काठमाडौं । काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि गाेली प्रहार भएको छ । शम्भुमार्गस्थित शारदा स्कुल नजिकै साबिर हुसेन माथि गाेली प्रहार भएको प्रहरीले जनाएको छ ।
साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन् । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
गाेली हान्ने व्यक्ति फरार रहेकाे र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।