Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

क्वाँटी किन खाने ?

Sambridinews by Sambridinews
सोमवार, भदौ ३, २०८१
in TOP STORIES
0
क्वाँटी किन खाने ?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनैपूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गीन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ ।

क्वाँटी खाने प्रचलन कहिलेदेखि सुरु भएको हो यकिनका साथ भन्न सकिंदैन तथापि यो विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन रहेको पाइन्छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ । यो आलेख क्वाँटी के हो, यो किन सेवन गरिन्छ, यसको महत्व के छ र यसले पुर्‍याउने फाइदा के के छन् भन्ने बारेमा नै बढी केन्द्रित हुनेछ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीहरूको रस खाने प्रचलन छ ।

धार्मिक तथा सांस्कृतिक प्रचलनका रूपमा कुनै समुदायबाट आएको प्रचलन अहिले चर्चाको विषय बनेको छ र यो खानेकुरा अब कुनै जाति विशेषको नभई सबैको साझा विषय बन्न पुगेको छ । किनकि यसका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारणहरू लुकेका छन् जसले शरीरलाई फाइदा पुर्‍याउँछन् । यसरी शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोग विरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो ।

विभिन्न गुणहरूले भरिएको हुनाले सांस्कृतिक पर्व मान्नका लागि मात्र नभई क्वाँटीलाई असाध्यै वैज्ञानिक पौष्टिक खाना मानिने हुँदा यसको प्रचारप्रसार गर्न पनि जरूरी छ ।

क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोगव्याधि र परिश्रमका कारण कोषहरूमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकास वा शरीरको मर्मत सम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ । त्यसकारण क्वाँटीको सेवन सुरुमा सांस्कृतिक मूल्यमान्यताबाट प्रभावित भएर विशेष समुदायबाट सुरु गरिएतापनि यसबाट विभिन्न फाइदा पाउन सकिने हुँदा अहिले सबैको खाना बनेको छ ।

त्यसो त क्वाँटी जनैपूर्णिमाको दिन वा अघिल्लो दिन मात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर हाम्रा दैनिक खानामा हुनु आवश्यक छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ । क्वाँटीमा मुख्यगरी प्रोटिन पाइने भएकाले हाम्रो शरीरका लागि अति आवश्यक पौष्टिक तत्व प्रोटिनको आपूर्ति हुन सहयोग पुग्छ तर हामीलाई प्रोटिन मात्र खाएर हुँदैन ।

सन्तुलित खानाको रूपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ तथा भिटामिन पाइने खानाको स्रोत समेत मिलाएर खानुपर्छ । हामीले सकभर कार्बोहाइड्रेट कम, प्रोटिन केही बढी मात्रामा र अन्य खाद्यपदार्थ ठिक्क मिलाएर खानु राम्रो हुन्छ । तर खाद्यपदार्थको उत्पादन, आर्थिक अवस्था, पोषण सम्बन्धी चेतना, घरपरिवारको आकार आदिले सन्तुलित खाना प्राप्त गर्न कठिनाइ पर्ने गरेको यथार्थ नेपाली समाजमा देखापर्दछ । फलस्वरूप खाना खाँदा भात वा रोटी, आलुको तरकारी र आलुका अन्य परिकार बनाएर खाने चलन छ जसले गर्दा सन्तुलित खाना प्राप्त गर्न सकिंदैन ।

यस्तो खानाबाट केवल कार्बोहाइड्रेट मात्र प्राप्त हुने र अति आवश्यक तत्व प्रोटिन, भिटामिन र खनिज तत्वको सधैं अभाव हुनेभयो । जसको परिणामस्वरूप हामीलाई विभिन्न पौष्टिक तत्वको कमीबाट लाग्ने रोगहरू देखापर्न थाल्छन्; शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य राम्रो हुन सक्दैन र कुपोषण जस्ता समस्या देखिन सक्छन् ।

यस्ता समस्या अझ बढी बाल्यकाल, किशोरावस्था र वृद्धावस्थामा देखिएमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको अभावले गर्दा विभिन्न समस्या थपिई व्यक्ति मृत्युको मुखमा पुग्न पनि सक्छ । त्यसकारण सकभर हाम्रै गाउँघरमा खेतबारीमा पाइने, पैसा नपर्ने वा कम मूल्य पर्ने खाद्यपदार्थलाई मिलाई सेवन गर्नु अति आवश्यक छ ।

क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो । क्वाँटी बनाउने क्रममा यसबाट बढी फाइदा पाउन विभिन्न गेडागुडीहरूलाई ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्ने जबसम्म यसमा टुसा पलाउँदैन । त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नुन, तोरीका दाना, आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रूपमा खान सकिन्छ ।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ । त्यसो त जुनसुकै दलहन तथा गेडागुडीहरू दुई वा सोभन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्वहरू प्राप्त गर्न सकिने हुन्छ । तर हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडीहरू रहेका छन् ।

क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रूपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो तापनि यसको सेवन गर्नु अति आवश्यक छ ।

नियमित रूपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिए तापनि जति उपलब्ध छ त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ । यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन ।

गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घरपरिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ ।

Related

Previous Post

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता

Next Post

निजी क्षेत्र मैत्री कानुन बनाउने सांसदहरूकाे प्रतिबद्धता

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
निजी क्षेत्र मैत्री कानुन बनाउने सांसदहरूकाे प्रतिबद्धता

निजी क्षेत्र मैत्री कानुन बनाउने सांसदहरूकाे प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

लागत घटाउन एमसीसी ले सबै ठेक्का रद्द

शनिबार, अशोज २७, २०८०
म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण

म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण

बुधबार, भदौ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In