Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बेलायत नेपाललाई ६ वर्षभित्र ६६ अर्ब ८० करोड बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन ९, २०८०
in FEATURED, अर्थ
0
बेलायत नेपाललाई ६ वर्षभित्र ६६ अर्ब ८० करोड बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

९ फागुन, काठमाडौं । बेलायत सरकारले नेपाललाई आगामी ६ वर्षभित्र ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ ।

You might also like

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्रिउ मिचेलले ७–८ फागुनमा गरेको नेपाल भ्रमणपछि बेलायतले नेपालसँग यो ऐतिहासिक साझेदारी गरी एक नयाँ विकास पोर्टफोलियो घोषणा गरेको हो ।

बेलायती घोषणा अनुसार नयाँ अनुदान सहयोग रकम नेपालले जलवायु संकट, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा सहयोग गर्न उपयोग गर्ने छ ।

बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका अनुसार अनुदान रकमबाट नेपालमा थप १३ हजार ५ सय रोजगारी सिर्जना हुनेछ, जसले थप १ अर्ब अमेरिकी डलरभन्दा बढी परिमाणमा नयाँ लगानी आकर्षित गर्ने छ । यसबाट २०३० भित्र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवामा नेपालका २० लाखभन्दा बढी महिला तथा किशोरीहरूको पहुँचमा सहयोग पुग्ने छ ।

दुई दिने नेपाल भ्रमणपछि बेलायती विकासमन्त्री मिचेलले यो अनुदान सहयोग रकम घोषणा गरेका हुन् । बेलायतले हालै सार्वजनिक गरेको स्वतेपत्र अनुसार दीर्घकालीन र प्रणालीगत रूपान्तरणमा केन्द्रित हुँदै विश्वव्यापी दिगो र समावेशी विकासमा बेलायतको प्रतिबद्धताअनुसार नेपाललाई नयाँ अनुदान सहयोग घोषणा गरिएको हो ।

नेपालको अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बेलायती मन्त्री मिचेलले नेपाललाई अतिकम विकसित मुलुकको तहबाट स्तरोन्नति हुन सघाउनका लागि विकास कोष परिचालन गर्न, जलवायु संकटसँग जुध्न र व्यवसाय निर्माण गनै बेलायतले नेपालसँग कसरी काम गर्छ भन्ने बताए ।

दिगो स्थानीय पूर्वाधारमा सुधारिएको पहुँचका लागि बेलायतको नयाँ अनुदान सहयोगबाट नेपालका १७ लाखभन्दा धेरै मानिस लाभान्वित हुने बेलायतको अपेक्षा छ ।

नेपाल भ्रमण क्रममा बेलायती मन्त्री मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका थिए ।

मन्त्री मिचेलले माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गरेका थिए । जसमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) ले २ करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ । यसबाट नेपालका लाखौं मानिसलाई स्वच्छ र दिगो ऊर्जा उपलब्ध हुनेछ ।

Related

Previous Post

निरन्तर ओरालोतर्फ नेप्से

Next Post

सिन्धुपाल्चोकमा बोलेरो जिप पल्टिँदा सवार दुईजनाको घटनास्थलमै मृत्यु

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

सिन्धुपाल्चोकमा बोलेरो जिप पल्टिँदा सवार दुईजनाको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया

आइतवार, बैशाख ३०, २०८१
नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

मङ्लबार, माघ २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In