Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ७, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नामको आत्मकथा संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताउनुभयो ।

सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले नौ दशक लामो आयु बाँच्नुभएका स्वर्गीय थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूमध्ये एक रहनुभएको उल्लेख गर्नुभयो । प्रधामन्त्री देउवाले भन्नुभयो, ‘सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालन एवं प्रभावित गर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’
उहाँको कार्यकालमा मुलुकमा विभिन्न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्री देउवाले मुलुककै इतिहासमा पहिलोपटक जनमत संग्रह उहाँकै प्रधानमन्त्रीत्व कालमा भएको बताउनुभयो । नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोग्नुभएका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नका लागि एउटा रोचक र गतिलो कृति हुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
‘धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक संघर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्न सफल थापाले जीवनमा गरेको संघर्ष र भोगेको दुःख सुखका कथाहरू यो आत्मकथामा समेटिएको छ ।
यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्न भएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ । यो आत्मकथा आजका नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृति हुने विश्वास मैले लिएको छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्रामलगायतका अन्तर्राष्ट्रिय परिघटनादेखि नेपालको २००७ सालको राजनीतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनीतिक संक्रमण, पञ्चायतकालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादी द्वन्द्व, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।
पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्री हुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालित गरियो, राजनीतिक परिचालन कसरी गरियो भन्नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासक तथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचक हुने प्रधानमन्त्री देउवाले बताउनुभयो । यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमा आई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुस्तकमा माओवादीसँगको १२ बुँदे सम्झौताका सन्दर्भमा गलत विवरण परेको र त्यसलाई यथावत रहन दिए गलत इतिहास लेखिने भन्दै आगामी संस्करणमा सुधार्न आग्रह गर्नुभयो ।
अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र स्थापनापछि थापाले समकालीन राजनीतिमा अभिभावकको भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि थापासँगका आफ्ना स्मरणहरु सुनाउनुभयो ।
आत्मकथा लेखन र सम्पादनमा संलग्न हरिबहादुर थापा, गणेश पौडेल पत्रकार विजय कुमारले पनि आफ्ना अनुभव सुनाउनुभएको थियो ।
आत्मकथा बुकहिलले प्रकाशन गरेको हो । थापाको २०७२ वैशाख ३ गते निधन भएको थियो ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

Related

Previous Post

राष्ट्रिय खेलकुदको ट्रफी आर्मी र प्रहरीको मुख्यालयमा

Next Post

चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक

चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

बिहिबार, साउन ७, २०८३
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

शुक्रबार, अशोज ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In