Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 12, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र २७, २०८०
in TOP STORIES, शिक्षा, समाचार
0
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।

काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे-हुर्केको पुस्ताको हो भन्ने प्रतीकात्मक संकेत गरिएको थियो।

You might also like

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

गरिमा रोड रेस, २०८२ अयोजना हुने

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्। ‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौं, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौं? अहिले कहाँ छौं? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी इभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मिठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्‍यायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो।’

दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक दर्लामीले पब्लिकेसन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ।’

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुंगो’ उपन्यास लेख्दाको अनुभव बाँडे। ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।’

Related

Previous Post

भक्तपुरमा नाैदिनसम्म मनाइने विस्केट जात्रा आजबाट सुरु

Next Post

नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

Sambridinews

Sambridinews

Related Posts

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा
TOP STORIES

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
गरिमा रोड रेस, २०८२ अयोजना हुने
FEATURED

गरिमा रोड रेस, २०८२ अयोजना हुने

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
TOP STORIES

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
TOP STORIES

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
Next Post
नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

बुधबार, साउन १६, २०८१
टयाक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुटका लागि सरकारसँग माग

टयाक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुटका लागि सरकारसँग माग

बुधबार, फाल्गुन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा
TOP STORIES

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

बुधबार, कार्तिक २७, २०८२
गरिमा रोड रेस, २०८२ अयोजना हुने
FEATURED

गरिमा रोड रेस, २०८२ अयोजना हुने

बुधबार, कार्तिक २७, २०८२
डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
TOP STORIES

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

बुधबार, कार्तिक २७, २०८२
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार, कार्तिक २७, २०८२
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
TOP STORIES

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

मङ्लबार, कार्तिक २६, २०८२
प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह
TOP STORIES

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, कार्तिक २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In