Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक टिम भएर अगाडि बढ्न तयार– मन्त्री चौधरी

Sambridinews by Sambridinews
बिहिबार, साउन ३, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
एक टिम भएर अगाडि बढ्न तयार– मन्त्री चौधरी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


काठमाडौं, साउन ३ , नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका  छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् ।
‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासंग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’ मन्त्री चौधरीले भने– ‘खेलकुदलाई विकासको बाटोमा दो¥याउन सरोकारवालासंग एक टिम भएर अगाडि बढ्न तयार छु ।’
मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको बताए ।
मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीज्यूको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरुलाई कार्यन्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउदै आफ्नो कार्यकालको अन्तिम दिन (यहि साउन १४ गते) सम्ममा मन्त्रीज्यूसंग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदलाई गहि¥याइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कार्यहरु संक्षिप्तमा जानकारी गराउने क्रममा पहिलोपटक खेलकुद विमा लेख जारी गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको, उमेरसमूहलगायत विभिन्न प्रतियोगितामा जोड दिएको, कुन समुदायको कुन भुगोलको वच्चा कुन खेलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा मसिनो ढंगले अध्ययन गरी नेपाली खेलकुदकै इतिहासमा पहिलोपटक सातै प्रदेशमा एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको, पेरिस ओलम्पिकसंगै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको, राखेपको इतिहासमै पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसंगको सहकार्यमा लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्ने क्रममा ठूलो संख्यामा ३ सय ४२ कर्मचारीको बढुवा गरिएको, एसियाली खेलकुद सकिए लगत्तै अर्को संस्करणका लागि तयारी थाल्ने क्रममा एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित वैज्ञानिक र लामो तयारीको विशेष प्रशिक्षण गर्न विभिन्न १० खेलका १ सय २ खेलाडी समावेश गरी मिसन २०२६ को सुरुआत गरिएको, आर्थिक विनियमावली, कर्मचारी सेवा शर्त विनियमावली र ओ एन्ड एम सर्भे तयारी अवस्थामा रहेकोमा बोर्ड बैठकबाट मात्र पारित हुन बाँकी रहेको बताए ।
यसैबीच बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य–सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरु विस्तृत रुपमा पनि प्रस्तुत गरेका थिए ।

Related

Previous Post

दक्षिण एसियाली करातेमा स्वनिम र एलिसालाई स्वर्ण

Next Post

निजी क्षेत्रलाई आशावादी भईदिन अर्थमन्त्रीको आग्रह

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
निजी क्षेत्रलाई आशावादी भईदिन अर्थमन्त्रीको आग्रह

निजी क्षेत्रलाई आशावादी भईदिन अर्थमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनकाे मुल्य हालसम्मकै उच्च

मङ्लबार, फाल्गुन १३, २०८१
बागमती प्रदेशमा काठमाडौं उपत्यका र चितवन बाहेकका जिल्लामा भ्यूटावर

दसैँभरी सामान्यतया माैसम सफा रहने

मङ्लबार, कार्तिक ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In