Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन ३०, २०८०
in FEATURED
0
आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२९ फागुन, काठमाडौं । लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।

जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । त्यसक्रममा अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको मन्त्रालयले जनाएको छ ।

सहमति अनुसार, अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ । जसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ ।

यस विषयमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषय समेतलाई अध्ययन गर्ने भनिएको छ । घटनाबारे तयार भएका चिकित्सकीय प्रतिवेदनहरु समेत अध्ययन गर्ने भनिएको छ ।

त्यसबाट प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ । साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने समेत भनिएको छ । योसँगै परिवारका तर्फबाट भएका आन्दोलनका कार्यक्रम रोकिने भएका छन् ।

सहमतिमा परिवारका तर्फबाट निर्मलादेवी साह, दाजु प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् ।

के हो घटना ?

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

जनकपुरधारस्थित काव्या अस्पतालमा पुर्‍याएपछि परिवारले आरतीले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले शव नियन्त्रणमा लिएर जाँच थालेको थियो ।

घटना हुनुभन्दा दुई वर्षअघि मोतीबाबु साहसँग उनको विवाह भएको थियो । माइतीपक्षको दाबी अनुसार, विवाहमा दाइजोसहित उनीहरुलाई २५ लाख रुपैयाँ दिइएको थियो ।

तर, मत्यु हुनुअघिका महिनाहरुमा दाइजो कम भएको भन्दै आरतीलाई घरमा यातना दिइने गरेको माइती पक्षको आरोप थियो ।

यो मुद्दामा प्रहरीले श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालेको थियो । जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा भन्दै दुवै जनालाई थुनामा राख्न आवश्यक नदेखिएको आदेश गरेको थियो ।

पछि सर्वोच्च अदालतले उच्चको आदेश उल्ट्याउँदै फेरि थुनामा पठाउने आदेश गरेको थियो ।

Related

Previous Post

कार्यक्रमको मिति निर्धारण गर्नुस्– सदस्य–सचिव

Next Post

माैसम सामान्यतया सफा रहने

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

by Sambridinews
सोमवार, भदौ २९, २०८३
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
FEATURED

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

by Sambridinews
आइतवार, भदौ २८, २०८३
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

by Sambridinews
आइतवार, भदौ २८, २०८३
Next Post
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

माैसम सामान्यतया सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर लिलामी बिक्रीमा

सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक

सोमवार, फाल्गुन २१, २०८०
एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In