Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित

Sambridinews by Sambridinews
बुधबार, पुस २५, २०८०
in TOP STORIES, स्थानीय तह
0
आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२५ पुस, काठमाडौ । काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको छ ।

कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुने पर्ने हो । तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

बैठक निर्धारित समयमा नहुने भएपछि २३औं कार्यपालिका बैठकले नगरसभा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्तावसमेत अनिश्चित बनेको छ ।

कार्यपालिकामा बहुमत रहेका नेपाली कांग्रेसका जनप्रतिनिधिका कारण निर्धारित मितिमा हुनुपर्ने नगरसभाको बैठक आज नहुने निश्चित भएको महानगर स्रोतले जानकारी दिएको छ ।

तीन जना कर्मचारीले अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले निलम्बन गरेर छानबिन समिति बनाएपछि कांग्रेस निकटका जनप्रतिनिधि रुष्ट बन्दै आएका छन् ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै केही समय अघि महानगरका तीन कर्मचारी निलम्बनमा परेका थिए । त्यसरी निलम्बनमा पर्ने कर्मचारीमा मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् ।

त्यस्तो अनियमितता फेला परेपछि महानगरले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ भने निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानबिन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ ।

समितिको रिपोर्ट कहिले आउने हो अझै निश्चित छैन । यता कांग्रेस निकट जनप्रतिनिधिले भने कर्मचारीको निलम्बन फिर्ता लिन भित्रि रुपमा दबाब दिने उदेश्यले बैठकहरुमै उपस्थित नहुने, भित्रिरुपमा अवरोध गर्ने जस्ता कार्य गर्न थालेका छन् ।

पछिल्लो समय मुख्य गरेर महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नवीनराज मानन्धरको अगुवाइमा कांग्रेसका अन्य जनप्रतिनिधिलाई पनि उकास्ने र बैठक बहिस्कार गर्ने रणनीति अघि बढाएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।

उपमेयर सुनिता डंगोल संयोजक रहेको १३ सदस्यीय बजेट तर्जुमा समितिमा कांग्रेसका बहुमत सदस्य रहेका छन् । समितिमा कांग्रेसका ८ नेकपा समाजवादीका १ र बाँकी एमालेका सदस्य रहेका छन् ।

उपमेयर डंगोलले दुई पटक समितिको बैठक राखे पनि एउटा बैठकमा वडा नम्बर-११ का अध्यक्ष हिरालाल तण्डुकार उपस्थित भए पनि अर्को बैठकमा भने कांग्रेसका कोही पनि उपस्थित भएनन् ।

तण्डुकार कांग्रेसका तर्फबाट विजयी अध्यक्ष हुन् । बैठकमा कांग्रेस बाहेकका सदस्य उपस्थित थिए । तर, बहुमत सदस्य उपस्थित नभएपछि त्यहाँ अनौपचारिक छलफल मात्रै भएको र निर्णय केही पनि गर्न नसिएको जनाइएकाे छ ।

३२ वटा मध्य कांग्रेसले १९, एमालेले १२ र समाजवादीले १ वटा जितेको छ । वडा–१६ का अध्यक्ष मुकुन्द रिजालको देहावसानपछि अहिले कांग्रेसका १८ वडाध्यक्ष रहेका छन् । कार्यपालिकामा समेत कांग्रेसकै बहुमत रहेकाले उनीहरु उपस्थित नभएको अवस्थामा वा निर्णय प्रक्रियामा सहभागी नभएको खण्डमा कुनै पनि निर्णय बहुमतबाट पारित गर्न सकिंदैन ।

Related

Previous Post

नेप्सेको कारोबार प्रणाली तीन बन्द हुने

Next Post

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हेटौंडाकाे चाैकिटाेलमा खुकुरी प्रहार गरी महिलाकाे हत्या

बिहिबार, चैत्र १३, २०८१
त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

बिहिबार, साउन ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In