Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देशमा ढोँगी, दलालहरुको जगजगी छ : सर्बेन्द्र खनाल

Sambridinews by Sambridinews
सोमवार, मंसिर १८, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, विचार, समाचार
0
देशमा ढोँगी, दलालहरुको जगजगी छ : सर्बेन्द्र खनाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि


काठमाडौं ।मंसिर १८, पूर्व प्रहरी महा निरीक्षक सर्बेन्द्र खनालले देशमा ढोँगी, दलालहरुको जगजगी रहेको बताउनु भएको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
पूर्व महा निरीक्षक खनालले भन्नुभयो ‘देशमा अहिले भ्रष्टाचारीको संरक्षण भैरहेको छ, सुरक्षाकर्मीको अपमान भैरहेको छ, कालाधन आर्जन गर्नेको बोलवाला बढीरहेको छ, देश चलाउनेहरुले आ–आफ्नै स्वार्थ पूर्ति गनुर््बाहेक अरु केही गरेनन्् ।’ उहाँले अगाडि थप्नुभयो ‘रातदिन, झरी, बादल, चाडपर्व, घरपरिवार नभनी जनताको जिउ, धनको सुरक्षामा खटिने सुरक्षाकमी जहिले पनि उपेक्षामा पर्ने, अपहेलित हुनुपर्ने अनि अनपढ, गवार नेताहरु जहिले पनि सत्तामा बसेर मोजमस्ती गरिरहने ?’ भनेर प्रश्न गर्दै सम्झदा पनि कहाली लगेर आउने बताउनुभयो ।
कोरोनाको बेला देशमा भएको अस्तव्यस्तता देखेर आफूले ३० वर्ष नागरिकको जीउधनको सुरक्षा गरेको अनुभव उपयोग गर्दै सहयोगीहरुसँग अनुरोध गरेर १५/२० वटा एम्वुलेन्स जम्मा गरी छोरीको सहयोग लिई डाक्टरसहितको सेवा प्रदान गरेको स्मरण गर्दै पूर्व आइजीपी खनालले भन्नुभयो ‘मेरो के स्वार्थ थियो र त्यस्तो खतराको अवस्थामा पनि नागरिकको सेवा गर्ने ?’
सुरक्षाकर्मीको राशनमा ठेकेदारले गर्ने चरम दुरुपयोगलाई ठिक ठाउँमा ल्याउन आफूले ठूलै संघर्ष गर्नु गरेको स्मरण गर्दे खनालले आफूले ३० वर्ष प्रहरीबाट गरेको योगदानको कदर गरेर जनताले त्यसको मूल्यांकन गर्लान भन्ने सोचेको तर त्यस्तो हुन नसकेको तितो अनुभव सुनाउनु भयो ।
नेपाल र नेपालीको हितमा के गर्न सकिन्छ भनेर हमेशा लागेको र कतिपय विदेशीहरुसँगको भेटमा देश र नेपालीको भलोको बारेमा कुरा उठाएको स्मरण गर्दै खनालले भन्नुभयो ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री, सांसदहरुसँग देश र नागरिकको जीवनस्तर उठाउने कुरा उठाएको छु, उनीहरुले एउटा कानले सुनेर अर्को कानले उँडाइदिए ।’ नेता, प्रधानमन्त्री, मन्त्री बोल्न त धेरै बोल्नुहुन्छ तर काम गर्नु हुृन्न भन्दै उहाँँँले भन्नुभयो ‘टे्वुलमा बसेर थोरै समय काम गर्ने निजामति कर्मचारीलाई सतप्रतिशत भत्ता दिन तयार हुन्छन् तर रातदिन नभनी घर परिवार त्यागेका सुरक्षाकर्मीलाई १० प्रतिशत भत्ता दिन मान्दैनन् ।’
तँ आईजीपी हुँदा के गरिस् भनेर प्रश्न गर्नु होला, पदमा बसेपछि केहि लिमिटेशनहरु हुन्छन्, त्यसको गनर््ु त्यो पदको दायित्व हुन्छ भन्दै खनालले भन्नुभयो ‘तैपनि ललिता निवास काण्डको अनुसन्धान, म्याच फिक्सिङको छानविन, काठमाडौंका गुण्डा नियन्त्रण, जनकपुरका सशस्त्र हतियारधारीबाट भएको चन्दा आतंक जस्ता घटनालाई कसैको दबाब नसुनी काम गरेको हुँ ।’ तिनै घटनामा संलग्नहरु र तिनका आफन्तहरु मेरो पछाडि हात धोएर लागेका छन्, उनीहरु कहिले कुन घटनामा संलग्न भनेर आरोप लगाउने गर्छन् त कहिले कुन काण्डमा भनेर सामाजिक सञ्जालमा मेरो बदनाम गर्नमा तल्लिन छन् भन्दै खनाले भन्नु्भयो ‘म पदमा रहँदा वा अवकाश पाएपछि पनि देश र जनताको हित विपरित गैरकानुनी कार्यमा लागेको छैन, भ्रम छर्ने काम थुप्रै भएका छन्, यदि भएमा कारवाही गरेर देखाउन चुनौति दिन चाहन्छु ।’
देश र जताको हितमा केही गरौं भनेर योजना लिएर नेतालाई भेटन खोज्दा भेट नदिने, गवाँर पिएसँग समय लिन बारम्वार फोन गर्दा पनि नदिने, भेट्न जाँदा घण्टौँ पर्खनुपर्ने तिता अनुभव सुनाउँदै पूर्व महा निरीक्षक खनालले देशमा प्रधानमन्त्री भैसकेकाहरुको नालायकीपनको पराकाष्ठ नाघेको बताउनुभयो ।
संसारका स–साना देशले पनि विकास गरेर कहाँ पुगिसके तर हाम्रा देश बनाउन भनेर आएकाहरुको अवस्था देख्दा दिक्क लागेको भन्दै अब पूर्व सुरक्षाकर्मी देश र जनताको लागि अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो । यदि तपाईहरु राम्रो कामको लागि केहि गर्नुहुन्छ भने मेरो हमेशा साथ रहनेछ भन्दैै खनालले भन्नुभयो ‘नेतृत्वबाट भएको अक्षमता अव टुलुटुलु हेरेर बस्नु हुँदैन, राजनीतिक बागडोर सम्हाल्न पछाडि हट्नु हुँदैन ।’ नेपालमा राम्रा मान्छ्े धेरै छन्, वदमासको जालो तोड्न सकिन्छ भन्दै पूर्व आईजीपीले भन्नुभयो ‘देशको शान, मान कायम गर्ने सुरक्षाकर्मीले नै हो र म सधैँ तपाईहरुको साथमा छु ।’
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका पूर्व एआईजी कृष्ण कुमार तामाङले पूर्व सुरक्षाकर्मीलाई निजामतिको भन्दा विभेदपूर्ण व्यवहार गरेको बताउनुभयो । दलहरु आसेपासेको पछी लागेको बताउँदै उहाँले सम्पूर्ण सुक्षाकर्मी एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सकारात्मक सोच राखेर अघि बढ्ने हो भने परिवर्तन टाढा नभएको उहाँको भनाई थियो ।
अर्का वक्ता राष्ट्रिय अनुसन्धान विभागका पूर्व बरिष्ठ उपरीक्षक किवाङहाङ राईले देशमा खतरा बढेकोले पूर्र्व सुरक्षाकर्मी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । आफूलाई विभागको प्रमुख बनाउँछु भनेर लोभ्याउने नेताको पछि नलागेको स्मरण गर्दै राईले दलमा नाताबाद, कृपावाद, गुटवाद बढेको बताउनुभयो । देशका नेताहरु विदेशीको सामु लम्पसार परेको बताउँदै वरिष्ठ उपरीक्षक राईले उनीहरुले धर्म, संस्कृति, जातजातिको नाममा लडाउने काम गरेको हुँदा त्यसलाई हामीले सवैको साझा फूलवारी बनाउनु पर्ने धारणा राख्नुभयो । पृथ्वीनारायण शाहले नेपाल सबै जातको फूलवारी भनेको स्मरण गर्दै उहाँले पूर्व सुरक्षाकर्मीले सवै नेपालीलाई एकतामा गास्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय गोर्खाका पूर्व कर्णेल अम्वर बहादुर बस्नेतले पूर्व सुरक्षाकर्मीको कार्यक्रममा बोल्न पाएकोमा खुशी व्यक्त गर्दै आफु अवकास पश्चात पनि भारतको पेन्सन शाखामा कार्यरत रहेकाले कुनै काम परेमा सहयोग गर्ने बताउनुभयो । अर्का बक्ता नेपाली सेनाका पूर्व प्रमुख सेनानी देवबहादुर कार्कीले परिषद अझै बढी सक्रिय भएर देश र जनताको हितमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाल सरकारका पूर्व उपसचिव पुष्पमुनी बज्राचार्यले पेन्सनमा कर नलाग्ने जान्दा जान्दै पनि बैंकहरुले १ प्रतिशत कर लगाएकोमा आफ्नो पहलबाट त्यो हटाएको जानकारी दिनुभयो । त्यसैगरी सैनिक वीरगति परिवार तथा एकल महिला संघकी अध्यक्ष रिता कार्कीले जनयुद्धको नाममा जथाभावी मान्छे मारेको र अझै तिनीहरुको परिवारलाई न्याय नदिएको भन्दैै आफूहरुलाई न्याय दिलाउन पूर्व सुरक्षाकर्मी परिषदले गरेको सहयोगको लागि धन्यबाद दिँदै अभिभावक भएर काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषदका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं च्रन्द्रागिरी नगर अध्यक्ष विक्रम पाण्डे, कञ्चनपुर जिल्ला अध्यक्ष गोरख पुजारा, गोरखा जिल्ला अध्यक्ष हरिकृुमार थापा लगायतका बक्ताहरुले देश बर्वादी तर्फ गएकोले पूर्व सुरक्षाकर्मी परिषदले पार्टी खोलेरै भएपनि देशलाई बचाउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा परिषदमा रहेर उत्कृष्ठ काम गर्ने सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेहरुमा संरक्षक एवं केन्द्रीय सदस्य थमनबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष डिल्लीराम ढुंगेल, केन्द्रीय दस्य एवं चन्द्रागिरी नगर अध्यक्ष विक्रम पाण्डे, गोरखा जिल्ला अध्यक्ष हरिकुमार थापा, गोकर्णेश्वर नगर अध्यक्ष नारायण कार्की, कमलामाई नगर अध्यक्ष गोपाल श्रेष्ठ र शहिद लखन गाउँपालिका अध्यक्ष जगतबहादुर राना रहेका छन् । पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रमको सभापतित्व पूर्व सुरक्षाकर्मी परिषद नेपालका अध्यक्ष के वी राउतले गर्नुभएको थियो ।
पञ्चेवाजासहित उद्घाटन गरिएको उक्त कार्यक्रममा स्वागत परिषदका उपाध्यक्ष खगेन्द्रराज बस्नेतले गर्नुभएको थियो । पूर्व सुरक्षाकर्मी परिषद नेपाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, भारतीय गोर्खा, बृटिस गोर्खा र सिंगापुर पुलिसका अवकाश प्राप्त कर्मचारको साझा चौतारी भएको कार्यक्रममा जानकारी दिइएको थियो । परिषदले हालसम्म १५ जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता सकेको र अन्य जिल्लामा गठन भई दर्ता प्रकृयामा रहेको परिषदका सहप्रवक्ता मणिराम लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा परिषदका महासचिव पुष्पराज सुवेदीले संगठनका गतिविधि प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष चित्रबहादुर पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

Related

Previous Post

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

Next Post

२०७६ सालमा दायर भएको मुद्दामा विप्लब सहित नेताविरुद्ध पक्राउ पूर्जी जारी

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
विप्लब नेकपाकाे महासचिवमा चयन

२०७६ सालमा दायर भएको मुद्दामा विप्लब सहित नेताविरुद्ध पक्राउ पूर्जी जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नवलपरासीकाे देवचुलीमा भएकाे जीप दुर्घटनामा परी सातजनाकाे मृत्यु

आइतवार, कार्तिक २६, २०८०
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्चको सरकारका नाममा आदेश

बिहिबार, चैत्र २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In