Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ: मन्त्री चौधरी

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ १, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ: मन्त्री चौधरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताउनुभएको छ ।  रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ‘यचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताउनुभयो । ‘सौन्दर्य क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान दिएको छ । यो क्षेत्रले पछिल्लो क्षेत्र उद्योगको रूप लिँदै गएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘सौन्दर्य एउटा कला पनि हो । हामी सबैले यसको सम्मान गर्नुपर्छ । अहिलेको समयअनुसार सौन्दर्य क्षेत्र सबै क्षेत्रमा हुन आवश्यक छ ।’

You might also like

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

पछिल्लो समय सौन्दर्य व्यवसायको माग बढ्दै पनि गएको भन्दै उहाँले यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ट्यालेन्ट प्रतियोगिताहरूले सौन्दर्य सम्बन्धी क्षेत्रमा लागेका सौन्दर्य व्यवसायीलाई थप उत्प्रेरित गर्दै आएको भन्दै उहाँले महिलालाई सीप सिकेर आत्मनिर्भर बनाउन सबैले जोड दिनुपर्ने बताउनुभयो । 

सबै महिलालाई आर्थिक रूपमा सबल बनाउन जीवन उपयोगी तालिम दिएर रोजगारी तथा आत्मनिर्भरताको बाटोमा जोड्नुपर्ने मन्त्री चौधरीको भनाई थियो । 

आफू आर्थिक, सामाजिक क्षेत्रबाट राजनीतिमा आएको कुरा जोड्दै मन्त्री चौधरीले निकै लामो संघर्षबाट प्रत्यक्ष निर्वाचन जितेर राज्यको नीति निर्माण तहसम्म पुग्न सफल भएको बताउनुभयो । ‘म आर्थिक, सामाजिक क्षेत्रमा काम गरेर आएको व्यक्ति । राजनीतिक रूपमा सफल हुन निकै संघर्ष गर्नुपर्‍यो । मुलुकको उपप्रधानमन्त्री जस्तो व्यक्तिसँग प्रतिस्पर्धा गर्दा पटक-पटक जितेर पनि हार्नुपर्‍यो । तर म जितेरै आउँछु भनेर निरन्तर निर्वाचन लडेर तेस्रो पटकमा निर्वाचन जिते । त्यसैले जुन सुकै क्षेत्रमा लाग्ने व्यक्तिले एक पटकको असफलताबाट निराश हुनुहुँदैन ।’

राजनीतिक क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएपनि मूल नेतृत्वमा अझैपनि पुग्न नसकेको भन्दै उहाँले त्यसका निम्ति अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।  मन्त्री चौधरीले महिलालाई सीप विकास गरी आर्थिक रूपमा सशक्तीकरण गराउने उद्देश्यले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारीमा रहेको समेत बताउनुभयो । रोज ब्युटी एकेडेमीका अध्यक्ष सोनिका रञ्जितको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सौन्दर्य क्षेत्रमा कार्यरत सौन्दर्यकर्मीहरूले सहभागिता जनाएका छन् ।

Related

Previous Post

भृकुटीमण्डपमा विद्यार्थी महोत्सव हुने

Next Post

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

by Sambridinews
सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
Next Post
मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृष्ण अष्टमीको मुर्ति बिसर्ज गर्न मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी

शनिबार, भदौ २३, २०८०
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

प्रहरीले बुझायाे ललिता निवासको जग्गा हिनामिना प्रकरणकाे प्रतिवेदन

मङ्लबार, भदौ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In