Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड

Sambridinews by Sambridinews
सोमवार, चैत्र १२, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

चैत्र १२, एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड सोमबार जितेका छन् । दीपकले २०७९ को फागुनमा नेपालमा भएको १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपकामा दोहोरो स्वर्ण जितेका थिए । सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबीसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन् । नेपाली बक्सिङको इतिहासमा सुष्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलो पटक थियो । दुवैले समान १–१ लाख नगद पुरस्कार पाए । शंखमूलस्थित यल दरबार बैंक्युटमा भएको अवार्डअन्तर्गत पुरुषमा क्रिकेटका रोहितकुमार पौडेल र महिलामा पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड हात पारे । दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे । पारा एथलिट अवार्ड भारोत्तोलक दुर्गामान तामाङलाई प्रदान गरियो । उनी १५ हजार नगदसहित पुरस्कृत भए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा ललितपुर महानगरपालिकाले सह–आयोजना गरेको अवार्डअन्तर्गत टेबलटेनिसका धर्ममान वज्राचार्यले गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गरे । उनलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो । खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालले एनएनआईपीए खेल पत्रकारिता अवार्ड पाए । उनले ३५ हजार नगद पुरस्कार प्राप्त गरे । सातै विधाका अवार्ड विजेतालाई नगदसहित स्पोर्ट्स युनिभर्सको गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा गण्डकी प्रदेशमा २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । प्रत्येक खेलबाट १–१ का दरले ३६ खेलाडी पुरस्कृत भए । पुरस्कृत हुनेमा आर्चरीकी प्रशदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, शारीरिक सुगठनका अशिमबाबु गुरुङ, बुद्धिचालका रुपेश जैसवाल, क्रिकेटका रोहितकुमार पौडेल, साइक्लिङ सुरज राना मगर, फेन्सिङकी शिक्षा नापित, फुटबलका किरण चेम्जोङ, फुल कन्ट्याक्ट करातेका सन्देश मानन्धर, गोल्फ सुवास तामाङ, जिम्न्याष्टिकका राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी, आईटीएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ र कबड्डीकी अनुजा कुलुङ राई रहेका छन् । त्यस्तै करातेका विजय श्रेष्ठ, खो खोकी सरस्वती कथायत, लन टेनिसकी सलोनी तामाङ, प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, रग्बीका निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापा मगर, सुटिङका सुजन राना मगर, सफ्ट टेनिसका युकेश योञ्जन, पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टू श्रेष्ठ, तेक्वान्दोकी काजल श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलका रविन चन्द, भारोत्तोलनकी जुनुमाया छन्त्याल, उसुका समन घुश्री र कुस्तीका सुरेश चुनारा पुरस्कृत भए । पुरस्कृत सबैले जनही १० हजार नगद पुरस्कार पाए । यिनै ३६ उत्कृष्ट खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाली पुरुष÷महिला खेलाडी छनोट गरिएको हो । खेलाडीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, केडिया ग्रुपका प्रबन्ध निर्देशक बिमल केडिया, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्ट, खेलाडी संघका संस्थापक अध्यक्ष राजेश्वरमान स्थापितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अवार्डको १९ औं संस्करण तार्केश्वर र २० औं संस्करण बनेपा नगरपालिकामा हुने भएको छ । तार्केश्वर नगरपालिका मेयर हरिकृष्ण महर्जन र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले उक्त संस्करणका लागि सह–आयोजक बन्ने प्रतिबद्धता जनाए ।

Related

Previous Post

नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी

Next Post

एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतरू. १ करोड २० लाख बीमा रकम भुक्तानी

Sambridinews

Sambridinews

Related Posts

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
Next Post
एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतरू. १ करोड २० लाख बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतरू. १ करोड २० लाख बीमा रकम भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गणतन्त्र दिवसको अवसरमा टेलिकमको विभिन्न अफर

गणतन्त्र दिवसको अवसरमा टेलिकमको विभिन्न अफर

मङ्लबार, जेष्ठ १५, २०८१
शाओमी मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार

शाओमी मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार

बुधबार, अशोज ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२
सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने
FEATURED

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

बिहिबार, मंसिर २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In