Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भलिबलको ट्रफी सार्वनजिक

Sambridinews by Sambridinews
मङ्लबार, पुस १६, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
भलिबलको ट्रफी सार्वनजिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


बुटवल, १६ पुस । बुटवलमा भोलि बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
मंगलबार एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।
प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष आचार्यले जानकारी दिए ।काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशीको भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा प्रथम पुरस्कार ७ लाख रुपैयासहित मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो ।
बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरि, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य,नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरेका छन ।
‘यो स्वर्ण जलप गरिएको भलिबल ईतिहासमा नै आर्कषक ट्रफि हो ।’– अध्यक्ष आचार्यले भने । १५ केजी तौल भएको ट्रफिले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरि ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्ति दीप कुदिएको छ । बुधबार मदन भण्डारी स्पोट्र्स क्लबद्धारा घोषणा भएको खेल तालिका अनुसार देशका विभिन्न ठाउमा खेलाईने समग्र कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिने उनले बताए । यसमा डेढ दर्जन खेलका करीब १० करोड ६० लाख रुपैया खर्च हुने अनुमान रहेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको उनले बताए ।
प्रतियोगिताको टिम दर्ता, मैदान निमार्ण तथा मर्मत लगायतका सम्पूर्ण तयारी पुरा भएको उनले बताए । ‘हामीले अस्थाई प्याराफिटसहित आर्कषक सजावटको काम पुरा गरेका छौ ।’–उनले भने । प्रतियोगिताको उपाधि विजेता टिमले नगद सात लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । यसैगरि उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र गर्ने उनले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा रुपमा समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको आवास ब्यवस्थापन आयोजकबाट नै हुने छ । भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, भारतको गुजरात स्टेट भलिवल एशोसिएशन, गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र गरि नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन । विदेशी खेलाडीसहितको गल्कोट भलिबल क्लब सहभागी हुने उनले बताए । जसमा ४ जना ईरानी खेलाडीहरु छन । पहिलो चरणमा टिकट दर ३०० रुपैया तोकिएको उनले बताए ।
कार्यक्रममा एकेडेमीका सचिव कृष्ण तिमिल्सिना, सचिव अमृता अनमोलले प्रतियोगितासंग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिदै आएको बताए ।

Related

Previous Post

ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा क्रिकेटर दीपेन्द्रसिंह ऐरी अनुबन्ध

Next Post

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नबिल बैंकको नाफा ७ अर्ब नाघ्यो

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

गरिव देशहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आगामी शुक्रबार कतार जादै

आइतवार, फाल्गुन १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In