Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेठ १९ : इतिहासको कालो दिन

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १९, २०८१
in FEATURED, विचार
0
जेठ १९ : इतिहासको कालो दिन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– खगेन्द्र फुयाँल

नेपालको इतिहासमा २०५८ जेठ १९ गते कालो दिन हो । उक्त दिन रातको सवा ९ बजेको समयमा राजा वीरेन्द्र शाहको वंश नास भएको थियो ।

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

राजदरबार हत्याकाण्डका रुपमा चर्चित उक्त घटनामा परिवारिक जमघटका क्रममा गोली चल्दा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

राजा वीरेन्द्रको वंश समाप्तपछि उनका माइला भाई ज्ञानेन्द्र शाह नेपालको राजा बने । विवादित छवि भएका ज्ञानेन्द्र जनतामाझ लोकप्रिय हुन सकेनन । स्वार्थहरुको घेरामा रहेका ज्ञानेन्द्रले दलाल सामन्तहरुको पक्षमा रहेर एकपछि अर्को गर्दै जनताको मौलिक हक तथा जन–निर्वाचित सरकारमाथि नियन्त्रण गर्दै गए ।

तत्कालीन नेकपा माओवादीको जनयुद्धको बलमा भएको जनआन्दोनले राजा ज्ञानेन्द्रलाई पदच्युत गरिदियो । जसका कारण उनि नेपालको इतिहासमा अन्तिम राजाका रुपमा सिमित भए ।

२०६३ साल जेठ ४ गते बसेको पुनरस्थिापित संसदको पहिलो बैठकले राजाहरूमा रहदै आएको परम्परागत विशेष अधिकार खारेज गरेको थियो ।

२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको बैठकले नेपालमा राजतन्त्रको अन्त्य गरिदियो ।
यो परिवर्तनलाई संविधानवादका ज्ञाताहरुले नेपालको राजनीतिक इतिहासमा नेपाली मोडलको म्याग्नाकार्टाको संज्ञा दिनेगरेका छन् ।

नेपालमा औपचारिक रुपमा राजतन्त्र अन्त्य भइ लोकतन्त्र स्थापना भएको सोह् वर्ष पुरा भएको छ । यसबिचमा देशमा धेरै राजनीतिक परिवर्तन भए । दोस्रोपटक निर्वाचित संविधानसभा मार्फत जारी गरिएको संविधानले नेपाललाई संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ । संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । अल्पसंख्यक, दलित, जनजाति, मधेसी पिछडिएको क्षेत्र र समुदायका नागरिकलाई सार्वजनिक निकायम तैँतिस प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।

संविधान जारी भएको नौ वर्ष पुरा हुँदा जनताको मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण हुन सकेको छैन । बहुमत प्राप्त नेकपाको सरकार आन्तरिक पाटिभित्र देखिएको खिचातानिले गर्दा तत्कालिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले दुईपटकसम्म संसद विघटन गरिदिए ।

सर्वोच्च अदालतले संसद पुनरस्थापना गरेपनि करिब दुईवर्ष अवधि रहेको उक्त संसदले गति लिन सकेन । नेताको सत्तामोह पुरागर्न फरक राजनीतिक आदर्श बोकेका दलहरुबिचमा गठबन्धन गर्ने संस्कार विकास भयो ।

२०७९ सालमा भएको संसदीय निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउन सकेन । नेपालको इतिहासमै विना संघर्ष नयाँ राजनीतिक शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पाटि उदय भयो । सरकार गठन गर्न कुनैपनि दललाई दुई वा दुईभन्दा बढि दलसंग गठबन्धन गर्नुपर्ने बाध्यता भयो ।

सरकार गठन गर्न र सत्ता स्वार्थका लागि आफु अनुकुल सत्ताको दुरुपयोग गर्दै राजनीतिक दल गठन सम्बन्धि विधेयकमाथि पटकपटक संशोधन गर्ने जस्ता कार्य भए ।
सत्ता केन्द्रीत दलहरुको विकृत तथा भ्रष्ट राजनीतिक संस्कारले गर्दा जनताका मौलिक हक तथा अधिकार कुन्ठित हुदैगएका छन् । विकास निर्माण तथा सुशासनमा सरकारको भनाई र व्यवहारमा आकाश जमिनको अन्तर कायम छ ।
कानुन निर्माण गर्ने सदनमा सत्तापक्ष र प्रतिपक्षको गतिविधिका कारण जनताका दैनिक जिवनसंग जोडिएका विषयवस्तु ओझेलमा पर्दैगएका छन् ।

गरिब र धनिबिचको बढ्दो आर्थिक अन्तरका कारण र नेताहरुको विलासी जिवन शैलीका कारण दलहरुले जनताको विश्वास गुमाउदै गएको पक्का हो । चिया चौताराहरुमा लोकतन्त्रका सयौं राजा भन्दा विगतका एउटै राजा ठिक थिए भन्ने पनि सुनिन्छ । जनताले त्यसो भन्नु स्वाभाविक हो । सत्ता नै अन्तिम सत्य ठान्ने दलले जनताको भावना र मर्मलाई बेवास्ता गरेको स्पष्टै छ ।

२०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड नभएको भए देशको राजनीतिले अर्कै रुप पनि लिन सक्दथ्यो । विभिन्न विचार विमर्शहरुमा राजनीतिक विश्लेषक तथा व्यक्तिले पनि राजा वीरेन्द्र नमेरको भए नेपालमा वेलायती शैलीको राजसंस्था रहनसक्थ्यो पनि भनेका छन् ।

राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय समिति गठन गरे ।

समितिका सदस्य तत्कालीन सभामुख रानाभाटले राजा ज्ञानेन्द्रलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गरे । उनले त्यतिबेला सार्वजनिक गरेको प्रतिवेदनमा मादकपदार्थले मातेका युवराज दीपेन्द्रले स्वचालित राइफलबाट रटटटटट भटटटटटट गोली चलाउदा राजपरिवारका सदस्यको मृत्युभएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक खपतका लागि कांग्रेस तथा कम्युनिस्टका नेताहरुले दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्ने भाषण ठोके तर आफु सत्तामा पुगेपछि भने दरबार हत्या काण्डका बारेमा उच्चारण समेत गर्न चाहेनन् । यसरी दुईसय चालिस वर्ष पुरानो जहानियाँ शाह वंशीय सामन्ती भनिएको राजतन्त्र त फेरियो तर जनताकोे अवस्था उस्तै छ । जनतालाई दुईछाक खान र एकसरो लगाउन पनि धौधौ छ ।

Related

Previous Post

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने सुरेश श्रेष्ठ

Next Post

नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

आइतवार, कार्तिक १७, २०८२
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो

काठमाडाैंकाे तीनकुने काेटेश्वर क्षेत्रमा सेना परिचालन

शुक्रबार, चैत्र १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In