Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चैत्र १९ गते देखि दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, हेर्नुस् कारण

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १५, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चैत्र १९ गते देखि दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, हेर्नुस् कारण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आउने ‘अप्रिल फुल’ अर्थात् १९ चैतबाट नेपालमा दैनिक १० घण्टासम्म लोडसेडिङ हुने जोखिम बढेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विजुली आयातलाई निरन्तरता दिन नसके नेपालमा लोडसेडिङ हुने पक्का भएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

नेपालले एक सम्झौतामार्फत् भारतको प्रतिस्पर्धी बजार ‘इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) लिमिटेड’बाट विद्युत् खरीद गरिरहेको छ । उक्त सम्झौता नविकरण गर्नुपर्ने म्याद ३१ मार्च (१८ चैत)मा सकिँदैछ । यसका लागि नेपालले ३ महिना अघि नै सम्झौता नविकरणको प्रस्ताव भारत पठाएको भए पनि उक्त सम्झौता नविकरण हुन सकेको छैन ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

आगामी आइतबारभित्र सम्झौता नविकरण नभए यस्तो बजारबाट विजुली किन्न पाइँदैन । अहिले नेपालले ४०० मेगावाटभन्दा बढी बिजुली भारतबाट आयात गरिरहेको छ । नेपालमा अहिले पनि उच्चतम विद्युत् माग १८८५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

देशभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुको कुल जडित क्षमता करीब ३००० मेगावाट पुगिसकेको छ । तर अघिकांश आयोजनाहरु नदी प्रवाहमा आधारित हुनु हुँदा सुख्खा याममा विद्युत् उत्पादन ३० प्रतिशतभन्दा पनि कम हुने गरेको छ । अर्थात् ९०० मेगावाटभन्दा पनि कम बिजुली उत्पादन हुने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालको दैनिक बिजुली माग ३ करोड ४८ लाख ५४ हजार युनिट छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् १ करोड ६३ लाख ४७ हजार युनिट भारतबाट आयात भएको छ । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीहरुले ७१ लाख युनिट र निजी ऊर्जा उत्पादकहरुले ९४ लाख युनिट बिद्युत् उपलब्ध गराइरहेका छन् । बाँकी साढे १९ लाख युनिट भने अहिले पनि अपुग छ । सोही कारण अहिले औद्योगिक क्षेत्रमा विद्युत् कटौति भइरहेको छ ।

नेपालमा ऊर्जा उपलब्धताको अवस्था :

कुल ऊर्जा मागको ४७ प्रतिशत आयातमा निर्भर हुनु परेका बेला भारतले प्रतिस्पर्धी बजारबाट विद्युत् किन्न पाउने सम्झौता नविकरण नगरिदिएपछि सरकारमाथि नै दबाब परेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा देखाउन अहिले पनि उद्योगको बिजुली काटेर भारतमा निर्यात गरिरहेका छन् । त्यसै कारण अहिले औद्योगिक क्षेत्रमा दैनिक ८ देखि १० घण्टा विद्युत् प्रवाह रोकिएको छ ।

तर अब नेपालले भारतबाट सस्तो मूल्यमा बिजुली किन्न नपाउने हो भने ग्रार्हस्थ उपभोक्ताको घरमा पनि नियमित विद्युत् उपलब्ध गराउन नसक्ने अवस्था रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । त्यस्तो बेला दैनिक १० घण्टासम्म पनि विद्युत् कटौति हुनसक्ने उनीहरुले जानकारी दिए ।

भारतले अहिले लोकसभा चुनाव नजिकिएका कारण आफ्ना नागरिकलाई अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्ने दबाब भएको भनिरहेको छ । गर्मीको मौसम सुरु भएकाले भारतमा पनि अब विद्युत् खपत बढ्ने छ । यही तर्क गरेर उसले आईईएक्सबाट विद्युत् किन्न पाउने सम्झौताको नविकरणमा ढिलाइ गर्दै आएको छ ।

आईईएक्सबाट विद्युत् खरीद गर्दा निरन्तर मूल्य परिवर्तन हुने भए पनि नेपालले प्रतियुनिट भारु. ५ (नेरू. ८)को औसत दरमा बिजुली किनिरहेको छ । तर यो यो सम्झौता नविकरण नभए अन्य विकल्पबाट बिजुली आयात गर्न निकै समय लाग्नसक्ने छ । त्योभन्दा ठूलो कुरा, नेपालले एक युनिट बिजुलीको भारु. १० (नेपाली रुपैयाँ १६)सम्म तिर्नुपर्ने अवस्था आउने ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो आर्थिक वर्षमा करीब २० अर्ब रुपैयाँको बिजुली आयात गर्नुपर्ने अनुमान गरिएकोमा दोब्बर मूल्य तिर्नुपर्ने अवस्थामा ठूलो घाटा हुने प्राधिकरणका अधिकारीहरु पनि बताउँछन् । उनीहरुले त्यति महँगो मूल्यमा बिजुली किन्नै नसकिने बताउँदै आएका छन् ।

Related

Previous Post

ओलम्पियन पुनर्मिलन इटहरीमा

Next Post

सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड

सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाेखराकाे रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला

पाेखराकाे रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला

सोमवार, जेष्ठ १५, २०८०
काठमाडौं महानगरपालिकामा आजदेखि धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेध

काठमाडौं महानगरपालिकामा आजदेखि धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेध

शनिबार, अशोज १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In