Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 23, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ९, २०८०
in FEATURED
0
नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’ मा भएको वार्तामा ऊर्जा र कृषिसहितका १२ विषयमा सम्झौता र समझदारी भएका छन ।

You might also like

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

तर, प्रसारण लाइन बनाउने विषयमा समझदारी भए पनि निर्माण र लगानीको विषय टुंगो नलागेको जनाइएको छ । नेपाली पक्षकै अलमलले ठोस समझदारी गर्न गाह्रो भएको बताइएको छ । लामो समयदेखि चर्चामा रहेको रसुवागढी–केरुङ प्रसारण लाइनलाई पनि भ्रमणको एजेन्डाका रूपमा राख्ने भनेर प्रचार गरिएको थियो । तर बेइजिङ पुगेका नेपाली अधिकारीहरू भने यो विषय एजेन्डामै नपरेको बताइन्छ ।

चीनसँग पनि विद्युत् व्यापार गर्ने भन्दै सन् २०१८ देखि थालिएको यो प्रसारण लाइनको काम बीचमा अलपत्र परेको थियो । दुई वर्षमा सक्ने भनेर सुरु गरिए पनि सम्भाव्यता अध्ययनमै पाँच वर्ष लागेको छ । ४०० केभी क्षमताको बनाउने भनेर सुरु गरिए पनि त्रिशूली करिडोरको अधिकतम बिजुली रातमाटे हुँदै एमसीसी लाइनमा जोड्ने भएपछि उत्तरतर्फको क्षमता घटाएर २२० केभीमा झारिएको हो ।

नेपालतर्फको भने दुवै क्षमताका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । नेपालतर्फ जम्मा १६ किलोमिटर प्रसारण लाइन बनाउन अध्ययन सम्पन्न भइसकेको छ । चीनतर्फ भने अहिलेसम्म अध्ययन भएको छैन ।

आयोजनाको डीपीआर बनाउने जिम्मा यसअघि नै चिनियाँ सरकारी स्वामित्वको कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाइना (एसजीसीसी) र प्राधिकरणले पाएका छन् भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । स्टेट ग्रिड र प्राधिकरणबीच २०१८ जुनमा आयोजना विकाससम्बन्धी साझेदारी सम्झौता (पीडीए) भएको थियो ।

सम्झौता सन् २०२२ मा नवीकरण भएको छ । हाल नेपालले भारतमा १० आयोजनाबाट ६३२ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ । ‘भारतसँग चिनियाँ लगानीको बिजुली किन्ने सहमति नभएपछि कतातिर बेच्ने भन्ने समस्या थियो । अब चीनसँगको समझदारीपछि त्यो बाटो खुल्ने देखिएको जनाइएको छ ।

Related

Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

Next Post

पोखराको मणिपाल अस्पतालमा विरामीको मृत्यु पछि चिकित्सकमाथि हातपात

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
FEATURED

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत
FEATURED

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर
FEATURED

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

by Sambridinews
सोमवार, पुस ७, २०८२
भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
FEATURED

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

by Sambridinews
सोमवार, पुस ७, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, विश्व बैंक तथा एशियाली विकास बैंकको साझेदारीमा नेपालमा लेखा तथा लेखापरीक्षणसम्बन्धी “मापदण्ड तथा नैतिकताको अनुपालनसम्बन्धी प्रतिवेदन (ROSC) को मूल्याङ्कन कार्य गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक

दशैंका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु

सोमवार, अशोज २९, २०८०
अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५  नेपालमा हुने 

अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ नेपालमा हुने 

शुक्रबार, कार्तिक २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
FEATURED

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

मङ्लबार, पुस ८, २०८२
एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत
FEATURED

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

मङ्लबार, पुस ८, २०८२
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
TOP STORIES

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

सोमवार, पुस ७, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर
FEATURED

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

सोमवार, पुस ७, २०८२
भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
FEATURED

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

सोमवार, पुस ७, २०८२
नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत
TOP STORIES

नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

सोमवार, पुस ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In