Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

Sambridinews by Sambridinews
सोमवार, कार्तिक ६, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।कार्तिक ६, बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ ।

महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूलालगायतको बलि दिएर नरिवल चढाउँछन् । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दसैँघरलगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाउँछन् ।

नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइन्छ । नवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।

नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको हो । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् ।

देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मानिस कष्ट वा संकटबाट सजिलैसँग छुट्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रिका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

Related

Previous Post

पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

Next Post

विजयलाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
विजयलाई स्वर्ण

विजयलाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

चीनले जारी गरेकाे नक्साबारे कूटनीतिक माध्यमबाट समस्या हल गर्नुपर्नेमा माओवादी भनाइ

शुक्रबार, भदौ १५, २०८०
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In