–खगेन्द्र फुयाँल
भदौं २० अर्थात क.बिशाल–कुमार १९औं स्मृति दिवस । आजकै दिन २०६१ भदौं २० गते तत्कालिन सरकारले भुमिगत पाटि नेकपा माओबादी, सिन्धुलीका दुई महान नेता मोहनचन्द्र गौतम र शेरमान कुवँरलाई हत्या गरेको थियो ।
नेकपा माओबादीको रोल्पामा सम्पन्न बैठकबाट केन्द्रीय सदस्य नियुक्त नेताद्वयलाई कार्यक्षेत्र फर्कदै गर्दा भदौ २० गते सिराहाको धनछावरबाट नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको थियो ।
जहानिया सामन्ति राजसंस्थाको अन्त्य, महिला, दलित, जनजाति, अल्पसंख्यक शोषित पीढित बर्ग, समुदायको न्याय र समान अधिकारको सुनिश्चत सहित गणतन्त्र नेपालको स्थापनाका लागि तत्कालिन नेकपा माओबादीले २०५२ साल फागुन १ गते सिन्धुली, गोरखा र रोल्पाबाट कारबाही सहित देशैभर जनयुद्धको उद्घोष गरेको थियो ।
जनयुद्धका क्रममा माओबादीको तर्फबाट सिन्धुली जिल्लामा मात्रै करिव १ सय ६० भन्दा धेरै नेता कार्यकर्ता सहिद तथा वेपत्ता भएका छन् ।
१० बर्षे जनयुद्धका क्रममा सबैभन्दा धेरै मानविय क्षति माओबादीतर्फ भएको छ । त्यो अकाट्य सत्य हो । तत्कालिन सरकारले माओबादी कार्यकर्तालाई चरम यातना दिएको भोग्ने व्यक्ति हामीबीच छन् । भौरवनाथ गण लगायतका सेनाका व्यारेकमा दिइएको यातना बारे सबै जानकार नै छन् ।
जब माओबादी आन्दोलन कमजोर हुन्छ, दलाल अवसरबादीहरु माओबादी आन्दोलनमाथि प्रश्न गर्दछन् । उनिहरुलाई थाहा नहुन सक्छ हिजको त्यही जनयुद्धको अथक प्रयासले आज नागरिकले व्यवस्थाप्रति प्रश्न गर्ने अधिकार संविधानले व्यवस्था गरेको छ । सामन्ति जहानिया राजसंस्था परिवर्तन भई गणतन्त्र स्थापना भएको छ ।
माओवादीभित्रको अन्तरसंघर्ष, मतभेद र टुटफुटका कारण पाटि व्यापक क्षयीकरणको सिकार भएको छ । पाटि फुटसंगै पाटिभित्र नवसामन्त तथा अवसरबाद हावी हुदैगएको छ । पाटि फुटका कारण नेता कार्यकर्ता विभाजन हुँदा जनताका एजेण्डामा कयौपटक पाटि चुकेको छ । जनताको विश्वास घटेको छ ।
मारिएका तथा व्यपत्ता पारिएका नेता कार्यकर्ताको न्यायका लागि कमजोर भएको छ । विस्तृत शान्ति सम्झौता भएको सोह् बर्ष बितिसक्दा पनि सहिद परिवारको समस्या जहाको त्यही छ । द्वन्दको मारमा परेका जनताको न्यायको ढोका अझै धेरै टाढा छ । दण्डहीनता कायम छ ।
सहिद विशाल–कुमार १९औं स्मृति दिवसका अवसरमा माओबादी सिन्धुली जिल्ला पाटि कमिटिले बुधबार स्मृति सभा आयोजना गरेको छ । पाटिका केन्द्रिय नेता तथा सिन्धुली क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजन दाहाल सहित न्यून नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
पाटिको क्षयीकरण र टुटफुटले गर्दा कार्यकर्ता प्रशिक्षण, संगठन विस्तार जस्ता कार्य ठप्प छन् । पाटिको अधिवेशन, जिम्मेवारी बाडफाड र जनतासंग जोडिएका विषयमा कर्मकाण्डी सिमित छ ।
जब अध्यक्ष प्रचण्ड चौतर्फी घेरामा पर्छन तब माओबादी घटकहरुको एकिकरणको चर्चा शुरु हुन्छ । पछिल्लो समय नेत्रविप्लब चन्द पाटि एकिकरणका लागि निकै नै सकारात्म देखिन्छन तर पाटि एकिकरण हुन सकिरहेको छैन । वास्तवमै पाटि सुदृणिकरण र एकताका लागि माओबादी घटकहरुको एकीकरण एकमात्र विकल्प हो ।
जनयुद्धकालिन पाटि एकताका लागि माओबादीबाट चोइटिएका नेता कार्यकर्ताहरुबीच वृहत रुपान्तरण सहितको एकतावद्ध आजको आवश्यक्ता हो । नेता कार्यकर्ताको संरक्षण र जनताको आधुनिक हक अधिकार स्थापित गर्न पनि माओबादीहरु गोलवद्ध हुन आवश्यक छ ।