Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रीको ठाडो आदेशमा बन्यो छानविन समिति, काटिएका २४ उद्योगले तत्काल विद्युत उपलब्ध गराउने

Sambridinews by Sambridinews
बुधबार, पुस २५, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
प्रधानमन्त्रीको ठाडो आदेशमा बन्यो छानविन समिति, काटिएका २४ उद्योगले तत्काल विद्युत उपलब्ध गराउने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।पुष २५, ट्रंक र डेडिकेटेड लाइनको महसुल विबादका सम्बन्धमा छानबिन गर्न सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा उक्त समिति गठन भएको हो । उक्त निर्णयको व्यवसायीहरुले खुलेर स्वागत गरेका छन् ।

सरकारको यस प्रकारको कदमले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको ‘जसरी पनि पैसा उठाउने’ योजना अब के होला भन्ने प्रश्न उठ्न थालेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा समिति बनाएको छ । यसका साथै लाइन काटिएका सबै उद्योगमा तुरुन्त विद्युत सेवा सुचारु गर्न पनि सरकारले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । भलै प्राधिकरणका अधिकारीहरुले मन्त्रीपरिषदको लिखित आदेश प्राप्त नभएसम्म लाइन नजोड्ने बताएका छन् । प्राधिकरणले हालसम्म २४ ओटा उद्योगको लाइन काटेको थियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

प्रधानमन्त्रीले यसअघि नै विद्युत सेवा बिच्छेद गरिएका ठूला उद्योगका सञ्चालकहरुसँग न्यायिक आयोग बनाएर यो समस्याको निवारण खोजिने प्रतिबद्धा जनाएका थिए । तर प्रधानमन्त्रीले त्यस्तो प्रतिबद्धता दिएकै दिन नेपाल विद्युत प्राधिकरणले थप १४ वटा उद्योगको लाइन काटेको थियो ।

त्यसको भोलिपल्टै प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई बोलाएर उक्त समस्या समाधानका विकल्पबारे छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री दाहालले न्यायिक आयोग बनाउने प्रस्ताव गर्दा घिसिङले ‘समस्या थप गिजोलिने’ भन्दै असहमति राखेका थिए ।

घिसिङले आफूहरुसँग सबै उद्योगलाई विद्युत उपलब्ध गराएको ‘टाइम अन डे (टीओडी)’ मिटरको विवरण उपलब्ध नभए पनि वैकल्पिक प्रमाणहरुमार्फत उद्योगलाई प्रिमियम मूल्यको भुक्तानी गर्नुपर्ने तथ्य सिद्ध गर्न सक्ने तर्क अघि सारिरहेका छन् । उनले सबै उद्योगले प्रिमियम मूल्य भुक्तानी गर्नुपर्ने दाबी उनले गरिरहेका छन् ।

केही उद्योगीहरु भने ‘आफूहरुले शर्त अनुसारको विजुली प्रयोग नै नगरेको’ भनेर प्रिमियम महशुल तिर्न अस्वीकार गर्दै आएका छन् । जरिवानासहित करीब २२ अर्बको यो विबाद अव कसरी सल्टिन्छ भन्ने यकिन छैन ।

पुस ६ गतेदेखि हालसम्म देशका ठूला २४ उद्योगको लाइन काटिएको छ । त्यसमध्ये हिमाल स्टिलले पहिलो किस्ताको रकम बुझाएर विद्युत् जोडेपछि अझै २३ उद्योग अन्धकारमा छन् । तीमध्ये केही उद्योगका सञ्चालकदेखि कर्मचारीसम्म आन्दोलित हुन थालेका छन् । यही देखेर मन्त्रीपरिषदले मंगलबार नै सबै उद्योगको लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । यसअघि पनि तीन जना मन्त्रीले लिखित निर्देशन दिएपछि लाइन जोडेको प्राधिकरणले अब कस्तो व्यवहार प्रदर्शन गर्छ भन्ने हेर्न बाँकी छ ।

भर्खरैमात्र विद्युत प्राधिकरणले यस प्रकारको प्रिमियम महसुलको छुट रकम ६० किस्तामा तिर्ने सुविधा दिने भन्दै ३० दिनको म्याद राखेर निवेदन दिन उद्योगहरुलाई सार्वजनिक आह्वान गरेको थियो ।

कुलमान घिसिङले यसअघि नै लाइन काटेरै भए पनि बक्यौता तिराउने र प्राधिकरणको ‘वासलात’लाई बलियो बनाउने कोसिस गरेका थिए । तर सरकारले पटक पटक यो कदम रोक्दै आएको थियो । पछिल्लो समय महालेखा परीक्षकको प्रतिवेदनलाई समेत मध्येनजर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलमानमाथि नै छानबिन गरेर मुद्दा चलाउने प्रक्रिया सुरु गरेको जानकार बताउँछन् ।

‘अख्तियारले आफूमाथि आक्रमण गर्न अघि बढेको चाल पाएर कुलमानले लाइन काट्न थाले’, प्राधिकरणसम्बद्ध एक अधिकारीले भने । उक्त बक्यौतामा सबैभन्दा धेरै दायित्व भएको भनिएको जगदम्बा स्टीलका अध्यक्ष शाहिल अग्रवालले केही दिनअघि पत्रकार सम्मेलनमै ‘कुलमान जी जेल जाने डरले अहिले लाइन काट्नु भो’ भनेका थिए ।

घिसिङ स्वयंले पनि पत्रकार सम्मेलन गरेर ‘कुनै निकायले तिर्नु पर्दैन नभनेसम्म तिर्नैपर्ने’ तर्क अघि सारेका थिए । ठूला उद्योगको लाइन काट्नबाट कुलमान घिसिङलाई रोक्दै आएका प्रधानमन्त्री प्रचण्ड पनि अख्तियारको सम्भावित कारबाहीबारे जानकारी पाए पछि ‘चुपचाप’ बसेको स्रोतको दाबी छ ।

लाइन काट्न प्रधानमन्त्रीको समेत साथ छ भन्ने सन्देश व्यवसायीमा पुगेपछि उद्योगीहरु संसदको प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । ओलीले आफ्नो मौलिक ठट्यौली पारामै ‘तपाइँहरुले पहिले पनि यो विषय मिलाउन भनेर ठूलै पैसा खर्च गरेको भन्ने सुनेको छु, अब त्यसरी थप खर्च नगर्नुहोला’ भनेर पठाएको एक व्यवसायीले जानकारी दिए ।

तर यही प्रश्न व्यवसायीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको थियो । उक्त मञ्चमा नेपाल सिमेण्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले ‘पैसा खर्च गरेको’ विषयलाई खारेज गरेका थिए । त्यसो त, उक्त विषयलाई सल्टाउन भन्दै २०७६ देखि नै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र उद्योगी पवन गोल्यानले अग्रसरता लिँदै आएका थिए ।

उनीहरुकै पहलमा राजनीतिज्ञ, कर्मचारी र सञ्चार क्षेत्रलाई समेत ‘व्यवस्थापन’ गरेर विबाद सल्टाउने कोसिस हुँदै आएको व्यवसायीहरु नै बताउँछन् । लामो समयसम्म यो मुद्धा किचोलिँदै आएपछि अहिले पुनः एक पटक बिबादले चरम रुप ग्रहण गरेको छ ।

Related

Previous Post

वीपी राजमार्गस्थित सेतिदेवि मन्दिर क्षेत्रमा पाटेबाघ फेला : सचेत रहन सर्वसाधारणलाइ आग्रह

Next Post

लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज

लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोक्याे

बिहिबार, पुस ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवाता

सोमवार, अशोज ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In