Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिंसा रविभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छ: मन्त्री चौधरी

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ २४, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
हिंसा रविभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छ: मन्त्री चौधरी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षण/तालिम दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ (फेडोले) आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

‘महिलाहरूका निम्ति ‘सेल्फ डिफेन्स’ तालिम/प्रशिक्षणहरू पनि सञ्चालन गर्न आवश्यक छ । सबै बालिकाहरूका निम्ति स्कुल तहमै सेल्फ डिफेन्सका तालिमहरू सञ्चालन गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘विभेदको अन्य गर्न, हिंसाको अन्त्य गर्न स्कुल तहमै सेल्फ डिफेन्स तालिमहरू दिनुपर्छ ।’

कतिपय ऐन, कानूनका विषयमा जानकारी नभएका कारणले पनि विभेद तथा जातीय छुवाछुतको अन्त्य हुन नसकेको भन्दै उहाँले जातीय विभेद तथा छुवाछुतविरुद्धका कानूनहरूका बारेमा जानकारी दिने उद्देश्यले नागरिक बडापत्र बनाएर सबै पालिका तथा पालिकाका वडाहरूमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जातीय छुवाछुतलाई कानूनले दण्डनीय बनाएको छ । तथापि छुवाछुत कायम छ । ऐन, कानूनको विषयमा पनि धेरैलाई जानकारी हुन सकेको छैन । जसका कारणले छुवाछुत गरेमा कानूनी कारबाही हुन्छ भन्ने जानकारी नै छैन । त्यसैले ऐन, कानूनको विषयमा पनि जानकारी गराउन आवश्यक छ ।’

अन्तरजातीय विवाह गरेका जोडिलाई गाली गर्न उसको परिवार, सन्तानलाई नै गाली गर्ने प्रवृत्ति अद्यापि रहेको भन्दै मन्त्री चौधरीले संविधानले धर्म निरपेक्ष जस्तै जातीय छुवाछुतको अन्त्य गर्न जात निरपेक्ष बनाए जातीय छुवाछुत न्यूनीकरण हुनसक्ने बताउनुभयो ।

जातीय छुवाछुतकै कारण रुकुम पश्चिममा नवराज विकसहितका युवाहरूको हत्या भएको दुखद घटना भएको भन्दै मन्त्री चौधरीले दलितसँग विवाह गर्ने बच्चाहरूको जन्मदर्ता समेत नहुने गरेको बताउनुभयो ।

अहिलेको अवस्थामा पनि विभेद न्यूनीकरण हुन नसकेको भन्दै उहाँले सेल्टर रेस्क्यूको कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

जातीय छुवाछुत तथा हिंसाका कारण समस्यामा परेका महिलाहरूलाई सुरक्षित ठाउँमा राख्ने व्यवस्था गर्नका निम्ति सात वटै प्रदेशमा सेफ हाउस बनाउने अवधारणा अगाडि सारेको भन्दै उहाँले त्यसका निम्ति सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । ‘केही नभए पनि ७ वटा प्रदेशमा राज्यले सेफ हाउस सञ्चालन गर्नुपर्छ । संघसंस्थाहरू कार्यक्रम सकिएपछि छाडेर जान्छ । तर राज्यको निकाय त कहिल्यै छाडेर जाँदैन । महिलाको लागि ११४५ नम्बर हटलाइन सेवाबाट उद्धार गरेर ल्याइन्छ । तर राख्ने ठाउँ कहाँ ? भन्ने कुरा आउँछ’, मन्त्री चौधरीले भन्नुभयो, ‘त्यसकारण ती कुरालाई सम्बोधन गर्नका निम्ति सेफ हाउसमा राख्ने व्यवस्था गर्नुपर्छ । त्यसपछि आत्मनिर्भर बनाउनतिर लाग्नुपर्छ ।’

तर यसका निम्ति प्राप्त बजेटको व्यवस्था नभएकोले त्यसका निम्ति अझै काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसमा मैले लबिङ गरेको थिए । तर बजेटले कति पुग्छ हेरौँ । हाम्रो बजेटहरू सबै कटाइएको छ । तर हामी सेफ हाउस बनाउनुपर्छ भनेर लागेका छौँ ।’

मन्त्री चौधरीले ‘कस्टमरी ल’हरू पनि विभेदकारी छ भने ती कुराका विषयमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले दलित समुदायभित्र पनि आर्थिक रूपमा विपन्न समुदायको उत्थान गर्नुपर्ने बताउनुभयो । ‘दलितभित्र पनि तराइका डोम समुदायलाई आर्थिक रूपमा सम्पन्न बनाउनका निम्ति काम गर्न आवश्यक छ । सीप विकास गराएर, परम्परागत सीप भएमा उनीहरूको सीप विकास गरेर आर्थिक विकास गर्ने हिसाबले काम गर्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

आर्थिक रूपमा सम्पन्न नभएसम्म विभेद कायम रहिरहने हुनाले आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने उहाँको भनाई छ ।

कानूनले सबै मानवहरू एक हौँ भन्ने कुराको ग्यारेन्टी गरेकाले जातीय भेदभावको अन्त्य गर्न सबैको प्रयास रहनुपर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘हामी सबै एक हौँ भन्ने कुरा कानूनी रूपमै व्यवस्था रहेको छ । कानूनहरू त बनाइदिएको छ । तर विभेदहरू त भइरहेको छ । भेदभावको अन्त्य गर्नुपर्छ भनेर हामी सबै लाग्न आवश्यक छ ।’

कतिपय विवाहहरू जात, आर्थिक अवस्था, समुदाय नमिल्दा जर्बजस्ती करणीको मुद्दामा पर्ने गरेको मन्त्री चौधरीले बताउनुभयो । ‘कहिलेकाहीँ जात नमिल्दा । आर्थिक अवस्था नमिल्दाखेरि जर्बजस्ती करणीको मुद्दा लगाउने गरिएको छ । बालसुधार गृहमा १२ सय बढी बालकहरू छन् । जसमध्ये ६३ प्रतिशत बच्चाहरू जर्बजस्ती करणीमा परेका छन् । उमेरहद २० वर्षका कारण पनि समस्या देखिएको हो कि । अन्य कारण भएको हो, त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’

यी घटनाहरूको अन्त्यका निम्ति पनि हामी लाग्नुपर्ने भन्दै मन्त्री चौधरीले यी कुराको अन्त्यका निम्ति कानूनलाई अनिवार्य रूपमा लागू गर्नुपर्ने बताउनुभयो ।

Related

Previous Post

सांसद झाले भनिन्, हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस्

Next Post

शारीरिक सुगठन टोली माल्दिभ्स जाने

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
शारीरिक सुगठन टोली माल्दिभ्स जाने

शारीरिक सुगठन टोली माल्दिभ्स जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

इन्धनको मुल्य बृद्धि : असर गाडी भाडादेखि दैनिक उपभोग्य बस्तुसम्म

बुधबार, साउन ३१, २०८०
पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव

पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव

आइतवार, जेष्ठ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In