Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुकुम पश्चिमले नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय

Sambridinews by Sambridinews
बुधबार, मंसिर २०, २०८०
in FEATURED, TOP STORIES, TOP VIDEOS
0
रुकुम पश्चिमले नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय तोकिएकाहरु २५ वर्ष कैद बस्नु पर्छ।

You might also like

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

ज्यान मुद्दाको सजाय पाउनेमा जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । त्यस्तै विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगरलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । उनीहरु हाल पुर्पक्षका लागि थुनामा नै छन् ।

नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सूचना अधिकारी कोइरालाले भने, ‘यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाए । किशोरी, उनकी आमा र नाबालक भाइ भने जातीय छुवाछुतको आरोपमा मात्रै दोषी ठहर भएका छन् ।’  हरेक पिडितका परिवारलाई ४० हजार रुपैंयाका दरले क्षतिपूर्ति भराउने आदेश भएको सूचना अधिकारी कोइरालाले बताए

घटनामा संलग्नको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जनाले सबै मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले फैसलावारे जानकारी दिँदै हाल पुर्पक्ष थुनामा रहेका २३ जनालाई जन्मकैद भएको बताए । अनि संरक्षकको जिम्ममा रहेका एक नाबालकलाई समेत जन्मकैद भएको समेत बताए ।

बालबालिकासम्बन्धी ऐन अनुसार, बालबालिकालाई नियमित सजायको बढीमा ७५ प्रतिशत मात्रै सजाय तोकिन्छ । ती नाबालकलाई जन्मकैद भनेपनि पुरै २५ वर्ष कैद बस्नु पर्दैन । उनलाई बालबालिका सम्बन्धी ऐन अनुसार उनको सजाय कति छुट भएको भन्नेवारे सूचना अधिकारी कोइरालाले केही खुलाएनन् ।

१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

यो घटनामा थुनछेक बहसपछि जिल्ला अदालत रुकुम पश्चिमले आरोपितमध्ये दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । त्यस्तै नवराज बिककी प्रेमिकाकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न र अरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको थुनछेक आदेशको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले नवराज विककी प्रेमिका र उनका भाइलाई तारेखमा छाड्न आदेश दिएको थियो । त्यस्तै सर्वोच्च अदालतले भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनलाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

घटनाको अनुसन्धान गरेको नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार नवराज विकको टोली घरमा आएपछि युवतीकी आमाले गालीगलौज गरेकी थिइन् ।

उनले तत्काल फोन गरेर चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र अरु गाउँलेलाई बोलाएकी थिइन् । गाउँलेहरु आएको थाहा पाएपछि नवराज विकसहितको टोली भागेको थियो । त्यस क्रममा युवतीका आफन्त र गाउँलेले लखेटी लखेटी उनीहरुको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरी अनुसन्धानले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न रहेको र नवराज विककी प्रेमिका किशोरी, उनकी आमा र किशोरीका ठूलोबाबु इन्द्रबहादुर मल्ललाई घटनाको षड्यन्त्रमा सामेल भएको आरोप उल्लेख गरेको थियो ।

Related

Previous Post

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा

Next Post

बक्सिङ टोली मलेसिया जाने

Sambridinews

Sambridinews

Related Posts

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
Next Post
बक्सिङ टोली मलेसिया जाने

बक्सिङ टोली मलेसिया जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सन् २०२४ मा  ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

बुधबार, पुस १७, २०८१
आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा

आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा

शनिबार, माघ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

आइतवार, जेष्ठ ३, २०८३
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

आइतवार, जेष्ठ ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In