Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पेरिस ओलम्पिकको म्याराथनमा सन्तोषी ७९ औं स्थानमा

Sambridinews by Sambridinews
आइतवार, साउन २७, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पेरिस ओलम्पिकको म्याराथनमा सन्तोषी ७९ औं स्थानमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

पेरिस, साउन २७ गते ।नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक– २०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९ औं स्थानमा रहिन् । विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरे । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् ।
सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । सन्तोषीको ब्याक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो । सन्तोषीले उक्त कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन (दक्षिण एसियाली स्तरीय) मा बनाएकी थिइन् । बंगबन्धु म्याराथन सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय म्याराथन हो । त्यो म्याराथनमा सन्तोषीले स्वर्ण जितेकी थिइन् । सुरुमा ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने सन्तोषी हाफ म्याराथन हुँदै फुल म्याराथना दौड्न थालेकी हुन् । पेरिस ओलम्पिकको म्याराथन सन्तोषीको दोश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । ३१ वर्षीया सन्तोषी नेपालमै सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को १० हजार मिटर दौडकी स्वर्ण विजता हुन् । उक्त प्रतियोगिता सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । सन्तोषीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् ।
सन्तोषी पछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन् । किन्जाङलाई दौड पूरा गर्न ३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो ।
नेडरल्यान्डकी सिफान हसनले ओलम्पिक रेकर्डसहित स्वर्ण जितिन् । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा सिफानले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दूरी तय गर्दै इथोपियाकी टिकी गेलानाको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सकेन्डको ओलम्पिक रेकर्ड तोडिन् । इथोपियाकी टिग्स्ट असेफा दोश्रो तथा केन्याकी हेलेन ओबिरी तेश्रो  बने । म्याराथन पेरिसको होटल डे भिलेबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो ।
सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झण्डासहित समर्थकसंग खुशी साट्दै थिइन् । त्यही क्रममा दौड पूरा गरेपछि सन्तोषी सिफान भएको ठाउँमा गइन् र अंकमाल गर्दै सिफानलाई बधाइ पनि दिइन् ।
ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि सहभागिता जनाएको हो । ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्ने सन्तोषी समग्रमा चौथो नेपाली खेलाडी हुन् । पछिल्लोपटक विमला राना मगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई खेलाडी राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए । आइतबारै स्थानिय समय अनुसार राती ९ः०० बजेदेखि सुरु हुने समापन समारोहमा सन्तोषीले राष्ट्रिय झण्डा बोक्ने छिन् ।
सन्तोषीले राष्ट्रिय कीर्तिमान सुधार गर्न नसकेपनि कठिन रुटका बावजुद म्याराथन पूरा गर्न सकेकोमा सन्तुष्त रहेको प्रतिक्रिया दिइन् ।
ओलम्पिकका लागि पेरिसमा रहने सन्तोषी एकलो नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । बाँकी छ खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिसकेका छन् । टेबलटेनिसमा श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल, पौडीमा एलेक्जेन्डर शाह र डुवाना लामा तथा जुडोमा मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गरेका थिए । यि मध्ये एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे ।
पेरिस ओलम्पिकमा श्यान्टु मात्र छनोट चरण पार गर्दै सहभागी भएका हुन् । बाँकीले विभिन्न कोटा मार्फत ओलम्पिक सहभागिता पक्का गरेका थिए । टेबलटेनिससहित ब्याडमिन्टनमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका हो ।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि पहिलोपटक सहभागिता जनाउन थालेको थियो । त्यसएता १९६८ को मेक्सिको सिटी ओलम्पिक बाहेक सबै ओलम्पिकमा नेपालले सहभागिता जनाउदै आएको छ ।

Related

Previous Post

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

Next Post

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीको दुधौलीमा दुईदिनको निः शुल्क दन्त स्वास्थ्य शिविर सुरु

सिन्धुलीको दुधौलीमा दुईदिनको निः शुल्क दन्त स्वास्थ्य शिविर सुरु

शुक्रबार, चैत्र २, २०८०
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

सोमवार, कार्तिक २५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In