Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, पुस ३, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

काठमाडौं । पुष ३, नेपालको समावेशी आर्थिक विकासका लागि स्थानीय शासनमा नवप्रवर्तनको प्रवद्र्धन भन्ने नाराको साथ गभर्नेन्स ल्याबले “नेसनल गभर्नेन्स सिम्पोजियम २०२३” सफलतापुर्वक समापन गरेको छ । नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो ।
दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त संगोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजी क्षेत्र, नागरिक समाज, अन्तर्राष्ट्रिय विज्ञ तथा विकास एजेन्सीका ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
गोष्ठीको पहिलो दिनमा नेपालका ६ वटा प्रदेशका ११ पालिकाले हालसम्मका सिकाइ, नवप्रवर्तनका अभ्यास र आगामी दिनका अवसरबारे प्रस्तुति गरेका थिए । उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा। पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गर्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा। मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राख्नभुएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भन्नुभयो, ‘समावेशीताबिनाको विकासले शान्ति होइन संकट ल्याउँछ । हाम्रा विकासका योजनाले समेत समावेशीतालाई सम्बोधन गर्न सकेका छैनन् । त्यसैले हामीले समावेशी विकासबारेमा एउटा साझा दूरदृष्टि बनाउन अत्यन्तै जरुरी छ ।’
त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। स्वर्णिम वाग्लेले भन्नुभयो, ‘संघीयतासम्बन्धी हाम्रो समुदायमा यथावत् रहेको सार्वजनिक र राजनीतिक मतभेदका कारण संघीयताले उचित अवसर पाउन सकेन र सोही कारण स्थानीय सरकारको कार्यसम्पादनमा बाधक बन्न पुग्यो । जवाफदेहिता, पारदर्शिता र समग्र सुशासन सुनिश्चित गर्न नवप्रवर्तक वित्तीय र नागरिक प्रतिक्रिया संयन्त्रको कार्यान्वयन, सेवाहरूको डिजिटलाइजेसन, स्थानीय नागरिकको संलग्नता बढाउनु र वित्तीय साक्षरता प्रवद्र्धन गर्नु अपरिहार्य छ ।’
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले भन्नुभयो, ‘कयौं वर्षको लामो संघर्षपछि मुलुक संघीयतामा स्तरोन्नति भएपछि हामीले चाहेको परिवर्तन सजिलै भइहाल्छ भन्ने अनुमान गरेका थियौं तर हाम्रो समाजमा गहिरो जरा गाडेर बसेको केन्द्रीय मानसिकता मेटाउन सकेनौं । सोही कारण स्थानीय सरकारको सेवा प्रवाह असफल हुन पुग्यो ।’
पूर्वसचिव कृष्ण ज्ञवालीले भन्नुभयो, ‘नेपालमा विविधता र विभेद व्यवस्थापनका लागि संघीयता आवश्यक छ । तर, स्थानीय शासन र समावेशी आर्थिक विकास सुनिश्चित नगरी संघीयता सुदृढ हुन सक्दैन ।’ गभर्नेन्स ल्याबका अध्यक्ष डा। मल्लले भन्नुभयो, ‘सरकार, समुदाय र निजी क्षेत्रबीचको विश्वासको खाडल मेटिएर त्रिकोणात्मक अन्तरसम्बन्ध जब विस्तार हुन्छ, तबमात्र नेपालको शासन प्रणाली बलियो हुन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधु मरासिनी, योजना आयोगका सचिव केवल भण्डारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। तोयानारायण ज्ञवालीले विभिन्न सत्रको अध्यक्षता गर्नुभएको थियो । त्यस्तै, नेपालस्थित बेलायती दूतावासका सुशासन प्रमुख डा। एन्ड्रयु लङ र युएसएआइडी नेपालको निर्वाचन, विधान तथा राजनीतिक प्रक्रिया विशेषज्ञ रमेश अधिकारी, स्ट्यानफोर्ड विश्वविद्यालयका सहप्राध्यापक प्रोफेसर बेन बर्गर र स्वार्थमोर कलेजका सह–प्राध्यापक प्रोफेसर सोलेडाड प्रिल्लामनले पनि बोल्नुभएको थियो ।
दोस्रो दिन राष्ट्रिय सरोकारवालाबीच पहिलो दिनको सिकाइलाई संस्थागत गर्ने र नीतिगत प्रभाव मापन गर्ने तरिकाबारे छलफल भएको थियो । २ दिने संगोष्ठीको छलफललाई मूर्तरूप दिन समावेशिता, नवप्रवर्तन, स्थानीय शासन र आर्थिक विकासलाई चार प्रमुख प्रतिबद्धता क्षेत्रका रूपमा चयन गर्दै सामूहिक कार्यका लागि काठमाडौं घोषणापत्र जारी गरिएको छ । गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

Related

Previous Post

एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

Next Post

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ

रवि लामिछाने ५४ लाख रुपौयाँ धरौटीमा रिहा

बिहिबार, माघ २४, २०८१
आम सञ्चार क्षेत्रको पुन संरचना हुन्छ : मन्त्री शर्मा

आम सञ्चार क्षेत्रको पुन संरचना हुन्छ : मन्त्री शर्मा

बिहिबार, माघ १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In