Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट, आरोपीमाथि भएन कारवाही

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक १०, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट, आरोपीमाथि भएन कारवाही
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । कार्तिक १०, ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बोड सदस्यबाट कुटपिट भएको छ ।

कलेजको लाइब्रेरी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले र्बोड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४र५ जनाको समूहले कुटपिट गरेका हुन् । कुटपिटबाट उनको शरीरमा नीलडाम र हात खुट्टा सुन्निएको छ भने उनी हाल सिकिस्त अवस्थामा घरमै उपचाररत छन् ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सन् १९९५मा विद्यार्थीको रूपमा प्रवेश र २०१६ बाट भने मिसन कोर्डिनेटर र हाल लाइब्रेरिन पदमा कार्यरत लामालाई कुटपिट गर्ने राजेश जोशी कलेजका र्बोड सदस्य र सोही कलेजमा सञ्चालन भएको होप चर्चका डिकन हुन् भने अर्का व्यक्ति भारतीय नागरिक प्रकाश लामा प्रिन्सिपल छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने ख्रीष्टियन समुदायका चिरपरिचित व्यक्ति क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान महर्जन हुन् ।

प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने बहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको जानकारी दिएको छ । राजेश जोशीको समूहको कुटपिटबाट हाल उनी सिकिस्त छन् । चियाको बहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउकामा र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समूहलाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

४७ वर्षिया सोम लामाले भने, ‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफ्नो कुरा राख्न खोज्दै थिए, एक्कासि मलाई राजेश र उनको समूहले सुनियोजित रूपमा ज्यान लिने तरिकाले लाठी तथा हतियारको प्रयोग गरी अन्धाधुन्ध हातपात गरे र म अर्धचेत भए, धेरै हारगुहार गरे तर कोही मलाई बचाउन आएनन् ।’

र्बोड सदस्य राजेश जोशी, सविना थापा, प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएको साथै सोही कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रयोग गरेर केही महिनाअघि सांघातिक आक्रमण पनि गरेको पीडित लामाले बताए ।

घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझ्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर नाटकीय शैलीमा पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई आवश्यक कारबाही गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पनि कारवाही हुन सकेको छैन् ।

इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नेपालका संस्थापक अध्यक्ष साइमन पिटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रीष्टियन चरित्र नभएकोले यसले समग्र ख्रीष्टियन समुदायलाई लज्जित बनाएको बताउनुभयो ।

पीडित सोम लामाले कुटपिट गर्नेहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेको छ । पीडितको उजुरी अनुसार नै प्रहरीले पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायरको तयारी गरिरहेको छ ।

कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई

नेपालमा इसाईहरूमा ईश्वर शास्त्रीय अध्ययनमा सहयोग गर्ने उद्देश्यले सन् १९८६ मा कोरियन प्रेसबेटरियन चर्चका रूपमा साउथ कोरियाकोतर्फबाट नेपालमा पहिलो मिशनरीका रूपमा आउनुभएका डा।सँग हो लीले ललितपुरको सुनाकोठीमा नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गरेका थिए ।

डा। लीले तत्कालीन अवस्थामा बाइबल कलेजको प्रयोजनका लागि भन्दै ६ रोपनी ३ आना जग्गा खरिद गर्ने निर्णय गरे र त्यस बेला लीले कभनेन्ट ख्रीष्टियन फेलोशिप, ढोलाहिटीका पास्टर साइमन पीटरको एकल नाममा सो जग्गा खरिद गर्ने बताए र उनले सो जग्गाको सिमाकंन पनि गरे तर तत्कालीन नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफका अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनको मिलेमतोमा सो जग्गा आफ्नो नाममा बनाउनको लागि ठूला षड्यन्त्र गरेको स्रोतको दाबी छ । पछि सोही जग्गालाई लिएर आफूलाई मंगलमान महर्जन र रेडोन रोङोगको समूहले ज्यान मार्ने धम्की समेत दिएको पास्टर साइमन पीटरको आरोप लगाए । हाल जग्गाको भाउ आकासिँदो रहेकोले सो आर्थिक लोभले सो जग्गा खरिदबिक्री प्रकरणले चर्चा पाएको हुनसक्ने साइमन पिटरले बताए ।

बाइबल कलेजको भनिएको ६ रोपनी ३ आना जग्गाको धनी पास्टर मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्द कुमार खड्का हुन । तर जग्गाका एक धनी मुकुन्द कुमार खड्काको नशा सम्बन्धी रोगका कारण मृत्यु भएपश्चात् उनका छोराले जग्गाको हकदावी गरी मुद्धामामीलाबाट २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ ।

यी त एक प्रतिनिधि उदाहरणहरुमात्र हुन्, उचित कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आइरहेको जग्गा जमिन र सम्पत्तिमा व्यक्तिको रजाँई रहेको छ । धर्मनिरपेक्षताको आडमा पछिल्लो समय अल्पसंख्यक ख्रीष्टियन धार्मिक समूहहरूले आर्थिक अपचलन र अपारदर्शीताको जालो फैलाइरहेको ख्रीष्टियन समुदायका विज्ञ जानकारहरु बताउँछन् । एकातिर राज्यको ध्यान नजाँदा लामो समय देखि धार्मिक समुदायका धर्मगुरुहरूले गैरकानुनी रूपमा अशुद्ध तरिकाले सम्पत्ति आर्जन गर्ने र कुनै पनि श्रम लगायतका आर्थिक कारोबार नगरी धन थुर्पानाले देशको अर्थतन्त्रलाई गैरकानुनी तरिकाले लुटिरहेका छन् ।

देशमा कानुन नबन्दाको फाइदा उठाई व्यक्तिको नाममा अकुत जग्गा जमिन, अवैध बैकिंङ आर्थिक कारोबार गर्नाले अन्ततः मुलुकको समग्र अर्थतन्त्रलाई ध्वस्त बनाउने हुँदा कडा कानुन ल्याउन र धार्मिक संस्थामाथि कडाईका साथ अनुगमन गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार गम्भीर हुन जरुरी छ ।

Related

Previous Post

रुसी सेनामा कार्यरत नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा

Next Post

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तेक्वान्दोकी अञ्जलीलाई स्वर्ण

तेक्वान्दोकी अञ्जलीलाई स्वर्ण

आइतवार, कार्तिक ४, २०८१
शितल निवास अगाडी आत्मदाह गर्ने प्रयास गरेकी निहारिका माथि राष्ट्रपतिको चासो

शितल निवास अगाडी आत्मदाह गर्ने प्रयास गरेकी निहारिका माथि राष्ट्रपतिको चासो

शनिबार, साउन २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In