Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई

Sambridinews by Sambridinews
आइतवार, पुस २९, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिबार कलेजले एक कार्यक्रमका विच कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थीहरुको विदाई गरेको हो ।

विदाई कार्यक्रमका प्रमुख अतिथी नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले व्यवसायीक क्षेत्रमा प्रवेश गर्न तयार नवइन्जिनियरहरुलाई पेशागत मर्यादामा रहेर काम गर्न सुझाब दिए । नेपालमा दक्ष इन्जिनियरहरुको खाँचो रहेको औल्याउँदै अध्यक्ष शाहीले इथिक्समा बसेर काम गर्दा सफलता प्राप्त हुने बताए । ‘तपाईहरुले जसरी कलेजमा माया पाउनु भएको थियो, ब्यवसायिक जीवनमा त्यो वातावरण पाउन पनि सक्नुहुन्छ नसक्नु पनि हुन्छ । इन्जिनियरिङ पेशामा अपडेट भएर इथिक्समा रहेर काम गर्नु होला ।’ ब्यवसायिक जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन परीक्षा दिइरहनु पर्ने भन्दै अध्यक्ष शाहीले इन्जिनियरिङमा अनुभव र सीप नै महत्वपूर्ण भएकोले अरुभन्दा अब्बल हुन अनुशासित, मेहनती बन्न जरुरी रहेको उल्लेख गरे ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. राजेश ठकुराठीले उच्च शिक्षा पुरा गरेका विद्यार्थीहरुले प्राप्त गर्ने सफलता नै पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजको ब्राण्ड एम्बेष्डर रहेको उल्लेख गर्दै विश्वविद्यालय र कलेजको नाम रहने गरी काम गर्न सुझाए । ‘तपाईहरु पोखरा विश्वविद्यालयको एम्बेष्डर हो, तपाईहरु नेपाल इन्जिनियरिङ कलेजको एम्बेष्डर हो । तपाईहरुले जे गति गतिविधि गर्नुहुन्छ त्यसमा विश्वविद्यालय र कलेजको भविष्य गाँसिएको हुन्छ । तपाईहरुले कलेजको, विश्वविद्यालयको र अभिभावकको नाम उँचो राखेर काम गर्नुहोला ।’ ब्यवसायिक क्षेत्रमा लागेपछि समय ब्यवस्थापन र मर्यादा कायम गर्नु अपरिहार्य रहेको भन्दै उनले भने ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजमा ४–५ वर्ष अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपलाई ब्यवसायिक जीवनमा प्रयोग गर्न सुझाउँदै विद्यार्थीले हासिल गर्ने सफलता नै कलेज र फ्याकल्टीहरुको सफलता रहेको बताए । ब्यवसायिक क्षेत्रमा सफलता पाउन समय र अनुशासन महत्वपूर्ण पाटो रहेको औल्याउँदै कार्यवाहक प्राचार्य भण्डारीले व्यवसायिक मर्यादा कायम गरी काम गर्न सुझाब दिए । ‘करियर सुरु गर्न निकै गाह्रो छ तर, हामीले तपाईहरुले राम्रो करियर बनाउनु हुन्छ भन्नेमा हामी विस्वस्त छौं ।’ कलेजको पढाई पुरा गरेर गएपनि कलेजसँग सदैव जोडिन आग्रह गर्दै उनले भने ।

कलेजका आर्किटेक्ट डिपार्टमेन्टका प्रमुख अनिल कुमार रेग्मीले ब्यवसायिक जीवनमा एकैपटक सफलता प्राप्त गर्न नसकिने भन्दै अफ्ट्रयाक आएपनि आफुले पढाएका शिक्षक फ्याकल्टीहरुलाई सम्झेर अगाडी बढ्न सल्लाह दिए । ‘काम गर्ने सिलसिलामा ब्यवसायिक मर्यादा कहिल्लै नविर्सनु, आफुभित्र रहेको क्षमता र दक्षतालाई समातेर अगाडी बढ्नु ।’ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ डिपार्टमेन्टका प्रमुख यमकृष्ण पौडेलले चार वर्षको दौरानमा हासिल गरेका ज्ञान, सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्दै कलेजको नाम उच्च राख्न सल्लाह दिए । साथै, उनले विद्यार्थीहरुलाई कलेजको अल्मुनाईमा जोडिन पनि आग्रह गरे ।

यस्तै, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन डिपार्टमेन्टका प्रमुख अमित साहले विश्वका सबै मानिसले आफ्नो सफलता नै चाहिरहने भएपनि शिक्षकहरुले मात्र विद्यार्थीले हासिल गरेको सफलतालाई आफ्नो सफलता ठान्ने गरेको बताए । पढाएका विद्यार्थीले जीवनमा प्राप्त गरेका सफलता देखेर नै शिक्षकहरु आफु सफल भएको ठान्ने बताउँदै उनले विद्यार्थीलाई व्यवसायिक सफलताको शुभकामना दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका कम्प्युटर साइन्स डिपार्टमेन्टमा असिस्टेन्ट प्रोफेसर जितबहादुर बोहराले कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गर्ने बताए ।

विदाई कार्यक्रममा विद्यार्थीहरुले अध्ययनका क्रममा विताएका पलहरुको सम्झना गर्दै नेपाल इन्जिनियरिङ कलेजका फुलटाइम शिक्षक, मित्रवत व्यवहार गर्ने कर्मचारी, कलेजको ल्याब, पुस्तकालय, रिसर्चका माध्यमहरुका कारण आफुहरु इन्जिनियर बन्न सफल भएको बताए । उनीहरुले कलेजमा हासिल गरेको ज्ञान, सीपलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाउँदै स्वदेशमै रहेर देशको सेवा गर्ने भने ।

विद्यार्थीहरुलाई विषयगत अवार्ड

सो अवसरमा ग्राजुएट विद्यार्थीहरु निलिमा थापा, लक्ष्मी चालिसे, दशुनाथ कंडेल, अनिलकुमार यादवलाई प्रोगाम टपर अवार्ड दिइएको थियो भने, विषयगत अवार्ड जयप्रकाश महतो, सुरज कार्कीले प्राप्त गरे । आर्किटेक्चरका आकांक्षा सिंह, गीतिका श्रेष्ठ, हिमाल रोकाया, छविलाल गुप्ताले बेसिक डिजाइन अवार्ड पाउँदा निलिमा थापाले बेसिक डिजाइन सँगै विल्डिङ कन्ट्रक्सन अवार्ड प्राप्त गरिन् । सुरज कार्कीले इलेक्ट्रिकल र कम्प्युटर साइन्स अवार्ड प्राप्त गरे । अनिल कुमार यादवले कम्युनिकेशन अवार्ड पनि पाउँदा सरोज महर्जनले पावर इलेक्ट्रिकल अवार्ड हासिल गरे । कार्यक्रममा आर्किटेक्चरका हिमाल रोकाया र छविलाल गुप्तालाई डब्लूएएमडिइओ अवार्ड पनि दिइएको छ ।

Related

Previous Post

करिब ८७ लाख यात्रुलेएक वर्षमा गरे हवाईयात्रा

Next Post

माघ १ गतेदेखि काठमाडाैं मेलम्चिकाे पानी पुनवितरण सुरू ; प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
काठमाडाैंमा मेलम्चीकाे पानी वितरण हुदै

माघ १ गतेदेखि काठमाडाैं मेलम्चिकाे पानी पुनवितरण सुरू ; प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजकाे विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मङ्लबार, माघ ३, २०७९
एमाले अध्यक्ष ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने

ललिता निवास प्रकरण पोलिटिकल स्टन्ट रहेकाे खड्गप्रसादकाे दाबी

शुक्रबार, असार २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In