Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महाकाली सन्धि र वामपन्थी राष्ट्रवाद

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १४, २०८०
in FEATURED, विचार
0
महाकाली सन्धि र वामपन्थी राष्ट्रवाद
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

महाकाली सन्धि तत्कालीन श्री ५को सरकार र भारत सरकारबीच महाकाली नदिको जलधार विकास सम्बन्धि सम्झौता थियो । विस. २०५३ साल असोज ४ गते सन्धिमा हस्ताक्षर भएको थियोे । महाकाली नदिको अधिकांश भाग दुई मुलुकबीचको सीमा नदी पानी उपयोग गर्ने सम्बन्धमा एक सन्धि हुन आवश्यकता छ भन्दै सन्धि भएको थियो ।

४ मार्च सन् १८१६ मा नेपाल र तत्कालीन इष्ट इन्डिया कम्पनीबिच भएको सुगौली सन्धिमा नेपालको राजाले महाकाली नदीभन्दा पश्चिमको भुमिमाथि दाबी गर्न नपाइने कुरा उल्लेख थियोे । यसको अर्थ महाकाली नदी पुरै नेपालको हो र नदीपारि नेपालले भुमिमाथि दाबी गर्न नपाइने भनिएको हो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

तर राणा प्रधानमन्त्री चन्द्रशमशेर जङगबहादुर राणाको पालामा २१ अक्टोबर सन् १९२० मा इष्ट इन्डिया कम्पनीले महाकालीमा शारदा बाँध बनाउदा नेपाल सरकारले केही बोल्न सकेनन् । उल्टै बाँधको कारण नेपाली भुमि करिव दुई हजार आठ सय अन्ठानब्बे एकड जमिन डुबानमा पर्याे ।

त्यसबापत इष्ट इन्डिया कम्पनी सरकारले नेपाललाई चारहजार एकड जमिन फिर्ता गर्ने त्यसबेलाको सम्झौतामा उल्लेख थियोे । तर नेपालले उक्त जग्गा हालसम्म पनि पाएको छैन ।
यही महाकाली सन्धि २०५३ साल असोज ६ गते संसदबाट पारित गराउनुपर्ने थियोे । तर सामान्य बहुमतबाट होइन त्यसबेलाको संविधान २०४७ अनुसार सन्धिसम्झौताहरु संसदको दुईतिहाई बहुमतबाट पास गर्नुपर्ने प्रावधान थियोे ।

त्यस सन्धिमा नेकपा एमालेभित्रैको एउटा ठुलो समुहले महाकाली सन्धिको बिरोध गर्याे । यही मुद्दाको कारण नेपालगन्जमा भएको नेकपा एमालेको छैटौं महाधिवेशन लगत्तै विस. २०५४ साल फागुन २१ गते नेकपा एमाले बिभाजन भयो । यस्तै यस्तै राष्ट्रघाती सन्धिसम्झौता खारेज गर्नसक्छन भनेर नै हो ।

कमरेड प्रचण्ड नेतृत्वको दशवर्षे जनयुद्धलाई नेपाली जनताले सहयोग र शुभेच्छा राखेका थिए । तर उहाँ नेतृत्वको नेकपा माओवादी पार्टीले पनि कांग्रेस ,एमालेका नेताहरूले गरेजस्तै, कान्छा मामाको त यो गति जेठा मामाको त भाङग्राको धोती भन्ने उखानसँग मिल्दोजुल्दो गर्याे ।

सत्ताको कुर्सीमा तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल अहिले भारतीय संस्थापन पक्षलाई खुसीपार्ने र भारतले गरेको थिचोमिचो प्रति खासै केही नबोल्ने अवस्थामा पुगेका हुन कि भन्ने आभास आमजनतामा हुनथालेको छ ।

प्रधानमन्त्रीले आफ्नो पद जोगाउन ईपीजीको प्रतिवेदन अगाडि नबढाउने र अर्को लिम्पियाधुरा सहितको भुमिसमेटिएको कर्तमान नेपालको नक्साबारे भारतसँग केही नबोल्ने र अर्को बिषय अन्तर्राष्ट्रिय बिमास्थल भारतीय एउटा निजी कम्पनीलाई दिने भन्ने कुरा बाहिर आएको छ । जनताको यसरी विश्वास गुमाएको कारण राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको विश्वास एकपछि अर्को गर्दे गुम्दैछ ।

दलहरू सत्ता र कुर्सीका लागि जहाँ जो सँग पनि मिलेका छन । सिद्धान्त र नीतिमा नटिक्ने एकले अर्कोको विरोध गर्ने, त्यो विरोध पद र कुर्सीका लागि हुने चलनले नै धर्म निरपेक्षसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै जनताको आस्था घट्दै गएको छ । त्यसैको फाइदा उठाउदै सांसद ज्ञानेन्द्र शाहीहरु र दुर्गा प्रसाइहरु प्रतिक्रान्तिका धुनहरु बजाउन थालिसकेका छन ।

वामपन्थी भनिएका दल र नेताको नेतृत्वमा बनेको सरकारले नेपाल भारतबीचमा भएका असमान सन्धि सम्झौताहरु हेरफरह गर्नुपर्ने हो । सदनमा क्रान्तिकारी पारा देखाउने प्रतिपक्षले पनि कम्तिमा असमान सन्धि सम्झौता खारेजी गर्न र नेपालहीतमा कार्यान्वयन नभएका सम्झोता कार्यान्वयनका लागि आवाज वुलन्द गरे उनिहरुको क्रान्तिकारी राष्ट्रवाद पुष्टि हुन्थ्यो ।

Related

Previous Post

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

Next Post

कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ

कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

बिहिबार, कार्तिक ८, २०८१
आज सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज सरस्वतीको पूजा आराधना गरी मनाइँदै

बुधबार, फाल्गुन २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In