Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक बिहीबार काठमाडौँमा बस्ने

Sambridinews by Sambridinews
बिहिबार, पुस १९, २०८०
in FEATURED, अर्थ, खेलकुद
0
नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक बिहीबार काठमाडौँमा बस्ने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । तीन वर्षपछि बस्न लागेको संयुक्त आयोगको बैठकमा उर्जा सहकार्य, व्यापार, कनेक्टिभिटी र सीमा समस्यालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार काठमाडौँ आइपुग्ने छन् ।

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका बृहत्त विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायत विषयमा छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) का विषयमा पनि छलफल हुनेछ । बिडब्लुजीको बैठक चार वर्षदेखि बस्न सकेको छैन ।

सन् २००७ मा अन्तरदेशीय संयन्त्रको आवश्यकता महसुस गरी नेपाल–भारत बिडब्लुजी गठन भएको थियो । उक्त संयन्त्रलाई स्ट्रिप नक्साअनुसार बाँकी रहेको सीमास्तम्भ बनाउने, बिग्रे भत्केका सीमास्तम्भ मर्मत सम्हार गर्ने, हराएका सीमास्तम्भ पुनःस्थापना गर्ने, स्ट्रिप नक्शाअनुसार सबै सीमास्तम्भ रुजु गर्नुका साथै ती सीमास्तम्भको निर्माण, पुनर्स्थापना एवं मर्मत सम्भार गर्नेलगायतका जिम्मेवारी तोकिएको थियो ।

तर सन् ०२२ मा बिडब्लुजीको अवधि सकिँदासम्म पनि यस विषयमा छलफल भएको छैन ।

विद्युत व्यापारमा हस्ताक्षर, प्रसारण लाइन उद्घाटन

संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर नेपालमा रहँदा तीनवटा प्रसारण लाइनको उद्घाटन र विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

स्रोतका अनुसार बुधबार १३२ केभीएका तीनवटा प्रसारण लाईनको दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तीनवटा प्रसारण लाइनमा भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन हुने भएको छ ।

यस्तै दुवै देशका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा हस्ताक्षर हुने भएको छ । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालको ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले उक्त सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

जयशंकर नेपाल आउनुपूर्व नेपाल र भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौताको गृहकार्य गर्न भारतको ऊर्जा मन्त्रालयको टोली यसअघि नै काठमाडौं आइसकेको छ ।

नेपाल भारतका ऊर्जा मन्त्रालयका सह–सचिव स्तरीय बैठक बुधवार काठमाडौँमा बसेको छ । उक्त बैठकमा इनर्जी बैंक बनाउनेबारे सहमतिको प्रयास भएको छ । सहसचिव स्तरमा सहमति बनाएर यो एजेण्डालाई आगामी पुस २० र २१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने बताइएको छ ।

वाणिज्य र कनेक्टिभिटीका दर्जनौं एजेन्डा

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रस्तुत गर्नका लागि नेपालले दर्जनौं प्रस्ताव तयार पारेको छ ।

बैठकमा वाणिज्य मन्त्रालयले दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रस्ताव गर्ने भएको छ ।

साथै, कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारेज गरी नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत हुनेछ ।

यस्तै भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने, नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव नेपालले गर्ने भएको छ ।

यस्तै ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव नेपालले गर्ने भएको छ ।

भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एन्टी डम्पिङ ड्यूटी हटाउनुपर्ने र नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्ताव नेपालको तर्फबाट राख्न लागिएको छ ।

यस्तै नागरिक उड्डययन मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम –आईएलएस) सञ्चालनको लागि टेक्निकल कोर्डिनेशन टिमको बैठकको मिति निर्धारण गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

चर्चा भइरहेको तेस्रो देशका एयरलाइन्सहरूको लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयररूटको लागि पनि नेपालले भारतलाई आग्रह गर्ने भएको छ ।

साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न शहरहरूमा सीधा उडानको लागि अनुमति माग्ने, बुद्ध एयरलाई भारतको अन्य शहरहरू पटना, लखनऊ, गया, देहरादूनसंग पनि सीधा हवाई उडान अनुमतिको लागि अनुरोधको प्रस्ताव परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

हिमालयन एयरलाइन्सलाई भारतमा उडान अनुमति माग्ने र नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्लीसहित अन्य शहरहरूमा उडानको अनुमति माग्ने तयारी नेपालको छ ।

तीन वर्षपछि बस्दै आयोगको बैठक

आयोगको बैठक तीन वर्षपछि बस्न लागेको हो । नेपालले बैठक गर्न भारतलाई निरन्तर आग्रह गर्दै आए पनि बस्न सकेको थिएन ।

पछिल्लो पटक आयोगको छैटौं बैठक ०७७ को माघ १ र २ मा नयाँदिल्लीमा भएको थियो । त्यतिबेला नेपालले भर्खरै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभागलाई समेत समेटेर नयाँ नक्सा निकालेको थियो ।

आयोगको चौथो बैठक ०७३ कात्तिकमा नयाँदिल्लीमा, तेस्रो बैठक ०७१ असारमा काठमाडौंमा र दोस्रो बैठक ०४८ मंसिरमा नयाँ दिल्लीमा बसेको थियो । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पहिलो बैठक सन् २०४७ को फागुनमा बसेको थियो ।

नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्ने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय संरचना आवश्यक रहेको उल्लेख गर्दै २०४७ सालमा आयोग गठन गरिएको थियो  ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो । भारतीय विदेशमन्त्री जयशंकरले काठमाडौंमा भएको पाँचौं बैठक र दिल्लीमा भएको छैटौं बैठकपछि पुनः काठमाडौंमा बस्न लागेको सातौँ बैठकमा भारतीय पक्षको नेतृत्व गर्दैछन् ।

नेपालबाट पाँचौँ र छैटौँ बैठकको नेतृत्व तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए भने सातौँ बैठकको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्दैछन् ।

उच्च राजनीतिक भेटघाट गर्दै जयशंकर

संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका भारतीय विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले भने जयशंकरले राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड र समकक्षी साउदसँग मात्रै बिहीबार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले उच्चस्तरीय राजनीतिक भेटघाट हुने मात्रै आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैठकमा सहभागी हुन आउने जयशंकर नेतृत्वको प्रतिनिधि मण्डलमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका पूर्वप्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू हुनेछन् ।

भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन् ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविक श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि ११ बजे राष्ट्रपति पौडेलसँग भेट गर्न जयशंकर राष्ट्रपति भवन शीतलनिवास पुग्नेछन् भने १२ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट्न बालुवाटार पुग्नेछन् ।

दिउँसो १ बजे होटल याक एण्ड यतीमा समकक्षी साउदसँग भेट गरेपछि सवा १ बजेदेखि संयुक्त आयोगको बैठकमा सुरु हुनेछ । बैठकपछि सोही होटलमा १० हजार मेगावट विद्युत व्यापारको एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसपछि करिब पौने ४ बजे जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नेछन् भने साढे ४ बजे एमाले अध्यक्ष ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई परराष्ट्रमन्त्री साउदले रात्रीभोज आयोजना गर्नेछन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संग सामूहिक भेटघाट हुनेछ ।

अर्को दिन शुक्रबार बिहान ८ बजे जयशंकर पशुपति जाने छन् भने ९ बजे भारतको सहयोगमा निर्माण भएको त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी आयोगको बैठक सकेर शुक्रबार मध्यान्ह दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

Related

Previous Post

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

Next Post

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्न प्रमुख राजनीतिक दलका नेताहरुको बैठक बस्दै

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्न प्रमुख राजनीतिक दलका नेताहरुको बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्न प्रमुख राजनीतिक दलका नेताहरुको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जलवायु असर र पानीको अभाव हाम्रा प्रमुख चुनौति हुन् : मन्त्री बस्नेत

जलवायु असर र पानीको अभाव हाम्रा प्रमुख चुनौति हुन् : मन्त्री बस्नेत

सोमवार, चैत्र ५, २०८०
पौष कृष्ण औंसीका दिन गरिने गया श्राद्ध आज विधिपूर्वक गरिँदै

पौष कृष्ण औंसीका दिन गरिने गया श्राद्ध आज विधिपूर्वक गरिँदै

शुक्रबार, पुस ८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In