Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दुग्ध क्षेत्रको सम्भावना, अवसर र चुनौती

Sambridinews by Sambridinews
शनिबार, चैत्र १०, २०८०
in FEATURED, विचार
0
दुग्ध क्षेत्रको सम्भावना, अवसर र चुनौती
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • बलराम अधिकारी

नेपाल कृषिप्रधान देश हो । कृषिका विभिन्न क्षेत्रमध्ये पशुपालन पनि एक हो । मूलतः पशुपालन मासु र दुधका लागि गरिन्छ । कृषि क्षेत्रमा दुध क्षेत्रको ९ प्रतिशत भन्दा बढी योगदान रहेको छ । दुध अति सर्वगुणी खाद्य वस्तु हो । दुध मानिसको जन्मदेखि अन्तिम समयसम्म सेवन गर्न मिल्ने एक पोषक तत्व हो ।

दुध शरीरलाई चाहिने सबै पोषक तत्वहरूको धेरै राम्रो स्रोत हो । यसमा क्याल्सियम, म्याग्नेसियम, जिंक, फस्फोरस, आयोडिन, आइरन, पोटासियम, फोलेट, भिटामिन ए, भिटामिन डी, रिबोफ्लेभिन, भिटामिन बी १२, प्रोटीन, फ्याट आदि पाइन्छ। यो एक धेरै ऊर्जा युक्त आहार हो । जसले शरीरलाई तत्काल ऊर्जा दिन्छ । यसमा अत्यावश्यक र गैर–आवश्यक एमिनो एसिड र फ्याटी एसिडहरू, उच्च गुणस्तरको प्रोटिनहरू प्रचुरमात्रामा पाइन्छ ।

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

मानव शरिरका लागि दुधको विशेष महत्व छ । यो प्रोटीन र पोषक तत्वहरूले भरिएको छ । जुन जीवनको सबै चरणहरूमा वृद्धिको लागि आवश्यक छ। प्रत्येक व्यक्तिको लागि दिनमा कम्तीमा एक गिलास दुध आवश्यक रहेको बताइन्छ । यो प्रमाणित तथ्य हो कि दैनिक एक गिलास दुध पिउनाले हाम्रो प्रतिरक्षा प्रणालीमा सुधार गर्छ र रोगहरु लाई टाढा राख्छ।

दुधबाट धेरै दुग्ध पदार्थ बनाउन सकिन्छ । दही, मोही, घ्यू, कुराउनी, खुवा, पाउडर दुध, चीज, पनिर आदि । यी खाद्य बस्तुहरु उत्पादन गरी देश तथा बिदेशमा बिक्री बितरण गर्न सकिन्छ ।

बजारको माग र प्रविधिलाई बुझेर व्यवसायी वा व्यवसयिक संघ संस्थाले आधुनिक उपकरणको व्यवस्थापन गरी ठूला उद्योग स्थापना गर्नुपर्दछ । नेपालमा दुग्ध पदार्थ उत्पादन गर्न डि.डि.सि. र केही निजी कम्पनीहरुले सुरुवात गरेका छन् । सरकारले यस्ता सामग्रीको भन्सार निःशुल्क गर्नुपर्दछ ।
यसप्रकारले बस्तु उत्पादन गरिसकेपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्याकिङ गरी देश तथ बिदेशमा बिक्री वितरण गर्नुपर्दछ । नेपाली दुग्ध पदार्थ गुणस्तरीय छ भनेर सरकारले विश्वभर विश्वास दिलाउन सक्नुपर्दछ । विश्व बजारमा नेपाली पोषिलो दुग्ध वस्तुको धेरै निर्यातमा जोड दिनुपर्दछ ।

सरकार र नीजि व्यवसायी संघ संस्थाले समन्वय गरेर काम गर्दा देश त अघि बढ्छ नै किसानले गरेको मेहेनत खेर जादैन । दुध बाटोमा फाल्नु पर्दैन । यसले दुध किसानमा ठूलो हौशला मिल्दछ र यस पेशाप्रति किसानको संख्या थपिदै जानेछ ।

मासिक ३० देखी ४० हजार कमाउन बिदेशी भूमिमा जाने हाम्रा युवाहरु विदेश जानुपर्ने बाध्यता केहीहदसम्म हट्नसक्छ । घरघरमा गाईभैसी पाल्ने अवस्था सुरु हुन्छ । स्वरोजगारी बढ्छ, देशले सकारात्मक आर्थिक लक्ष्य हासिल गर्दछ । सरकारले लगानीकर्तालाई नीतिगत एवं व्यवहारिक रुपमा सहजीकरण गरिदिनु पर्दछ । कृषि क्षेत्रमा बिमाको व्यवस्था गरिरहेको छ । अब कृषकलाई पनि बिमा गर्नसके कृषि क्षेत्रमा यसले सकारात्म सन्देश पक्कै दिन्छ ।

हाम्रो देशमा तीन तहको सरकार छ । त्यसमध्ये स्थानीय सरकारले व्यवसायिक कृषि गर्ने किसान वा समूहलाई नजिकबाट अभिभावकीय भूमिका खेल्नुपर्दछ । किसानले उत्पादन गरेका बस्तुलाई खेरजान नदिई बजारको व्यवस्था स्थानीय सरकारले गरिदियो भने धेरै राम्रो हुनेछ ।

अहिले आम किसानका समस्या भनेको भुक्तानी हो । भुक्तानी समयमै भएमात्र किसानका समस्या टर्नेछन । यसका लागि भुक्तानीको ग्यारेन्टी स्थानीय सरकारले दिन सक्नुपर्दछ । यसरी स्थानीय सरकारले भुक्तानीको जिम्मेवारी लिने र किसानलाई केही अनुदानको पनि व्यवस्था गर्न सके पक्कैपनि किसान उत्साहित हुनेछन् ।
उत्पादन भएको दूधलाई उचित खपत तथा बिक्रीवितरण गर्न गुणस्तरीय खाद्य बस्तु उत्पादन गर्न जरुरी छ । यसका लागि देशका विभिन्न स्थानमा ठूला दुग्ध उद्योग स्थापना गर्नुपर्दछ । सरकार, सहकारी, निजी कम्पनी र आमउपभोक्तासमेतको सहभागीतामा लगानी गर्न सकेमा राम्रो हुनेछ । यसले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी बढ्ने छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहातका सबै निकाय, प्रदेश सरकार र निकाय, विशेष गरेर स्थानीय सरकारले दुग्ध पेशामा आबद्द सबै पक्षलाई सहजीकरण हुने नीति निर्माण गरी अघि बढेमा देशले छिट्टै फड्को मार्ने छ । उत्पादनमामा देशले आर्थिक छलाङ मार्छ । कृषक आत्मनिर्भर हुदै स्वरोजगारी बढाउदै देशलाई सम्वृद्धिको यात्रामा ईट्टा थप्न दुग्ध क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नेछ ।

कुनै पनि देशको आर्थिक सम्वृद्धि र आत्मनिर्भरताका लागि उत्पादनको महत्वपूर्ण भूमिका हुन्छ । एकातिर कृषिप्रधान देश नेपाल भनेर पढ्ने र पढाउने कार्यले निरन्तरता पाइरहे पनि हाम्रो विद्यमान अवस्था त्यस्तो नभई परनिर्भरतामा आधारित छ । बर्सेनि अरबौको कृषिजन्य उत्पादन आयात भइराखेको यथार्थता हामी सामु छर्लंग छ । अर्कोतर्फ केही उत्पादनहरूमा देश आत्मनिर्भर भएको सुखद समाचार सुन्न पाउँदा नपाउँदै आफ्नो उत्पादनले बजार पाउन नसकेको, राज्यले यथोचित ध्यान नदिएको भन्दै कृषकहरू विभिन्न तरिकाले आन्दोलित भएको अवस्था पनि विद्यमान छ । यसको पछिल्लो ज्वलन्त उदाहरणको रूपमा दूध उत्पादक कृषकहरूलाई लिन सकिन्छ ।

अहिलेको विद्यमान अवस्थामा केही नौजवान युवाहरू पनि कृषिमा लगानी गरेर आफ्नै भूमिमा केही गर्न सकिन्छ भनेर अगाडि बढेको देखिन्छ । यही अवस्थामा अरू केही कृषकहरू आफूले गर्दै आएको कृषि एवं पशुपालनमा आधारित कार्यबाट यथोचित सन्तुष्टि प्राप्त गर्न नसकी निरुत्साहित भएर विस्थापित भएको पनि पाइन्छ । राज्यले आर्थिक समृद्धिको नारा चर्को स्वरमा पटक पटक उठान गरिरहँदा, एक पटक कृषि एवम् पशुपालन कार्यमा लागेर निरुत्साहित भई उक्त कार्य छोड्न बाध्य भएको एउटा नौजवान युवा किसान के भविष्यमा फेरी कहिल्यै उक्त कार्यमा संलग्न होला ?

यस्तो अवस्थामा उसका सन्ततिहरू पनि फेरी कृषि कार्यमा संलग्न हुने सम्भावना न्यून रहन्छ । तसर्थ, यस्तो परिस्थितिको सिर्जना हुन नदिन राज्यले आफैले हलो, कोदालो वा ट्याक्टर लिएर खेती गर्न आवश्यक छ । देशलाई आत्मनिर्भर बनाउँछु भन्ने भन्दा पनि त्यो आफ्नो कर्मप्रति समर्पित एउटा किसानलाई निरुत्साहित हुन नदिन र थप व्यक्तिहरूलाई आकर्षित गर्न वातावरण निर्माण गर्नुपर्छ । देशमा जनताप्रति उत्तरदायी सरकार छ भन्ने विश्वास दिलाउन सक्नु आजको राज्यको आवश्यकता हो ।

पछिल्ला केही दिनदेखि दुध उत्पादक कृषकहरू आफुले उत्पादन गरेको दुधले पर्याप्त बजार प्राप्त गर्न नसकेको र बिक्री गरिसकेको दुधको पनि भुक्तानी प्राप्त गर्न नसकेको कारण आन्दोलन शुरू गरेको अवस्था विद्यमान छ । वास्तवमा पशुपालन गरी दुध उत्पादन गर्नु, देशलाई आत्मनिर्भर बनाउनु, त्यसैबाट यथेष्ट अर्थोपार्जन गर्नु त्यति सहजकार्य हो जस्तो लाग्दैन ।
नेपालको करिब आधा जनसंख्याले आफ्नो जिवननिर्वाहका लागि गर्दै आएको कृषि पेशालाई सरकारले गम्भीर रुपमा लिएर यसक्षेत्रका समस्या पहिचान गरी कृषिक्षेत्रलाई एक आकर्षित पेशाका रुपमा विकास गर्न आवश्यक छ ।

(अधिकारी नेपाल डेरी एसोसियशन, जिल्ला शाखा सिन्धुलीका अध्यक्ष रहेका छन् ।)

Related

Previous Post

काठमाडाैंसहित देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा

Next Post

कान्तिपुर मिडिया ग्रुपका पत्रकारले भेटे सञ्चरमन्त्री र श्रममन्त्री ; कान्तिपुरमा रहेको श्रम समस्य समाधान गर्न आग्रह

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
कान्तिपुर मिडिया ग्रुपका पत्रकारले भेटे सञ्चरमन्त्री र श्रममन्त्री ; कान्तिपुरमा रहेको श्रम समस्य समाधान गर्न आग्रह

कान्तिपुर मिडिया ग्रुपका पत्रकारले भेटे सञ्चरमन्त्री र श्रममन्त्री ; कान्तिपुरमा रहेको श्रम समस्य समाधान गर्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला

मङ्लबार, मंसिर ५, २०८०
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

दाना चक्रवातको असर कम हुदै ; भोलीदेखि घाम लाग्ने

शुक्रबार, कार्तिक ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In