Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माघ १० गतेदेखि लागू हुने गरी भिजिट भिसामा नयाँ व्यवस्था

Sambridinews by Sambridinews
मङ्लबार, माघ ९, २०८०
in FEATURED, TOP STORIES
0
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो । 

जसअनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा  अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ । यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने छ । 

You might also like

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिटरक्रेडिट कार्ड) पनि हुनुपर्नेछ । यस्तै संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्ने र स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्थामा उल्लेख छ । 

यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ । विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो ।

भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदा आफन्त भेट्ने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्न विभागले अनुरोध गरेको छ । भिसाको अवधिभित्रै स्वदेश फर्कन समेत सरकारले अनुरोध गरेको छ ।  भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन विभागले अनुरोध गरेको छ ।

Capture

भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र भएको विभागले जनाएको छ । त्यस्तै पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र गृह मन्त्रालयले जनाएको छ ।

भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य रहेको भन्दै यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने विभागको भनाइ छ । 

यस्तै भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गर्ने, झुट्टा विवरण तयार गरेको खण्डमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनुपर्ने विभागले जनाएको छ ।

भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने समेत सरकारले चेतावनी दिएको छ । 

बिचौलियाहरूले महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने गरेको भन्दै विभागले सचेत रहन आग्रह गरेको छ । रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जान चाहेको खण्डमा भिजिट वा पर्यटक भिसा नभई श्रम स्वीकृति लिएर मात्र जान पनि विभागले अनुरोध गरेको छ । 

Related

Previous Post

सामाजिक सञ्जाल सम्बन्धि अनलाइनबाट गुनासो दर्ता गर्ने सकिने

Next Post

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न प्रधानमन्त्रीकाे निर्देशन

Sambridinews

Sambridinews

Related Posts

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
FEATURED

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

by Sambridinews
मङ्लबार, बैशाख १, २०८३
एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

by Sambridinews
आइतवार, चैत्र २९, २०८२
Next Post
काठमाडौँ र ललितपुरका यी ठाउँहरुमा आज बत्ती जाने

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न प्रधानमन्त्रीकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

सोमवार, मंसिर २३, २०८२
अर्किड कप फुटबल शुक्रबारदेखि

अर्किड कप फुटबल शुक्रबारदेखि

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
FEATURED

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

मङ्लबार, बैशाख १, २०८३
एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In