१६ माघ, पोखरा । पोखरा महानगरपालिकाले वडाले चलाएको रुख काट्ने अभियानबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन जानकारी गराइसकिएको जानकारी दिएका छन् ।
‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यससम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले भनेका छन् ।
पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।
वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका सबै रुख काट्न निर्देशन दिएका थिए ।















