Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रेड्मी नोट १३ सिरिजको नेपालमा भव्य लन्च

Sambridinews by Sambridinews
सोमवार, माघ २२, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
रेड्मी नोट १३ सिरिजको नेपालमा भव्य लन्च
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, २२ माघ ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार होटल अलफ्टमा आयोजित एक शानदार लन्च कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्युले भन्नुभयो,“ग्राहकहरुलाइ अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्धेश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । शाओमीको प्रतिबद्धता सरल छ: हामी हाम्रा सबै ग्राहकहरुलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौँ । स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गर्छौं र हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यी नयाँ मोडेलहरुलाई मन पराईदिनुहुनेछ ।”
रेड्मी नोट १३ प्रो + फाइभ जि: बोल्ड स्टाइल, बेजोड पर्फर्मेन्स
मुख्य विशेषताहरुः
स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्लेः स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो + फाइभ जि को मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८१२२०को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो + फाइभ जि हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि छ ।
बेजोड प्रदर्शनः
रेड्मी नोट १३ प्रो + फाइभ जिमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी + २५६ जिबी र १२ जिबी + ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरुलाइ आफ्नो फाईलहरु राख्न सहजता प्रदान गर्छ ।
२०० मेगापिक्सेल शटर म्याजिक रेड्मी नोट १३ प्रो+ फाइभ जिको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन् । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको छ ।
सुपर फास्ट चार्जिङ र आकर्षक सेन्सरः
रेड्मी नोट १३ प्रो+ फाइभ जिको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कृन फिङगर प्रिन्ट पनि उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो : नयाँ ब्यालेन्स
मुख्य विशेषताहरुः
स्टाइलिश एमोलेड डिस्प्लेः
७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ । साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।
स्पीडको नयाँ परिभाषा :
मिडिया टेक हेलियो अल्ट्रा सहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ । स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी+२५६ जिबी वा १२ जिबी +५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ ।
२०० मेगापिक्सेल क्यामेरा :
रेड्मी नोट १३ प्रो ले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पु¥याउँदछ । ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ । यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्ट्रेटहरूमा छुट्टै चमक ल्याउँछ ।
सुपर चार्ज र अडियो :
रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साथ उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन पाइन्छ । साथमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ ।
रेड्मी नोट १३: हरेक फिचर विशेष
मुख्य विशेषताहरु :
भव्य डिस्प्ले :७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ । यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ ।
शक्तिशाली स्न्यापड्रागन ६८५ः स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ । एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी ¥याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।
१०८ मेगापिक्सेल पावरहाउस :
रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउँछ ।
एक्स्ट्रा ब्याकअप : ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ । साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मूल्य र अफरहरुः
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु.२४,९९९ (६/१२८ जीबी) र रु. २७,९९९ (८/२५६) जीबीमा उपलब्ध हुनेछ ।

रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को अफरमा पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४,९९९ (८÷२५६ जीबी) र रु. ३९,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।

रेड्मी नोट १३ प्रो किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो + फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ४७,९९९ (८/२५६ जीबी) र रु. ५२,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।

त्यस्तै रेड्मी नोट १३ प्रो + फाइभ जि किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।

Related

Previous Post

ट्याक्सी व्यवसायीहरुले सहुलियत उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण : माग पूरा नभएर माघ २९ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी

Next Post

सहकारी ठगी प्रकरण : रवि लामिछाने र दीपेश पुनसहित १८ जना विरुद्ध उजुरी

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
सहकारी ठगी प्रकरण : रवि लामिछाने र दीपेश पुनसहित १८ जना विरुद्ध उजुरी

सहकारी ठगी प्रकरण : रवि लामिछाने र दीपेश पुनसहित १८ जना विरुद्ध उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज

राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज

शनिबार, माघ २८, २०७९
पून्यमानलाई भेट्रान चेस उपाधि

पून्यमानलाई भेट्रान चेस उपाधि

बिहिबार, अशोज १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In