Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ऐतिहासिक पदक विजेता पलेशाको स्वागत

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १२, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
ऐतिहासिक पदक विजेता पलेशाको स्वागत
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

देशका केही भागमा वर्षाको सम्भावना

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन


काठमाडौं, कात्तिक १२ ,चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धन शनिबार स्वदेश आएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभूवन अन्तर्राष्ट्रियमा स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि बधाइ दिइएको थियो ।
विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो । त्यहाँ उनीहरुलाई राखेपका पदाधिकारी, कर्मचारी, शुभचिन्तकलगायतले स्वागत गर्दै बधाइ दिए ।
पलेशाले केहि दिनका लागि चीनकै सांघाइबाट नेपाल आएकी हुन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा सांघाइ फर्किदै छिन् ।
पलेशा सांघाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासंग पराजित भएपनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो ।
पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाएपनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।
सदस्य–सचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाइ दिदै पलेशाबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए ।
‘पलेशा सम्झावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासंगै तपाईंहरुलाई पनि बधाइ छ ।’ पलेशाको उपस्थितिमा उनका बुवा आमासंग कुराकानी गर्ने क्रममा सदस्य–सचिव घिसिङले भने– ‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौं । अहिले पदक जितेर पलेशाले खुड्कीलो मात्र उक्लेको हो । चुचोरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।’
ऐतिहासिक पदक विजेता पलेशाले आफ्नो अनुभव सुनउदै भनिन्– ‘म पढ्न चाइना जाँदा पढाईं र ट्रेनिङलाई संगै लाने सोचेको थिए । सोचे भन्दा गाह्रो भयो । यहाँ (नेपाल) हुँदा परिवार, गुरु सबैले सहयोग गर्नु हुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन)सबै आफैले गर्नु पर्ने थियो, गाह्रै भएको थियो । तर, मैले हार मानिन । जसरी पनि पढाईंसंगै ट्रेनिङको लागि पनि समय मिलाए । गेमको दिन नर्भस पनि थिए । किनकी धेरै समयपछि रिङमा खेल्न गएको थिए । तर, जसरी भएपनि जित्न पर्छ भन्नै चाहि थियो । किनकी एसियन पारा गेम्समा अहिलेसम्म नेपाले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुशी थिए । तर, मेरो टार्गेट चाहि गोल्ड मेडल नै थियो । सिल्भर मेडल फाइटमा पनि थोरैले पराजित भए । दुःख पनि लागेको थियो । तर, पदक तालिकमा राष्ट्रलाई शुन्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुशी छु ।’
पलेशाका पिता प्रदिपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको बताउदै फरक क्षमका आफ्नो सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे ।
‘छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केहि गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका अन्य फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो ।’ प्रदिपले भने– ‘फरक क्षमता भएका सन्तानलाई पनि समाजसंग घुल्मिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरुको मनोबल बृद्धि हुन्छ । आज मेरो छोरीले सफलता हासिल गरिन् । भोलि अवसर पाए थ्रुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।’
प्रशिक्षक लामाले एसियाली पारा खेलकुदमा नेपाललका लागि पलेशाले ऐतिहासिक पदक जितेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, नेपाल पारालिम्पिक कमिटीसंगै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

Related

Previous Post

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले संक्रमणकालीन न्याय प्रक्रियामा सघाउने प्रतिवद्धता

Next Post

राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
Next Post
राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मतदानका दिन अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन

मतदानका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म सवारी साधन बन्द

बुधबार, कार्तिक ३०, २०७९
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

आइतवार, चैत्र ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

सोमवार, बैशाख ७, २०८३
TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आइतवार, बैशाख ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In