Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु

Sambridinews by Sambridinews
सोमवार, असार १०, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं, असार १० , नेपाल हक्की संघको आयोजनामा पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की पोखरामा सोमबारदेखि सुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भएको प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।
पहिलो दिनको खेलमा घरेलु टोली गण्डकीले एकमा जित एकमा हार निकाल्दा, विभागिय टोली नेपाल आर्मीले दोहोरा जित आत्मासात् ग¥यो ।
उद्घाटन खेलमा गण्डकी विभागिय टोली नेपाल पुलिस क्लब संग ३–१ ले पराजय व्यहोरेको छ । खेलमा नेपाल पुलिसका सुरेशप्रसाद जोशीले १४ र १८ मिनेटमा दुई गोल गरे भने अर्को गोल रोमन रानाले खेलको ३० औं मिनेटमा गरेका थिए । गण्डकीका लागि एक मात्र गोल खेलको २३ औं मिनेटमा पवन परियारले गरेका थिए । खेलमा रोमन प्लेयर अफ दि म्याच बने ।
अर्को खेलमा घरेलु टोली गण्डकी बिजयी भयो । प्रतियोगिता अन्तर्गत नै भएको पहिलो चरणको छैटौं खेल तथा आफ्नो दोस्रो प्रतिस्पर्धामा गण्डकीले कोशी प्रदेशलाई ६–० को भारी गोल अन्तरले पारजित गरेको हो । गण्डकीका अशिम बाहेकले ह्याट्रिक गरे । उनले ७, १५ र २० औं मिनेटमा गोल गरे भने म्याच अफ दि प्लेयर समेत रहेका प्रेम विकले एक गोल गर्दा कुशल नेपालीले २ गोल गरे ।
यस्तै विभागिय टोली आर्मीले कर्णाली प्रदेश विरुद्ध ५–० ले जित निकालेको छ भने बागमती प्रदेश विरुद्ध ८–० ले जितेको हो । कर्णाली विरुद्धको खेलमा दिपेन्द्र ऐरले ह्याट्रिक पुरा गरे । उनले खेलको ९, १२ र १३ मिनेटमा गोल गर्दा खेलको १४ औं मिनेटमा प्रदिप राजवंशी र एक गोल २५ औं मिनेटमा अमर बहादुर गुरुङले गरे । खेलमा दिपेन्द्र प्लेयर अफ दि म्याच घोषित भए । त्यस्तै बागमती संग भएको खेलमा प्लेयर अफ दि म्याच समेत रहेका दिपेन्द्र राजवंशीले ४ गोल गरे भने अमर बहादुर गुरुङले २ गोल गर्दा राजेन्द्र कार्की र दिपेन्द्र ऐरले १–१ गोल गरे ।
प्रतियोगिता अन्तर्गत नै भएको खेलमा मधेश प्रदेश बिजयी भएको छ । बागमती विरुद्धको खेलमा ३–० ले बिजयी भएको हो । खेलमा अजय शाहले खेलको २ मिनेटमा नै मधेशका लागि खाता खोले भने सविर शेख र रुपेश राईले टिमका लागि थप १–१ गोल गरे ।
लुम्बिनीलाई कोशीले २–० गोलले पाखा लगाएको छ । खेलमा मणिकुमार विश्वकर्मा र उत्तम चमारियाले समान १–१ गोल गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफू संधै खेलाडीहरुको सारथी बन्ने बताएका छन् । नेपालको इतिहास बोकेको खेल हक्कीलाई नजिक बाट हेरिरहेको बताउँदै भने–“नेपाली खेलाडीहरुलाई सम्मान गर्न कानुन नै निर्माण गरेर हामी अघि बढेका छौं । यहाँहरु आ–आफ्नो खेलबाट अघि बढनुहोस् । म यहाँहरुको सारथी बनेर यहाँहरुको साथमा रहनेछु ।”
समाजले खेलाडीहरुलाई हिरोको रुपमा हेरेको र खेलाडीहरुनै समाजको अग्रभागमा रहेकोले निरन्तररुपमा अघि बढ्न समेत सुझाव दिंदै सदस्य सचिब घिसिङले आफू सदैव हक्कीको विकासका लागि सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने–“पोखरामा विभिन्न प्रतियोगिताहरु निरन्तर भइरहेको छ । पोखरालाई खेलकुदको हव बनाउँदै व्यवसायिक खेलकुदको विकास संगै यसको उचाई बढाउन समेत परिषद तयार रहेको छ ।”
सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरामा यस प्रकारका कार्यक्रम हुनुले खेलकुदको विकासमा सहयोग पुगने उल्लेख गरे ।
नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यहि असार १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टोलीसहित विभिन्न ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५० हजार, उपबिजेताले नगद रु ३० र तेश्रोले नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Related

Previous Post

महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

Next Post

नेपाललाई पाँच स्वर्णसहित सात पदक

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
नेपाललाई पाँच स्वर्णसहित सात पदक

नेपाललाई पाँच स्वर्णसहित सात पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

शुक्रबार बिहान सिन्धुलीमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, माघ २५, २०८१
राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

बिहिबार, बैशाख २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In