Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हाइ पर्फमेन्स प्रशिक्षक तालिम सुरु

Sambridinews by Sambridinews
आइतवार, मंसिर ३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
हाइ पर्फमेन्स प्रशिक्षक तालिम सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं, मंसिर ३ , नेपाल तेक्वान्दो संघको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा आइतबारदेखि सुरु भएको छ ।
चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ । उनीहरुलाई दक्षिण कोरियास्थित किमयोङ विश्वविद्यालयअन्तर्गत तेक्वान्दो विभागका एसोसिएट प्रोफेसर जुसिक पार्कले प्रशिक्षण दिने छन् ।
उक्त तालिम मंसिरमै अझै तीन चरणमा हुनेछ । चितवनमा ९ देखि १३, पोखरामा १७ देखि २१ र पुनः काठमाडौंमा २५ देखि २९ गतेसम्म हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको एक कार्यक्रमबीच तालिमको उद्घाटन गरे ।
सो अवसरमा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने पहिलो खेलाडी सविता राजभण्डारी र एसियाली खेलकुदकै कांस्य विजेता सविताका श्रीमान किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो । तेक्वान्दोकाद्वयले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाली खेलकुदमा सो पदक जितेका हुन् । दुवै नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघ खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुन् । उनीहरुलाई सदस्य–सचिव घिसिङले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
उक्त अवसरमा सदस्य–सचिव घिसिङले ऐतिहासिक पदक विजेता सवितालाई लामो समयपछि प्रत्यक्ष भेट्न पाउँदा खुशी लागेको बताउदै सविताले रजत पदक जितेको जानकारी आफूले पत्रपत्रिकामा पढेको स्मरण गरे ।
‘ऐतिहासिक रजत विजेता सविताजीलाई लामो समयपछि भेट्न पाउँदा खुशी लाग्यो । संयोगनै भन्नु पर्ला, त्योपनि उहाँले रजत जितेको २५ वर्षपछि करातेबाट एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जितेको बेला ।’ सदस्य–सचिव घिसिङले भने– ‘सविताजीले पदक जितेको खबर मैले पत्रपत्रिकामा पढेको थिए । म त्यति खेर स्कुलमा पढ्थे । सायद म १४ वर्षको थिए होला । आज पनि त्यो दिन मलाई याद छ । आजको भेटले त्यो क्षणलाई ताजा बनाइ दियो । अझ आफ्नै हातले ऐतिहासिक पदक विजेतालाई सम्मान गर्न पाउँदा झन खुशी लागेको छ । तपाईं दुवै (सविता र किशोर)जनालाई उत्तरोत्तर प्रगतिको कामना ।’
सदस्य–सचिव घिसिङले यो तालिम प्रशिक्षकलाई अपडेट र अपग्रेड गर्न महत्वपूर्ण हुने भएकोले हरेक संघले समयमा नियमित रुपमा यस प्रकारको तालिम आयोजना गर्नु पर्नेमा जोड दिए ।
सन् २००२ मा अमेरिका गएका तेक्वान्दो दम्पति त्यसएता पहिलोपटक नेपाल आएका हुन् । उनीहरु बिहीबार अमेरिका फर्कदै छन् ।

Related

Previous Post

प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ

Next Post

तेस्रो अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल मंसिर ९ गते हुने

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
तेस्रो अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल मंसिर ९ गते हुने

तेस्रो अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल मंसिर ९ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

सोमवार, कार्तिक २०, २०८०
नेपाल ५ के रन च्यालेन्ज शनिबार

नेपाल ५ के रन च्यालेन्ज शनिबार

बुधबार, बैशाख २३, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In