Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अझै २० बर्ष राजनीति गर्छुः एमाले अध्यक्ष ओली

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १४, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
अझै २० बर्ष राजनीति गर्छुः एमाले अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताउनुभएको छ । 
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहणका लागि आयोजित विशेष कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।  अध्यक्ष ओलीले भन्नुभयो– म कतिबर्ष पार्टीको नेतृत्वमा रहन्छु थाहा छैन तर अब २० बर्ष राजनीति गर्छु । 
अध्यक्ष ओलीले एमालेलाई बदनाम गर्ने प्रयास स्वरुप अहिले आफूविरूद्ध दुष्प्रचार भइरहेको वताउनुभयो । 
केपी ओलीले कम्बोडियामा तीनहजार करोड लगानी गरेको भनी अफवाह फैलाउने काम भइरहेको भन्दै अध्यक्ष ओलीले उक्त रकम पत्ता लगाउनेलाई त्यसमा एकहजार थपेर उसैको नाममा राखी दिने चुनौती दिँदै हल्लाका पछाडि नलाग्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– देशको ढुकुटीको त्यत्रो पैसा विदेशमा लगेर राखेको पत्ता लगाउनेलाई म त्यो बक्सिस दिन्छु ।
आफ्नो नेतृत्वको सरकारका पालामा नेपालको नक्शा अद्यावधिक (चुच्चे नक्शा प्रकाशित) गरेपछि भारतीय सञ्चारमाध्यमहरूले त्यतिबेला तथानाम लेखेको र त्यहि बेला भारतीय सञ्चारमाध्यम जीन्युजले कम्वोडिमामा केपी ओलीले तीनहजार करोड राखेको भन्दै अफवाह फैलाउने समाचार प्रशारण गरेको र दुनियाँले गाली गरेपछि उनीहरुले धेरै बेठिक कुरा प्रशारण भयो भनेर क्षमा मागेको स्मरण गराउँदै अध्यक्ष ओलीले भन्नुभयो– तीनबर्ष अघि नेपालमै आएर मेरो अन्तर्वार्ता लिएपछि उनीहरूले गल्ती भयो भनेर सच्याइसकेको विषयलाई अहिले हल्ला फैलाउने काम भैरहेको छ ।
अध्यक्ष ओलीले दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेको भनेर प्रचार गरिएको र त्यो एमालेलाई बदनाम गर्नका लागि भएको बताउनुभयो । 
उहाँले २०४८ सालको निर्वाचनका बेला कम्युनिष्टले निर्वाचन जितेर सरकार चलाए ६० वर्ष माथिका मान्छेलाई गोली हानेर मार्छन् भनेर हल्ला चलाएको तर एमालेले सरकार बनाउँदा ज्येष्ठ नागरिकलाई बृद्धभत्ता प्रदान गर्न शुरु गरेर अहिले त्यो चार हजार पुर्याएको चर्चा गर्दै अहिलेको अफवाह पनि त्यसकै निरन्तरता भएको बताउनुभयो । 
देशमा राजनीतिक रूपमै डकैती भइरहेको, भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँको भनाइ छ । उहाँले आर्थिक रुपमा देश टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो ।
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताउनुभयो । 
अहङ्कार त्यागेर एकताबद्ध भई अगाडि बढ्न निर्देशन 
अध्यक्ष ओलीले निर्वाचनमा जितेको अहङ्कार त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाका लागि दिएको सुझाव विपरीत गण्डकी प्रदेशमा प्यानल बनाएरै निर्वाचन भएकोप्रति असन्तुष्टी व्यक्त गर्नुभयो ।
उहाँले प्रतिस्पर्धा विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृत्ति भित्रिन सक्ने हुँदा सचेत रहनसमेत आग्रह गर्नुभयोे । 
अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान मिसन–८४ मा केन्द्रित गर्नुपर्ने भन्दै आन्तरिक विवादमा रुमलिन नहुनेमा जोड दिनुभयो । नेताहरूमा घमण्ड पस्यो भने अरु केही पस्न नपाउने र मानिसको पतन त्यहीँबाट सुरू हुने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउने गरी काम गर्न प्रदेश नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले एमालेलाई सिध्याउन देशी विदेशी शक्ति लागेको बताउँदै नेताकार्यकर्ता, समर्थक, शुभेच्छुक र आम जनताको आडमा पार्टीलाई जोगाउन सफल भएको बताउनुभयो । 
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी र थममाया थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
एकीकृत समाजवादीका सल्लाहकारसहित करिव सयजना एमालेमा 
यसैबीच, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङसहित झण्डै एकसयजना नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले गुरूङसहित नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । 
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत अन्य पार्टीका समेत गरी ८४ जना रहेका छन् । 

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

Related

Previous Post

कार्की जर्मनी जाने

Next Post

इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार ३०० नाघ्यो

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार ३०० नाघ्यो

इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार ३०० नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्किब्स कपमा चार टिम च्याम्पियन

स्किब्स कपमा चार टिम च्याम्पियन

आइतवार, साउन ७, २०८०
आज र भोली सार्वजनिक विदा

आज र भोली सार्वजनिक विदा

सोमवार, पुस ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In