Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सतर्कता केन्द्रविरुद्ध उजुरी : प्रधानमन्त्री कार्यालयले छानविन गर्दै

Sambridinews by Sambridinews
मङ्लबार, असार २५, २०८१
in FEATURED
0
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपले नियन्त्रण गर्न तथा त्यसविरुद्ध जनचेतना जगाउन निरोधात्मक र प्रवद्र्धनात्मक गतिविधि गर्ने अधिकार कानुनले राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ ले दिएको यही अधिकारको कानुनी टेकोमा केन्द्रले गतिविधि गर्दै आएको छ । तर, भ्रष्टाचारजन्य गतिविधि रोक्ने यही निकायविरुद्ध अनियमित गतिविधि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । उजुरी परेपछि कार्यालयले केन्द्रलाई पत्राचार गरेको छ । 

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सरकारी ट्रायल सेन्टरहरूले नै मापदण्डको पालना नगरेको प्रतिवेदन सतर्कता केन्द्रको छानबिन समिति औँल्याएको थियो । गत चैतमा केन्द्रले गठन गरेको छानबिन समितिले काठमाडौं उपत्यकामा सञ्चालित पाँच सरकारी ट्रायल सेन्टरहरूले कानुनबमोजिम पूर्ण रूपमा मापदण्डको पालना नगरेको निष्कर्षसहितको प्रतिवेदन दिएको थयो । मापदण्ड पालना नगर्नेमा भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालि र बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल तथा काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि, गोकर्णेश्वरस्थित नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि, ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कुल प्रालि तथा अन्य दुई निजी ट्रायल सेन्टरहरू सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ थिए । 

प्रतिवेदनका आधारमा केन्द्रले उपत्यकाका चार सरकारी ट्रायल सेन्टरहरूलाई मापदण्ड पालना गर्न निर्देशन दिएको थियो । ट्रायल सेन्टरहरूको सञ्चालन तथा व्यवस्थापनमा अक्षरशः कानुन कार्यान्वयन गर्नुपर्ने भन्दै केन्द्रले त्यसका लागि यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र राधेराधे भक्तपुर, ठूलोभ¥याङ, चाबहिल र एकान्तकुनालाई निर्देशन दिएको थियो । यही निर्देशनका आधारमा ट्रायल सेन्टरहरू बन्द पनि भए । तर, पछि केन्द्रले नै ट्रायल सेन्टर खुलाउने सम्बन्धमा निर्णय गरिदियो । 

यसरी ट्रायल सेन्टर बन्द गर्ने र खुलाउने सम्बन्धमा आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेर केन्द्रले निर्णय र निर्देशन दिएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको हो । केन्द्रले ट्रायल सेन्टरहरू बन्द गर्ने र खुलाउने निर्णय गर्दा अनियमित गतिविधि गरेको उजुरीमा उल्लेख छ । यसक्रममा आर्थिक लेनादेनासमेत भएको दाबी उजुरीकर्ताले गरेका छन् । उजुरी परेपछि यस सम्बन्धमा के भएको हो, त्यसको लिखित जवाफ पठाउन प्रधानमन्त्री कार्यालयले हालै केन्द्रलाई पत्राचार गरेको छ । 

‘केन्द्रले ट्रायल सेन्टर बन्द गर्ने र खुलाउने सम्बन्धमा गरेका कामकारबाहीका प्रक्रियामा उजुरी परेको थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसबारे स्पष्ट जवाफ दिन केन्द्रलाई पत्राचार गरिएको छ ।’ कार्यालयले गत शुक्रबार केन्द्रलाई पत्राचार गरेको हो । पत्रमा प्रधानमन्त्री कार्यालयले ट्रायल सेन्टर किन बन्द गरेको र पछि किन खोलेको भन्ने सम्बन्धमा यथार्थ विवरण यथाशीघ्र उपलब्ध गराउन भनेको छ । 

सरकारी ट्रायल सेन्टरहरूले नै मापदण्ड पालना नगरेको भेटिएपछि केन्द्रले प्रतिवेदनसहित बागमती प्रदेशको यातायात मन्त्रालयलाई मापदण्ड पालना गराएर मात्र सञ्चालन गर्न दिन पत्राचार गरेको थियो । केन्द्रले बागमती प्रदेश सरकार र यातायात कार्यालयहरूसँग जवाफ पनि माग गरेको थियो । गत वैशाख २ र १८ गते बागमती प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालय र उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूसँग २३ गते केन्द्रले राय प्रतिक्रिया मागेको थियो । तर, प्रदेश मन्त्रालय र यातायात कार्यालय कसैले पनि जवाफ पठाएनन् । 

छानबिन समितिले ट्रायल सेन्टरहरूमा विभिन्न समस्या औँल्याउनु, तर त्यसको अनुगमन र नियमनकारी निकायले कुनै प्रतिक्रिया नदिएपछि केन्द्रले निर्देशन नै जारी गरेको छ । केन्द्रले कानुनी मापदण्ड अक्षरशः पालना गर्न निर्देशन दिएको थियो । 

केन्द्रले ट्रायल सेन्टर सञ्चालनमा कैफियत औँल्याएर प्रदेशलाई पत्राचार गरेपछि ट्रायल सेन्टरहरू बन्द हुन पुगेका थिए । ट्रायल सेन्टरहरू बन्द हुन थालेपछि सेवाग्राहीलाई नै मर्का परेको थियो । यसपछि केन्द्रले ट्रायल सेन्टरहरूले मापदण्ड पालना गरे–नगरेको हेर्न टोली नै गठन गरेर पठाएको थियो । टोलीले मापदण्ड पालना गरेको रिपोर्ट दिएपछि गत २९ जेठमा एकान्तकुना, चाबहिल र ठूलो भर्‍याङलाई सञ्चालन गर्न दिन निर्देशन दिएको थियो भने यही १२ असारमा राधेराधेको ट्रायल सेन्टर सञ्चालन गर्न अनुमति दिइएको थियो । 

यता सतर्कता केन्द्रका सचिव रामआधार साहले छानबिन प्रतिवेदनबाट ट्रायल सेन्टर सञ्चालन मापदण्डबमोजिम नभएको पाइएपछि कानुन कार्यान्वयनका लागि भनिएको बताए । बन्द गर्ने र खोल्ने काम केन्द्रको नभएको र नगरेको पनि उनको दाबी छ । ‘केन्द्रको काम उजुरी आएपछि अनुगमन र निरीक्षण गर्ने हो । विधिसम्मत तरिकाले काम गर भन्ने हो,’ उनले भने, ‘केन्द्रले ट्रायल सेन्टर बन्द गरेको र खोलेको दुवै होइन ।’ आरोपमा सत्यता नभएको उनको भनाइ छ ।

(नयाँ पत्रिका दैनिकबाट साभार )

Related

Previous Post

दुई उमेरसमूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

Next Post

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

माओवादीले सुदूरपश्चिम प्रदेशमा नेताहरूकाे कार्यविभाजन तोक्याे

बुधबार, अशोज ३०, २०८१
संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

आइतवार, साउन १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In