा ट्रेजरी बिल मार्फत १० अर्ब गरेर ६० अर्ब आन्तरिक ऋण उठाएको थियो । आज फागुन ८ गते बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

यसै क्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे अवधिको विकास ऋणपत्र २०९० को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

उक्त ऋणपत्रको फागुन ८ गते बिहीबार १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने फागुन ९ गते शुक्रबार निष्कासन हुनेछ । ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । यसको सावाँ भुक्तानी २०९० फागुन ९ गते हुने जनाइएको छ । 

इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।

माघ महिनामा मात्रै ६० अर्ब आन्तरिक ऋण

सरकारले गत माघ महिनामा मात्रै ६० अर्ब आन्तरिक ऋण उठाइसकेको छ । गत माघमा १० अर्ब बराबरका ५ वटा विकास ऋणपत्र तथा ट्रेजरी बिलको बिक्री मार्फत १० अर्ब आन्तरिक ऋण उठाएको हो । फागुन लागेपछि पनि ट्रेजरी बिलको बिक्रीबाट ५ अर्ब ऋण लिइसकेको छ । 

चालु आवको तेस्रो त्रैमास अर्थात माघदेखि चैत मसान्तसम्म सरकारले १ खर्ब १३ अर्ब ५० करोड आन्तिरक ऋण उठाउने लक्ष्य राखेको छ । चौथो त्रैमासमा ३५ अर्बमात्र आन्तरिक ऋण उठाउने कार्यतालिका छ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब १५ अर्ब तथा दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ । 

सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्ष सुरु भए यता फागुन ७ गतेसम्म २ खर्ब ४६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ । 

Related

Previous Post

आज ७५औं प्रजातन्त्र दिवस

Next Post

श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने : अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा बिहीबार शोक बिदा

मङ्लबार, भदौ २६, २०८०
अभियन्ता खगेन्द्र सुनार पक्राउ

अभियन्ता खगेन्द्र सुनार पक्राउ

मङ्लबार, साउन २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In