Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुनकोशी–मरिन डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ २६ बैशाखमा

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख ७, २०८१
in FEATURED, अर्थ
0
सुनकोशी–मरिन डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ २६ बैशाखमा
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रूद्रबहादुर खड्का

बैशाख ६, सिन्धुली । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिँचाइ सुरुङको ‘ब्रेक थ्रु’ २६ वैशाखमा गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विशेष समारोहका बिच सुरुङको ब्रेक थ्रु गरिने आयोजना निर्देशक मित्र बरालले बताए । ‘ब्रेक थ्रु का लागि संघिय सरकार, बागमती र मधेश प्रदेशका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ ।

You might also like

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

२०८१ वैशाख ३ मा सिस्नेखोला–नागढुंगा सुरुङमार्गको ब्रेक थु्र भएको २३औँ दिनमा १३.३ किलोमिटरको सिँचाइ सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले असोज ०७९ देखि टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत उक्त सुरुङ खनिरहेको छ । हालसम्म १३.०३८ किमि सुरुङ खनिसकिएको छ । अब २६२ मिटर मात्रै खन्न बाँकी रहेको छ ।

सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको थियो । २८ असोज ०७९ देखि टिबिएम मेसिनमार्फत सुरुङ खन्न सुरु गरिएको थियो । त्यसको साढे एक वर्षमा सुरुङ ब्रेक थ्रु हुन लागेको हो । यो नेपालको दोस्रो आधुनिक सिँचाइ सुरुङ हो । यसअघि भेरी बबई सिँचाइ आयोजनामा पनि १२.२१ किमिको सुरुङ बनाइएको छ ।

सुरुङ तयार हुन डेढ वर्ष लाग्ने भनिएपनि यो सुरुङ तयार हुन भने थप डेढ वर्ष लाग्ने जनाएको छ ।
ब्रेक थ्रु भएपछि भूएक्सरे गरेर सुरुङ र वरिपरिका भूभागको भौगर्भिक अध्ययन तथा अवलोकन गरिनेछ । यसैगरी, सुरुङको भुइँ र भित्तालाई विशेष रूपमा ढलान गरिनेछ । पानी नचुहिने गरि भुई र भित्ता ढलान (राउनटी) गर्नेलगायतका फिनिसिङका काम गर्नुपर्छ । यस्ता काम गर्न थप डेढ वर्ष समय लाग्ने निर्देशक बरालले बताए ।

चैत मसान्तसम्म परियोजनाको समग्र भौतिक प्रगति भने २८ प्रतिशत पुगेको छ । यस परियोजनामा सुरुङसँगै ३१.०७ मेगावाटको जलविद्युत् आयोजना, बाँध, प्रसारण लाइन, विभिन्न सिँचाइ संरचनालगायतका पूर्वाधार बनाउनुपर्छ । त्यसमा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनबाहेकका पूर्वाधार र संरचनाको निर्माण भइरहेको छ ।
जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकल लगायतका संरचना निर्माणका लागि गत आवमै पटेल इन्डिया र नेपालको रमन कन्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)सँग १२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणका लागि खरिद प्रक्रिया अघि बढाएको निर्देशक बरालले बताए । समग्रमा असोज ०८४ भित्र परियोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ । तराईको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने र ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित यो आयोजना अघि बढाएको हो ।

परियोजनामा सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीको पानीलाई सुरुङमार्फत सिन्धुलीको मरिन नदीमा खसालिनेछ । साथै, त्यसलाई हालको वाग्मती सिँचाइ आयोजनाको संरचनामार्फत धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याइने छ ।

पानी डाइभर्सन गर्ने क्रममा यसै आयोजना भित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्ने छ । यसका लागि सिन्धुलीको खुर्काेट बजारदेखि करिब २ किलोमिटर माथितिर सुनकोशी र तामाकोसीको दोभानदेखि करिब १ सय ५० मिटर तलतिर सुनकोशी नदीमा ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत् उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर पनि बनाइनेछ । उत्पादन भएको विद्युत् ४२ किलोमिटर प्रसारण लाइन निर्माण गरेर सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ ।

सरकारले आफ्नै लगानीमा यो आयोजना बनाउँदै छ । पहिला यसमा ४६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको थियो । त्यसमा ११ अर्ब कम अर्थात् ३५ अर्बमा यो आयोजना बन्दै छ । आयोजना सञ्चालनमा आएपछि सुनकोशी र तामाकोसी किनारमा बसोवास गर्ने समुदायका निम्ति आयआर्जनको प्रचुर सम्भावना रहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । बहुउद्देश्यीय आयोजना भएकाले त्यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुने जनाइएको छ ।

Related

Previous Post

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देश

Next Post

दोलखा जन्ती लिएर गएकाे बस दुर्घटना, ३ जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
Next Post
दोलखा जन्ती लिएर गएकाे बस दुर्घटना, ३ जनाको मृत्यु

दोलखा जन्ती लिएर गएकाे बस दुर्घटना, ३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

शनिबार, असार ७, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In