Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दशैंको मुखमा उपभोक्ता महँगीको मारमा

Sambridinews by Sambridinews
बिहिबार, अशोज १८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
दशैंको मुखमा उपभोक्ता महँगीको मारमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  । असोज १८,दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुगेको छ । रहर दाल प्रतिकेजी १८० रुपियाँबाट बढेर २७० रुपियाँ पुगेको छ । सो अवधिमा सेतो केराउ प्रतिकेजी १३० रुपियाँबाट बढेर १६० रुपियाँ, सानो केराउ प्रतिकेजी १७० रुपियाँबाट बढेर २२५ रुपियाँ पुगेको छ । हरियो केराउ बजारमा अहिले पाइनै छोडेको छ । 

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

दैनिक भान्छामा प्रयोग हुने जिरा गेडा प्रतिकेजी पाँच सय रुपियाँ रहेकामा अहिले बढेर प्रतिकेजी एक हजार तीन सय रुपियाँ पुगेको छ भने मेथी, ज्वानोलगायतमा प्रतिकेजी एक सय रुपियाँसम्म बढेको खुद्रा व्यापार सङ्घले जनाएको छ । त्यस्तै चिनी प्रतिकेजी ९० रुपियाँबाट बढेर १५० रुपियाँ पुगेको छ । 

कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्रीवितरण गर्नुलाई कालो बजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिबानाको व्यवस्था गरेको छ । 

सो ऐनमा भएको व्यवस्था अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै हुन सक्ने छ तर व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् । 

व्यापार घट्यो

पछिल्लो महँगीले उपभोक्ता मात्रै होइन, व्यापारी पनि हैरान छन् । कलङ्की रोडमा किराना खाद्यवस्तुको व्यापार गर्दै आएका विनोद प्रधानले बजारभाउ महँगिँदा उपभोक्ताको किनमेल नै पातलिएको बताउनुभयो । उहाँको अनुभवमा पछिल्लो एक वर्षको बिचमा वस्तुको कारोबार ५० प्रतिशतले घटेको छ । विगतका वर्षमा चाडपर्वमा महँगो हुन्छ भन्दै पहिले नै किन्न आउने उपभोक्ताको भिड हुने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “अहिले कारोबार नै छैन, मान्छेसँग पैसा नभएर त होला, किन्नेले पनि थोरै मात्रै किन्छन् ।” 

दैनिक उपभोग्य वस्तु महँगिँदा सरकारका नियमकारी निकाय त्यति गम्भीर नभएको आरोप उपभोक्ता अधिकारकर्मीको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले चाडपर्वको मुखमा सबै खाद्यवस्तु महँगिँदा सरकारको चाडपर्वलक्षित अनुगमनको प्रभाव देखिन नसकेको बताउनुभयो । सरकारको चाडपर्वलक्षित अनुगमन खाली बजेट सकाउनेबाहेक केही हुन नसकेको उहाँको भनाइ छ । उहाँले चाडको मुखमा उपभोग्य वस्तुको मूल्य विगतका वर्षमा पनि बढ्ने गथ्र्यो तर उपभोक्ताको क्षमताले थेग्न नसक्ने गरी यस पटक बढेको बताउनुभयो । 

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको असोज १ देखि आफ्नो नेतृत्वमा संयुक्त बजार अनुगमन गर्दै आएको छ । 

विभागका महानिर्देशक तीर्थराज चिलवालले चाडपर्वलक्षित गरेर विभागको नेतृत्वमा दैनिक औसतमा ४०/४५ वटा व्यावसायिक फर्मको अनुगमन गरिरहेको जानकारी दिनुभयो । सरकारको संयुक्त बजार अनुगमनले आमउपभोक्ताको आकाङ्क्षा अनुसार नभए पनि धेरै सुधार भएको दाबी उहाँले गर्नुुभयो ,गोरखापत्र दैनिकमा समाचार उल्लेख छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार भने पछिल्लो समय खाद्यान्नको मूल्य वृद्धि हुनुमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कारण रहेको देखिएको छ । नेपालमा खाद्यवस्तु निर्यात गर्ने भारतमै उत्पादनमा कमी हुनु तथा पर्याप्त वर्षा नभएर नेपालमा पनि उत्पादनमा कमी आउनु पनि प्रमुख कारण रहेको राष्ट्र बैङ्कले जनाएको छ । अहिलेको अवस्था हेर्दा आगामी दिनमा यो सङ्कट झनै गम्भीर देखिन्छ । भारतले चामल र गहुँलगायत मुख्य खाद्यवस्तुमा निर्यात घटाउँदै छ । जसको हल्लाले पनि मूल्य बढ्न भूमिका खेल्छ ।

Related

Previous Post

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

Next Post

मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप

मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा : जनजीवन प्रभावित

विहीबारयताकाे बाढी पहिराेमा परी मृत्यु हुनेको संख्या १८८ पुग्याे

सोमवार, अशोज १४, २०८१
आरआरए क्रिकेट सोमबारदेखि

आरआरए क्रिकेट सोमबारदेखि

बिहिबार, साउन २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In