Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मलेसियामा तीन नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २१, २०८०
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
मलेसियामा तीन नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।मंसिर २१ , वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् ।

१ सय ३६ जनामध्ये तीन जनालाई त्यहाँको फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको नेपाली दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाले जानकारी दिए । लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग, बलात्कार, झैझगडा, इमिग्रेसन कानुन उल्लंघन र आपराधिक क्रियाकलापमा संलग्न भएको लगायतका आरोपमा उनीहरू जेल परेका हुन् । जेल परेकामध्ये ५० प्रतिशत लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग थुनामा रहेका छन् ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

‘मलेसियामा चार तहको अदालत हुन्छ तीन नेपालीलाई फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको छ,’ सूचना अधिकारी बुढथापाले भने, ‘दूतावासले वकिल हायर गरेर पुनरावेदन गर्ने तयारी गरिरहेको छ, मलेसियाको संसदले अनिवार्य मृत्युदण्डको सजाय हटाउने पास गरिसकेको छ, कानुन कार्यान्वयन हुन बाँकी नै छ, ती तीन नेपालीको हकमा पनि मृत्युदण्ड कार्यान्वयन नहोला तर, आजीवन जेल भने बस्नुपर्छ ।’

जेलमा रहेका अधिकांश व्यक्ति सजाय कटाउन बसिरहेका छन् । साथीभाइसितको कुलत र छिट्टै धनी बन्ने महŒवाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको उनले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ ।

गैरकानुनी रूपमा बसेकालाई बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ ।

६९ विदेशी पक्राउ
मलेसिया कम्पुङ पन्ताई दलममा इन्डोनेसियाली बसोबास गरेको छिमेकमा मलेसियन अध्यागमन विभाग प्रवर्तन अपरेसनमा छापा ६९ जनालाई पक्राउ गरेको छ । अध्यागमन विभागका उपमहानिर्देशक जाफरी इम्बोक ताहाले १११ अध्यागमन अधिकारीका साथै राष्ट्रिय दर्ता विभाग (जेपीएन) र मलेसियाको सिभिल डिफेन्स फोर्स (एपीएम)का आठ अधिकारीको टोलीमा अप्रेसन गरिएको थियो ।

१ सय १० इन्डोनेसियालीलाई जाँच गरिएको थियो तीमध्ये ६९ जनालाई विभिन्न अपराधमा हिरासतमा राखिएको जनाएको छ । ‘दुई वर्षदेखि ७० वर्षसम्मका पक्राउ पर्नेमा ४५ पुरुष, २३ महिला र अन्य एक रहेको उपमहानिर्देशक ताहाले बताए । जाफरीले अपरेसनमा कुनै पनि वैध इजाजत नरहेको उनले बताए ।

विदेशीको उपस्थितिको जानकारी दिने र स्थानीय समुदायको चासो बढाएको सार्वजनिक गुनासो आएपछि एक सातासम्म गरिएको अनुसन्धानको परिणामस्वरूप सो अपरेसन गरिएको हो । ‘हामीले गत वर्ष यस क्षेत्रमा छापा मारेका थियौं र इन्डोनेसियालीको बाक्लो बसोबास भएको यो स्थानमा यो दोस्रो छापा हो,’ उनले भने ।

अध्यागमन ऐन १९५९–६३ को दफा ५५ (ई) बमोजिम विदेशीलाई संरक्षण गर्ने विश्वास गरेको स्थानीय व्यक्तिविरुद्ध मुद्दा चलाइएको हो । पक्राउ परेका सबैलाई अध्यागमन ऐन १९५९–६३, राहदानी ऐन १९६६ र अध्यागमन नियमको दफा ६९१० (ग) बमोजिम थप अनुसन्धानका लागि बुकित जलिल अध्यागमन डिटेन्सन डिपोमा पठाइएको जनाएको छ ।

Related

Previous Post

कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने

Next Post

ज्योति विकास बैंकको सीईओमा ढकाल नियुक्त

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
ज्योति विकास बैंकको सीईओमा ढकाल नियुक्त

ज्योति विकास बैंकको सीईओमा ढकाल नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला

सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला

आइतवार, पुस ६, २०८२
उपमेयरकै नेतृत्वमा नगरपालिकामा तालाबन्दी

उपमेयरकै नेतृत्वमा नगरपालिकामा तालाबन्दी

मङ्लबार, पुस २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In