Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

त्यो माओवादी यो माओवादी

Sambridinews by Sambridinews
शुक्रबार, साउन ४, २०८१
in FEATURED, विचार
0
त्यो माओवादी यो माओवादी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • फणीन्द्र फुयाल ज्वाला

दसवर्षे जनयुद्ध गरेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (ओवादी केन्द्र) का केही नेताको यतिबेलासम्म आइपुग्दा राम्रैसँग वर्गोत्थान भएको त छ तर पार्टीको जनविश्वास गिरेको छ । २०६३ अघिको माओवादी पार्टी ‘चेन अफ कमाण्ड’मा थियो ।

अनुशासन थियो । अहिले चेन चुँडालिएको छ । कमाण्ड कमाण्डरबिनाको मोर्चा झै बनेको छ ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

संवृद्ध मुलुकपछि दुईदिन बिदा

तर अहिले पार्टी उँभो होइन, उँधो गतिमा छ । नेता तथा कार्यकर्ताहरु सहरभोगी, सुखभोगी, जागिरभोगी, गुटगत मानसिकताभोगी, दलाली, चाकरी, चाप्लुसीभोगी, नातावाद कृपावादभोगी, दलालभोगी, कमिसनभोगी, छलछाम, झुटभोगी, हुँदा यो पार्टी हिजो पञ्चायती शासनकालको भन्दा पनि डुङडुङ्ती गनाउने भएको छ ।

साँच्चै भन्नुपर्दा माओवादी पार्टी माओको सिद्धान्तमा अव झिंगाको टाउको जति पनि बाँकी छैन भन्दा हुन्छ । पार्टीको नाम माओवादी राख्दैमा ऊ राम्रो, जनमुखी हुनेभए सबै बुद्धिबहादुरहरु बौद्धिक र वीरबहादुरहरु किन निडर हुँदैनन् ? यो त नाम एउटा र काम अर्के जस्तो भएको छ । जनतालाई झुक्याउने र सत्ताको खेलमा अर्काको वैशाखी टेकेर गोल हान्न खोज्ने तर त्यो भद्रगोलमा परिणत हुने देखिँदै गएको छ ।

माओवादी रुपान्तरण अभियान बारेः

गतवर्ष माओवादीले जनतासँग पार्टीको निकट सम्बन्ध स्थापना गर्ने, जनतासँग जोडिने भन्दै पार्टीका नेता र कार्यकर्ताहरुमा रुपान्तरण आवश्यकताको महसुश गर्दै चार महिने कार्यक्रम ‘माओवादी रुपान्तरण अभियान’ सञ्चालन ग¥यो । प्रज्ञा भवनमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले यो कार्यक्रम तय गरेको थियो । सुबिधा भोगी सहर बजारमा बसेर, मिठो मसिनोमा भुलेर, शरीरमा बोसो भरिएका र महंगा जिम हलहरुमा ‘एक्सरसाइज’ गरेर बोसो पागल्न थालेका केही थान माओवादी नेताहरु गाउँमा पुगे र जनताको काम, दैनिक सुखदुःख, समस्या, पिडा, श्रम आदिका बारेमा पुनः नजिकै पुगेर जानकारी लिने काम गरे ।

कतिपय ‘कामचोर’ नेताहरु त जिल्ला सदरमुकाम पुगेर होटलमा बसेर, गफ छाँटेर, जनतासँगै श्रममा जोडिएको बहाना गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा रंग्याउँदै पार्टीका उपल्लो तहका नेताहरुलाई मख्ख पार्न समेत भ्याए । कतिपय पार्टीका बिचौलियाहरुले उक्त अभियानको प्रचारको जिम्मा लिएर केही उपकरणहरु (महंगा क्यामेरा, ल्यापटप, फेसबुक पेज बुस्टिङ, अनलाइन सञ्चालन, आईसीटी) खरिद गरेको फर्जि बिल पार्टीमा बुझाएर रकम पनि असुल्न भ्याए ।

अझै तिनैले माओवादी सिद्धान्तको बारेमा, सुशासनका बारेमा, भ्रष्टाचारबिरुद्धका बारेमा गफ दिँदै हिँडेको र पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयका केही कर्मचारीहरुलाई गुमराहमा (भुलभुलैयामा) पार्ने काम पनि गरे । यसले गर्दा उक्त रुपान्तरण अभियान देखाउँने दाँत मात्र भएको धेरै इमान्दार र स्वाभीमानी कार्यकर्ताहरु अmझै चिया–चौतरीमा गफ गरेको भेटिन्छ/सुनिन्छ । उनीहरु अचेल भन्न थालेका छन्, ‘रुपान्तरण अभियानले पार्टी रुपान्तरण होइन, केही नेताको खल्ती रुपान्तरण गर्ने काम चाहिँ राम्रैसँग भएछ ।’

माओवादीको गिर्दौ शाखः

गत शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाउन सकेनन् । उनको सरकार ढलेर संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथो पटक यो देशको प्रधानमन्त्री बनेका छन् । विश्वासको मतका लागि भएको मत विभाजनमा प्रचण्डले ६३ मत मात्रै पाए ।
०७९ पुस १० गते प्रचण्ड पहिलोपटक नेकपा (एमाले)सहितको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए । उनले ०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत प्राप्त गरेका थिए ।

त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरु परिवर्तन गरे । सत्ता सहयात्री दलहरु फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिए । त्यतिबेला उनले १७२ सांसदको समर्थन पाएका थिए । त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए ।त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।
चौथोपटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते विश्वासको मत लिए । त्यतिबेला उपस्थित सांसदमध्ये १५८ जना सांसद मतदान प्रक्रियामा सरिक भए । जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको थियो ।

माओवादीका लागि कहिलै बिर्सनै नसक्ने अंक ६३

माओवादीका लागि कहिलै बिर्सनै नसक्ने अंक ६३ रह्यो । शान्ति प्रक्रियामा आउँदा ०६३ मा माओवादी भुइँमान्छेको सपना थियो, आदर्श थियो । माओवादी सडकको बाघ थियो । यसपटक संसदमा ६३ मत दिएर माओवादीका प्रधानमन्त्रीलाई दहे झापड दिए । केही महिनाअघि १५७ मत ल्याएकालाई ६३ मा नै खुम्च्याइ दिए ।

विसं २०६३ मा माओवादीसँग वहुसंख्यक जनता थिए । सुदृढ पार्टी थियो । त्यतिवेला राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा स्थापित नेताहरु, जसले पुष्पकमल दाहाललाई (प्रचण्ड) बनाउन वैचारिक, राजनीतिक, संगठन र संघर्षबाट विशिष्ट योगदान दिएका थिए, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा वादल, सीपी गजुरेलसहितका हजारौं नेता तथा कार्यकर्ता एउटै पार्टीमा थिए । सुनकाण्डसहित कुनै घोटालामा माओवादी नेता नमुछिएकाले नैतिक शक्ति थियो । तिनले अपिल गर्दा हजारौं, लाखौं सडकमा उत्रिन्थे ।

आज ६३ बाट संसदबाट माओवादी लखेटिंदा अपमान र पराजयको, निराशा र उपेक्षाको नम्बर भएको छ । त्यतिबेला माओवादीसँग कोही प्रधानमन्त्री भएका ब्यक्ति त थिएनन र मन्त्री पनि थिएनन् । अहिले भूपू प्रम, मन्त्रीको भीड छ तर तिनका अपिलले जनता सडकमा आउँदैनन् । त्यो बलवान ०६३ बाट यो अपमानको ६३ सम्म आउँदा धेरै नेता तथा कार्यकर्ताको वर्गाेत्थान भएको छ तर जनविश्वास गुमेको छ । सबैभन्दा चिन्ताको कुरा भुइँमान्छेको भरोसा धर्मराएको छ ।

Related

Previous Post

माईक्रोसफ्टमा समस्या : विश्वभरीका सेवाग्राही मारमा

Next Post

प्रधानमन्त्री ओलीका गलत कदम समर्थन नगर्ने कांग्रेस महामन्त्रीको भनाइ

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
FEATURED

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
पीडितले चाहे मात्रै कैद मिनाहा गर्ने कानुन बनाउनुपर्ने कांग्रेस महामन्त्री शर्माकाे भनाइ

प्रधानमन्त्री ओलीका गलत कदम समर्थन नगर्ने कांग्रेस महामन्त्रीको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रहरीले माइतिघरमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ

प्रहरीले माइतिघरमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ

बिहिबार, पुस ५, २०८०
एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

बुधबार, बैशाख १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In